पृथक देखिने होडमै मानिसले आफ्नो नाममा उपनाम जोड्ने, जीवनशैली अरुकोभन्दा अलग्गै गर्ने, लवाइ–खवाइ भिन्न पार्ने गर्छ । जीवनका कुनै कालमा प्रायः मानिसमा यो ‘भूत’ चढ्छ, तर राजनीतिमा समेत उपनाम जोडेर चर्चित बन्नेहरु कम छैनन् ।
खासगरी सशस्त्र विद्रोहमा रहँदा माओवादी नेताहरु असली नाम लुकाएर पुच्छ्रे नामबाटै चर्चित बने । किन र के कारणले माओवादीले यस्ता पुच्छ्रे नाम जोडेछन् त ? एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
In the starting of the episode, a watchman found a girl,Kabita hanging as it seems like she has done suicide.She has written a letter in which she mentioned that her boyfriend Sudhir is responsible for all that. Police entered into Kabita’s home and tried to find information about the murder case. Police find out Kabita’s friend Sonali and finally police knew that Sudhir was elder brother. Police explained to Sonali that there was only existing call of Sudhir and also in suicide note there is name of Sudhir.Police has taken Sudhir in custody and after the postmortem report it was found that Kabita is pregnant and there was a baby of four months and some traces of poison were found. Police was taking twist and turning to murder.
काठमाडौं,पुस १५ – सानो काम गर्दा पनि ठूलो समाचार बन्ने प्रहरी अधिकृत हुन, एसएसपी रमेश खरेल । र, बेलाबेला विवादमा पनि परिरहन्छन् । एआईजी बढुवामा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक रुपमा भाषण गरेर विवादमा तानिएका उनी त्यसयता छायाँमै छन् ।उनै एसएसपी खरेलको एउटा फाइलका कारण गृहमन्त्रालयमा गत साता केही तनाव भयो । खरेललाई एक संस्थाले अमेरिकामा निम्तो दिएको छ । विश्वका सफल युवाहरुको सम्मेलनमा सहभागी हुन खरेललाई जनवरीको तेस्रो साता बोलाइएको छ । उक्त कार्यक्रममा जाने अनुमतिका लागि खरेलले निवेदन दिएका थिए । उनलाई अनुमति दिने कि नदिने भन्नेमा गृहका अधिकारीहरुबीच विवाद भएको थियो । गृहसचिव सूर्य सिलवालसमेत सो विषयमा निर्णय गर्न डराए । खरेललाई स्वीकृति दिँदा गृहमन्त्री वामदेव गौतम रिसाउन सक्ने चिन्ता उनलाई रहेको थियो । किनभने, बेलाबेला मन्त्री गौतम र एसएसपी खरेलबीच सार्वजनिक रुपमा जुहारी चल्दै आएको छ ।
खरेलले आफूलाई भेट्नसमेत नआएको भनेर गौतमले गुनासो गर्दा त्यसको पत्युत्तरमा भेट्न आवश्यक नभएको भन्दै अन्तर्वाता दिएका थिए । दुई साताअघि अपराध दिवस मनाउने कार्यक्रममा पनि गौतमले मिडियामा बोल्दा प्रहरी अधिकारीहरुसँग जुहारी चल्ने गरेको भन्दै उनले आफू बोल्न छाडेको बताएका थिए । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
