विषादीयुक्त रोटी खाँदा मृत्यु हुनेको संख्‍या १० पुग्‍यो(अपडेट)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं: विषादी मिसिएको गहुँको रोटी खाँदा मृत्यु हुनेको संख्‍या १० पुगेको छ भने १६ जना बिरामी भएका छन्। धादिङको पीडा गाँउ विकास समितिको वडा नं ८ पुकुनमा एकै परिवारका ६ जना र अन्‍य ४ जनाको मृत्‍यु भएको हो। उनीहरुमध्‍ये  चार जनाको घरमा, ३ जनाको गजुरी अस्पतालमा र तीन जनाको उपचारको क्रममा ललितपुरको मेगा अस्पतालमा मृत्‍यु भएको हो।

मृत्‍यु हुनेमा सुमित्रा तामाङ, माइली तामाङ, सानु कान्‍छी तामाङ, सन्तलाल तामाङ, अर्जुन तामाङ, अन्जली तामाङ, सम्झना तामाङ, फुलमान तामाङ र रमेश तामाङ रहेका छन्।


ललितपुरको मेगा अस्पतालमा मृत्‍यु हुनेहरुमा दुई बालिका (माइली तामाङकी-७ वर्षायी सुमित्रा तामाङ, साढे दुई वर्षकी सानु कान्छी तामाङ र पाँच वर्षको रमेश तामाङ) एक बालक रहेको मेगा अस्पतालका निर्देशक राम पाण्डेले बताए।

यस्तै रोटी खाएर बिरामी भएका ११ जनाको मनमोहन मेमोरियल टिचिङ हस्पिटलमा उपचार भइरहेको छ जसमा ३ जना  गर्भवती महिला रहेका छन्। यस्तै वीर अस्पतालमा पनि ४ जनालाई उपचारको लागि भर्ना गरिएको छ। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z