खाडीमा लाखौ नेपाली श्रमिकको रोजगारी गुम्दै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेत्र बिक्रम बिमली, मलेसिया, २५ फागुन, हस्तलिखित पासपोट अब केही महिनादेखि नचल्ने भएपछि मलेसिया लगायत खाड़ी मुलुकका १ लाख भन्दा बढी नेपाली श्रमिकहरुको रोजगारी गुम्दैछ । नयाँ पासपोर्ट बनाऊनलाई नागरिकता अनिवार्य भएपछि मलेसिया लगायत खाड़ी मुलुकका नेपालीले सास्ती भोग्नु परेको छ । नागरिकता नभएका या हराएका नेपालीहरु भने धमाधम नेपाल फर्किरहेका छन् । बीचैमा घर फर्किने नेपालीमा मलेसियाबाट नागरिकता कै कारणले फर्किरहेको पाइएको छ । सूचनाको अभाव र काम गर्ने कम्पनीको हेल्चेक्य्राईको कारणले दुःख पाएको नेपाली कामदारहरु बताउँछन् ।



नागरिकता बनाउन नेपाल नै जानू पर्ने हुनाले दोहोरो मारमा पर्ने गरेको तथा यस विषयमा कसैको ध्यान गएको पाइदैन । भिसा लगाउने अन्तिम अवस्थामा भिसा नलागेपछि राम्रो रोजगारी पनि गुमाउँदै घर फिर्नुको विकल्प नभएको धनुषाका राम नरेश यादवको भनाइ छ । हस्तलिखित पासपोट भएकालाई बिना रोकावट एम.आर. पि. दिने काम भए धेरैको रोजगारी गुम्नबाट जोगिने उनी बताउँछन् ।





एम.आर.पि. बनाऊन दिएको ५/६महिनासम्म पनि पासपोट नआएपछि पनि धेरै नेपालीहरु काम छोडेर घर फिरिरहेका छन् । यस विषयमा दूतावाससँग बुझ्दा 'हामीले त काम गरेका हौ तर नेपालबाट नै ढिला भएकोले हो' भन्ने जवाफ पाइएको छ । नेपाल सरकार र सम्बन्धित निकायले यस विषयमा समय मै विचार  पुर्याउनु जरुरी रहेको छ ।  
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z