काठमाडौं,पुस १४ – सुरक्षा निकायमा कार्यरत हुनुहुन्छ र फेसबुक–ट्विटरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने सजग हुनुहोला । सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा तपाईंको करिअरमा ठूलो धक्का लाग्न सक्छ । फेसबुक प्रयोगमै सतर्कता नअपनाउँदा सशस्त्र प्रहरी बलका एक डिएसपी निलम्बनमा परेका छन् । आइजिपीको कामको आलोचना गरेर फेसबुकमा कमेन्ट लेखेको आरोपमा सशस्त्रका डिएसपी नानीराम हुमागाईंलाई मुख्यालयले निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको हो । फेसबुकमा लेखेकै आधारमा निलम्बन गर्नु अन्याय भएको भन्दै हमागाईंले रिट हालेपछि अदालतले निलम्बन नगर्न आदेश दिएको छ । सशस्त्र प्रहरी मुख्यालयले डिआइजीको नेतृत्वमा समिति बनाएर छानविन थालेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौं : गत साउनमा सिन्धुपाल्चोकको जुरेमा पहिरोबाट भएको जनधनको नोक्सानीबापतको क्षतिपूर्ति विकसित देशले तिर्नुपर्ने आवाज पेरूको राजधानी लिमामा भएको अन्तर्राष्ट्रिय स मेलनमा उठेको छ।
सयौं हेक्टर खेतीयोग्य जमिनको क्षति भएको यो पहिरो जलवायु परिवर्तनको असरका कारण गएको प्रमाणित भए त्यसबाट भएको क्षतिपूर्ति नेपालले पाउने अवधारणामा आधारित 'लस एन्ड ड्यामेज' संयन्त्रको ढाँचा पनि तयार भएको छ।
लिमामा सम्पन्न जलवायु परिवर्तनस बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको सम्मेलन (कोप २०) ले क्षति र नोक्सानी संयन्त्र सक्रिय बनाउन स्थायी समितिको ढाँचा पारित गरेको हो। हानिनोक्सानीमा काम गर्ने तदर्थ समितिले प्रस्ताव गरेको कार्ययोजनासमेत पारित भएको छ।
अब समितिले अन्तर्राष्ट्रिय रूपमै भएको क्षति र नोक्सानीको अध्ययन गर्नेछ। विश्वका ४८ वटा अति कम विकसित देशको संयोजक भएको नाताले नेपालले यो मुद्दालाई साना टापु भएका देशको समूह (स्मल आइल्यान्ड) सँग मिलेर पेरूमा उठाएको हो। संयन्त्र गठनमा विवाद भएपछि सम्मेलन एक दिन सरेको थियो।
जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक प्रकोपबाट भइरहेको हानिनोक्सानीको क्षतिपूर्ति विकसित देश (एनेक्स १) बाट भराउने अवधारणासहित आएको 'लस एन्ड ड्यामेज' संयन्त्रबाट नेपालजस्ता अति कम विकसित देशले फाइदा लिन सक्छन्।
जलवायु परिवर्तनका मुख्य जिम्मेवार विकसित देशले त्यस्तो क्षतिपूर्ति भर्नुपर्ने यसको अवधारणा हो। विकसित देशले भने यो संयन्त्र कमजोर र प्रभावहीन बनाउन खोजेका छन्। 'अन्तर्राष्ट्रिय सन्धिसम्झौताकै रूपमा लस एन्ड ड्यामेजलाई स्थापित गर्न धेरै विकसित देश चाहँदैनन्', पेरू सम्मेलनमा नेपालतर्फबाट वार्तामा सहभागी जलवायु परिवर्तनविज्ञ मञ्जित ढकालले भने।
अनुकूलनका कुनै उपाय काम नलाग्ने भएको अवस्थामा यो अवधारणा सक्रिय हुने प्रस्ताव सुरुमा सिंगापुरलगायत साना टापु भएका देशले ल्याएका थिए। प्रस्तावअनुसार जलवायु परिवर्तनका कारण हुने आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षति र नोक्सानीको लेखाजोखा हुनुपर्छ।
संयन्त्रमा १० विकासशील र १० विकसित देशका प्रतिनिधि रहने सहमति छ। अति कम विकसित देशका एकजना प्रतिनिधि पनि संयन्त्रमा रहनेछन्। पारित दुईबर्से कार्ययोजनाले क्षति र नोक्सानीमा काम गर्ने प्रारम्भिक ढाँचासमेत तयार पारेको छ।
सहमतिअनुसार सुरुमा अन्तर्राष्ट्रिय रूपमै यस्ता घटना वा अवस्थाको अध्ययन हुनेछ। 'सबैभन्दा पहिले अध्ययनअनुसन्धानकै खाँचो छ। हामीले पनि नेपालमा क्षति र नोक्सानीको अवस्था जान्न जरुरी छ', ढकालले भने, 'अहिलेसम्म जलवायु परिवर्तनका कारण भइरहेको क्षति र नोक्सानीको वास्तविक विवरण हामीसँग छैन।'

काठमाडौ,२२ मंसिर । सात वर्षअघि प्रेम सम्बन्धबाट सुरु भएको वैवाहिक र पारिवारिक जीवनलाई बेलबारी २ का ताराजुन राईले आइतबार बिहान निमेषभरमै समाप्त गरिदिएका छन्। प्रेमविवाह गरेकी पत्नीले नै धोका दिएको झोक र निराशामा उनी आफ्ना नाबालक छोराछोरीको हत्या गरी आफू पनि पासो लगाएर झुन्डिएका हुन्। निद्रामै रहेका छोराछोरीलाई दिसापिसाब गराउने बहानामा साथै लिई राई झिसमिसेमा घरमुन्तिरको लोहन्द्रा खोलाको डिलमा पुगेका थिए। त्यहाँ बटुवाहरू सुस्ताउन निर्मित ‘हावा घर’मा ३ वर्षीया छोरी दीपिका राई र पाँच वर्षीय छोरा दीपेन्द्रलाई एउटै डोरीको पासो लगाएर हत्या गरेपछि आफू पनि त्यही डोरीको पासो बनाएर झुन्डिए।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक दुर्गा दाहालले भने, ‘हावा घरको बलोमा एउटै डोरीमा तीनैजना झुन्डिएको अवस्थामा फेला परेका हुन्। छोराछोरीलाई मारेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’ चरम निराशा र जीवनबाटै हतोत्साही भएर छोराछोरीको हत्यापछि आफूले आत्महत्या गरेको हुनसक्ने दाहालले बताए। एकाबिहानै दुवै नातिनातिनालाई ओछ्यानमा नदेखेर हजूरआमा असारीमायाले खोजी गर्न थालेपछि तीनैजना घरबाट बेपत्ता भएको थाहा भएको थियो। हल्लीखल्ली गर्दै छिमेकी समेतले खोजी गर्दा तीनैजना मृत अवस्थामा फेलापरेका थिए। नाबालकका हजूरबा करुणा बहादुर राईले भने, ‘नसोचेको घटना भयो।
यस्तो घटना त कतै सुनेको र देखेको पनि थिइनँ। आफैंले भोग्नुप:यो। मेरा बाँसका मुनाजस्ता नातिनातिनाले मृत्युवरण गर्नुपर्यो। तीनैजना मृतकको आइतबार नै जातीय परम्पराअनुसार दाहसंस्कार गरिएको छ। छोरा र नातिनातिनलाई गुमाउनु पर्दा विक्षिप्त बनेकी वृद्धा असारीमाया कोहीसँग नबोली एकोहोरो रोइमात्र रहेकी छन्। नाबालकको मृत्युमा सिंगो बेलबारी २ नै शोकमा छ। ताराजुन राई र झापा दूधेकी तारा राईबीच २०६५ सालमा चिनजान भएको थियो। यो चिनजान प्रेममा बदलिएपछि सँगै जिउने र सँगै मर्ने कसम खाँदै उनीहरूले भागेर विवाह गरेका थिए। घरबाट पनि उतिसाह्रो विरोध भएन। दुवैजना आफैं गरिखाने उद्देश्यले बेलबारीमै डेरा लिएर बस्न थाले।
पहिलो सन्तान छोरा र त्यसपछि छोरी भइन्। दुवै सामान्य ज्यालामजदुरी गरेर जीवन चलाउँदै थिए। नजिकै रहेको मूलघर आउनेजाने क्रम चलिरहन्थ्यो। तर मंसिर ११ गते ताराजुनका लागि अँध्यारो दिन साबित भयो। आफूले प्रेम गरेर ल्याएकी श्रीमती एक्कसि बेपत्ता भइन्। उनले खोजखबर निकै गरे। तर फेला परिनन्। गाउँकै एकजना पुरुष पनि बेपत्ता भएका थिए। बुबा करुणाबहादुरले भने, ‘सामान्य झगडा भए पनि ठूलो भएको हामीले पनि देखेनौं। एकाएक बुहारी हराएपपछि छोरो झोक्राएर बसेको देख्थें। तर एकाएक घटना हुँदा हामी पनि छक्क परेका छौं।’
दाजु मानक राईले परिवारका सबै सदस्य विक्षिप्त भएको बताए। कल्पनै नगरेको घटना भएको उनको भनाइ थियो। पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार पछिल्लो तीन वर्षमा पूर्वी क्षेत्रमा आत्महत्यादर बढेको छ। आर्थिक वर्ष २०६९/०७० मा आठ सय ६७ जनाले आत्महत्या गरेका थिए। यो संख्या बढेर आव २०७०/०७१ मा एक हजार ३३ पुगेको छ। चालू आवको कात्तिकसम्म पूर्वाञ्चलमा तीन सय ४६ जनाले आत्महत्या गरेको आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

काठमाडौं,मंसिर २२ – ‘टेन्सन भो हजुर,परिवारलाई समय दिन पनि पाइएन,घरपरिवार नै लथालिंग भो,त्यसैले सेवा छाडेर खेतीपाती गर्छु ।’ दुई वर्षअघि राजधानीमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई)ले यसो भनेपछि तत्कालीन प्रहरी महानिरीक्षक ( आईजीपी) कुवेर सिंह राना एकछिन् घोरिए । केहीबेरको मौनतापछि रानाले सम्झाउन खोेजे,‘हतारमा राजीनामा नदेऊ,सोच विचार गर ।’ तर,जति सम्झाउँदा पनि उनी आफ्नो अडानबाट नहटेपछि रानाले बाध्य भएर सईको राजीनामा स्वीकृत गरे ।नेपाल प्रहरीमा अहिले पनि दैनिकजसो राजीनामा बुझाउन आउने जुनियर कर्मचारीको अनुरोध योभन्दा भिन्न छैन । यसरी राजीनामा दिएका प्रहरीका कारण राज्यलाई वर्षेनी अर्बौ रुपैयाँ नोक्सान भइरहेको छ । पेन्सन अवधि पूरा गरेर राजीनामा दिनु स्वभाविक भए पनि सेवाप्रबेशको छोटो अवधिमै राजीनामा दिँदा राज्यलाई हरेक वर्ष सवा अर्बभन्दा बढी व्ययभार थपिन्छ । १ कर्मचारीलाई भर्ना मितिदेखि आधारभूत तालिम भई जिम्मेवारी तोकिँदासम्मको अवधिमा हतियार,बन्दोवस्तीका सामान र तलब भक्तामा मात्रै ८ देखि १० लाख रुपैयाँ खर्च हुन्छ । खराजीनामाका खकारण खाली भएको ठाउँमा भर्ना लिँदा राज्यले पुनः त्यति नै खर्च बेहोर्नुपर्छ । पछिल्ला ३ वर्षयता ३५०० भन्दा बढी प्रहरी कर्मचारीले सेवाबाट राजिनामा दिइसकेका छन् । देशभरका प्रहरी कार्यालयमा कुनै न कुनै कारण देखाएर राजीनामा दिन आउने प्रहरीको संख्या बढ्दो छ,आजको कारोबार दैनिकमा खबर छ ।
काठमाडौं,मंसिर २१ – शिक्षा शास्त्र अध्यायन नगरे पनि अब शिक्षकमा प्रतिस्पर्धा गर्न पाइने भएको छ । शिक्षक हुन अनिवार्य शिक्षा शास्त्र पढ्नपर्ने व्यवस्था आठौं संशोधन शिक्षा ऐनमा ‘शिक्षा शास्त्र नपढेकाले पनि प्रतिस्पर्धा गर्न पाउने’ उल्लेख छ । विज्ञान, गणित, अंग्रेजी, लेखा, सांकेतिक भाषा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयमा स्नातकले ‘माध्यमिक तहको अध्यापन अनुमतिपत्र वा शिक्षक पदको उम्मेदवार हुन सक्ने’ संशोधित ऐनमा उल्लेख छ ।व्यवस्थापन, मानविकी संकाय पढेका पनि अब शिक्षक हुन योग्य हुनेछन् । प्राविधि विषयतर्फ पढेका व्यक्तिको ‘लाइसेन्स’ नहुने भएकाले त्यस्तालाई शिक्षक पेसातर्फ आर्कषित गर्न लागिएको शिक्षा मन्त्रालयका उपसचिव रामचन्द्र शर्मा बताउँछन् । प्राविधिक तथा अन्य विषयकालाई शिक्षकमा ल्याउन अस्थायी लाइसेन्स दिइनेछ । ‘शिक्षा शास्त्र पढेका मात्र शिक्षक हुने’ व्यवस्था आठौं शिक्षा ऐनमा संशोधन गर्दै शिक्षकको दायरा फराकिलो बनाउने लागिएको हो ।
विज्ञान, अंग्रेजी, गणितलगायतका विषयमा अझै शिक्षक अभाव छ । विज्ञानमा स्नातक उर्त्तीण लाइसेन्स नभएका कारण प्रतिस्पर्धामा उत्रन सकिरहेका छैनन् । शिक्षा शास्त्र नपढेकाका लागि दिइने ‘अस्थायी अध्यापन अनुमतिपत्र’ को अवधि पाँच वर्षको हुनेछ । शिक्षक हुन अनिवार्य शिक्षा शास्त्र पढ्नुपर्ने व्यवस्था हटाउँदा सामुदायिक विद्यालयमा योग्य तथा दक्ष शिक्षक प्रवेश हुने शिक्षाविद् डा. खोमराज खरेलको विश्वास छ ।सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्दिका लागि सक्षम व्यक्तिले प्रतिस्पर्धा गर्न पाउनुपर्नेमा जोड दिँदै उनले थपे,‘शिक्षक हुने दायरा फराकिलो बनाउनैपर्छ ।’आजको राजधानी दैनिकमा खबर छ ।
काठमाडौँ : तीन साताअघि रिलिज भएको टर्किस एयरलाइन्सको एउटा भिडियो विज्ञापनमा चेल्सीका फरवार्ड डिडियर ड्रोग्बा र बार्सिलोनाका सुपरस्टार लायोनेल मेसी मोमो खान नेपाल आएको देखाइएको थियो।
छोटो समयमै नेपालका साथै विश्वभर लोकप्रिय भएको यो विज्ञापन हेरेपछि धेरैले जिज्ञासा राखेका थिए, उनीहरुले नेपाली खानाका रुपमा मोमो खाएको रेस्टुरेन्ट कुन हो ? के उनीहरु साँच्चिकै नेपाल आएका थिए?
होइन, उनीहरु नेपाल आएका थिएनन्।
'हामी उहाँहरुलाई विश्वभर घुमाउन चाहन्थ्यौँ तर', टर्किस एयरलाइन्सले सार्वजनिक गरेको पर्दापछाडिको भिडियोमा विज्ञापनका कार्यकारी निर्माता रब स्टेइनरले भनेका छन्, 'उहाँहरु व्यस्त भएको हुनाले हामीले नै उहाँहरु अगाडि विश्व ल्याइदिनु पर्यो।'
विज्ञापनमा नेपालको रेस्टुरेन्ट भनी देखाइएको ठाउँको भित्तामा रेस्टुरेन्ट मालिकले मेसीसित हात मिलाएको फोटो राखेको देखिन्छ। यो फोटो स्पेनको बार्सिलोनास्थित स्टुडियोमा गएको अगस्त २७ मा खिचिएको हो।
हरियो रङ्गको पृष्ठभूमिमा मेसीले हात मिलाउँदै गरेको दृश्य खिचेर पछि पछाडिका दृश्यलाई हटाएर हात मिलाउने व्यक्ति नेपाली पहिरनको राखिएको थियो।
भनेपछि मेसी नेपाल आउने कुरै भएन। मेसीले बिहाइन्ड द सिन भिडियोमा भनेका छन्, म विश्वभरका खानाहरु रुचाइरहेको छु। मेसीका नेपाली फ्यानहरुले यत्तिकैमा चित्त बुझाउनु पर्ने भयो।
त्यसो भए ड्रोग्बा नि ?
मेसी त रेस्टुरेन्टको भित्तामा फोटोमा मात्र झुण्डिएका थिए। ड्रोग्बा त नेपाली रेस्टुरेन्टमा बसेको, नमस्ते गरेको, उनको अगाडि मोमो पस्किएको पनि देखाइएको थियो। उनी चाहिँ नेपाल आएका हुन् ?
अहँ, उनी पनि आएका हैनन्। उनको यो दृश्यको सुटिङ बेलायतको लन्डनमा गएको सेप्टेम्बर १९ मा गरिएको थियो।
पूर्वी लन्डनको एउटा सेटलाई नै काठमाडौँको रेस्टुरेन्टको रुप दिइएको थियो। नेपाली पहिरन लगाएर त्यहाँ ग्राहकहरु बसेका थिए।
सेटको एउटा भागमा काठमाडौँ र साइबेरिया अनि अर्को भागमा जापान, इस्तानबुल र जहाजभित्रको दृश्य बनाएर खिचिएको सहायक निर्देशक क्रिस केलीले बताएका छन्।

काठमाडौं,मंसिर २० – परीक्षामा सोधिने प्रश्नले विद्यार्थीको मनोभावमा ठेस पुर्याउनुहुन्न । यो शैक्षिक मान्यता नै हो । तर,निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनले कक्षा १० का विद्यार्थीका लागि तयार गरेको प्रश्नपत्रले विद्यार्थीको मनोभावनामा ठेस मात्रै पुर्याएन,प्रश्न आँफैमा अपूरो पनि देखियो । प्रश्नपत्रमा छात्रलाई मात्र सम्बोधन हुनेगरी प्रश्न सोधिएको छ । छात्रालाई होच्याइएको छ । त्यसको जवाफबारे पनि छात्राले अनुमान लगाउन गाह्रो हुन्छ ।‘आफू धन कमाएर फर्किँदा आफ्नी श्रीमती पोइल गएपछि मनमा उठेका भावहरु समेटी एक मनोवाद तयार पार्नुहोस्’ एसएलसी पूर्वयोग्यता परीक्षा २०७१ अन्तर्गत शुक्रबार नेपाली विषयको प्रश्नपत्रमा सोधिएको एक प्रश्न हो यो । प्रश्नले विद्यार्थी नै अलमलमा परे । मनोभाव लेख्न सोधिएको प्रश्नको विद्यार्थीले सहजै जवाफ लेख्न सकेनन् । ‘कक्षा १० मा पढ्ने छात्राले यसबारे कस्तो मनोभावना लेख्लिन् ? यस्तो नकारात्मक भाव फैलाउने प्रश्न गरेर शिक्षकले कस्तो मनोभाव बुझ्न खोजेको हो ?’ शिक्षाविद डा. सुसन आचार्य भन्छिन्,‘प्रश्नकर्ता शिक्षकको मनोभाव यसैबाट प्रष्ट हुन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
सभासद भन्छन्- विदेशी नागरिकता लिएका मन्त्रीले विधेयक अड्काए
१८ मंसिर, काठमाडौं । विदेशी पीआर र ग्रीनकार्ड बोकेका निजामति कर्मचारीमाथि कारवाही गर्ने कानुन बनाउनका लागि संसदमा छलफल भइरहेका बेला केही मन्त्रीहरुकै पीआर तथा ग्रीनकार्ड माथि छानविन हुनुपर्ने सभासदले आवाज उठाएका छन् ।
संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा डिभी, पिआर र ग्रिनकार्डधारी कर्मचारीको विवरण माग्नुपर्ने बहस चलेको थियो ।
एमाले सभासद यज्ञराज सुनुवारले भने केही मन्त्रीको समेत त्यस्तो विदेशी नागरिकता रहेको आशंका गर्दै उनीहरुमाथि छानविन हुनुपर्ने बताएका छन् ।
निजामति सेवा ऐन संशोधन विधेयकमाथि छलफल चलेकाले सुनुवारको भनाइलाई बैठकमा त्यति धेरै महत्व दिइएन । तर, सभासदहरुले अर्को बैठकमा मन्त्रीको पीआरका बारे गम्भीर ढंगले कुरा उठाउने तयारी गरेको उनले बताए ।
यज्ञराज सुनुवार
आफूले जनता र मिडियाले उठाएको विषयलाई संसदभित्र प्रवेश गराएको सुनुवारले बताए । ‘निजामति विधेयकलाई मन्त्रिपरिषदबाट अघि बढ्नै नदिन केही मन्त्री लागेको सुनियो’ सुनुवारले भने ‘दुई/तीनजना मन्त्रीको ग्रीडकार्ड र पीआर रहेको कुरा मिडियामा समेत आएकाले सत्य तथ्य बाहिर आउनुपर्छ’ ।
पीआर लिएका निजामति कर्मचारीलाई कारवाही गर्ने सम्बन्धी निजामति ऐन संशोधनको प्रावधानमा अर्थमन्त्री डा. रामशरण महत, सञ्चारमन्त्री मिनेन्द्र रिजाल र शहरी विकास मन्त्री डा. नारायण खड्काले बिरोध जनाएका थिए ।
डा. महत र रिजाल राजनीतिमा पूर्णकालीन हुनुअघि अमेरिका बसोबास गर्थे भने खड्का क्यानाडाका निवासी थिए । खड्काले विहेसमेत विदेशीसँगै गरेका छन् ।
एमाले सभासद सुनुवारले मन्त्रीहरु समेत पीआरधारी रहेको भनी समितिमा उठाएको विषयलाई छलफलमा ल्याउनुपर्ने धारणा राष्ट्रिय जनमोर्चाका सभासद चित्रवहादुर केसीले पनि राखे ।
‘सरकार चलाउने व्यक्तिले दुई देशको नागरिकता लिएको हो भने त्यो भन्दा अपराध अरु हुन सक्दैन’ केसीले भने ।
तर, डीभी पीआर लिएको विषयलाई ऐन बनाएर नियन्त्रण गर्ने प्रक्रिया ठीक नभएको कांग्रेस सभासद अमरेशकुमार सिंहले बताए ।
तीन दिनभित्र पीआरधारी कर्मचारीको विवरण माग्ने निर्णय गरिसकेको राज्य व्यवस्था समितिमा निजामतिमात्र होइन, सेना प्रहरी लगायत सभासद र मन्त्रीहरुको डीभी तथा पीआरको पनि छानविन हुनुपर्ने भाग सभासदहरुले उठाएका छन् ।

४ मंसिर, काठमाडौं । मुलुकको पर्यटन क्षेत्र प्रवर्द्धन गर्न अघिल्लो साता बेलायत पुगेको पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य गढीमाई मेलामा हुने गरेको पशुपलिका विषयमा एकाएक सहभागीहरुले प्रश्न उठाएपछि स्तब्ध बने । ‘वल्र्ड ट्राभल्स मार्ट २०१४’ मा सहभागी हुन गएका मन्त्री अमात्यलाई सहभागीहरुले पशुबलिका विषयमा प्रश्नमात्रै गरेनन, उनलाई ७२ हजार बेलायती नागरिकले हस्ताक्षरसहित ज्ञापनपत्रसमेत बुझाए ।
बेलायत भ्रमण खल्लो भएपछि अमात्यले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयसहित मन्त्रिपरिषद्मा पनि यसबारे जानकारी गराए । मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठका अनुसार गढीमाई मेलाकै कारण बेलायतीहरुलाई नेपाल भ्रमण नगर्न अघोषित प्रतिबन्ध लगाइएको छ । यसले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पर्नेछ । सन् २०१२ मा ४२ हजार र सन् २०१३ मा ३५ हजार ६ सय बेलायती पर्यटक नेपाल भित्रिएको कारोबारमा खबर छ ।
बेलायतलगायत युरोपभर अहिले गढीमाई मेलामा हुने बलिविरुद्ध अधिकारकर्मीले अभियान सुरु गरेपछि नेपालमा युरोपेली पर्यटक आगमनमा गम्भीर असर पर्ने भन्दै व्यवसायीले चिन्ता प्रकट गरेका छन् । युरोपेली पर्यटक बढी खर्चालु हुने भएकाले उनीहरु नै आउन छाडे नेपालको पर्यटन क्षेत्र धराशायी हुनेमा व्यवसायीको चिन्ता छ ।

काठमाडौं,मंसिर ४ – चेकिङका क्रममा सामान्यतः ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक माग्छन् । तर,मादक पदार्थ सेवनको चेकिङमा एक ट्राफिक प्रहरीले युवतीसँग किस मागेका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत असइ पुरुषोत्तम ढकालले चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेका हुन् । प्रहरी आचरणविरुद्दको काम गरेको भन्दै असइ ढकाल निलम्बनमा परेका छन् ।
डिल्लिबजारमा सोमबार मापसे चेकिङका क्रममा खटिएका असइ ढकालले ‘एक किस दिए कारबाही नगर्ने’ भन्दै एक युवतीलाई दुव्र्यवहार गरेको ट्राफिक महाशाखाका एक अधिकारीले बताए । युवतीले उजुरी गरेपछि ढकाल कारबाहीमा परेका हुन् । प्रहरीका अनुसार चेकिङका क्रममा स्कुटीमा सवार ती युवतीसँग कागजपत्र थिएन । तर युवतीले आफूलाई छाडिदिन असइ ढकालसँग आग्रह गरेकी थिइन् तर ढकालले आफूलाई एकपटक किस गरे कारबाही नगर्ने भन्दै बार्गेनिङ गरेका थिए ।
पछि उनी डिल्लीबजारबाट अनामनगरसम्म ती युवतीकै स्कुटरमा गएका थिए । युवतीको मोवाइल नम्बरसमेत लिएर उनले बेलुकासमेत युवतीलाई फोन गरेको उजुरीमा उल्लेख छ । स्कुटीमा चढेकाबेला असइ ढकालले दुव्र्यबहार गरेको आरोप समेत युवतीले लगाएकी छन् । तर असइ ढकालले भने युवतीले आफूलाई व्ल्याकमेलिङ गरेको आरोप लगाएका छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

बेलायतमा टिक्न नसकेपछि नेपाल फर्कने भइन खुश्बु
काठमाडौं,कात्तिक २५ – डन दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएको तीन महिना पुगे पनि घटना चर्चा अझै सेलाएको छैन । तर चरीका आर्थिक कारोबारबारे अनुसन्धान गर्दा नयाँनयाँ तथ्य फेला पर्दै गएको छ । अनुसन्धानका क्रममा चरिको करिब पाँच करोड रुपैयाँ बराबरको शेयर एक हाइड्रो पावर कम्पनीमा भेटिएको छ । तर,अर्काको नाममा भएकाले उक्त सेयर हडप्नका लागि यतिबेला कम्पनीभित्रै विवाद चुलिएको छ । स्रोतका अनुसार धादिङकै आबुखोला हाइड्रोमा चरीको करिब पाँच करोड बराबरको शेयर थियो । तर सम्पत्ति सुद्धिकरणको अनुसन्धानमा तानिने भएकाले त्यो शेयर उनले आफ्नो नाममा राखेका थिएनन् । चरीले उक्त शेयर चार्टर्ड एकाउन्टेन्ट विश्वनाथ शाहको नाममा राखेका थिए थिए ।
अहिले चरीको मृत्यु भइसकेपछि उनको शेयर हडप्नका लागि आबुखोला हाइड्रोका सञ्चालकहरुबीच विवाद भएको छ । स्रोतका अनुसार उक्त शेयर बापत चरीले कंडेलसँग लेनदेनको विभिन्न सम्झौता गरेका थिए । उक्त हाइड्रो निर्माणमा स्थानीय गुण्डाहरुले दुःख दिएपछि एमाले नेता राजेन्द्र पाण्डेले हाइड्रोका सञ्चालक र चरीबीच सहमति गराएर सबै गुण्डा पाखा लगाउने जिम्मा लिएका थिए । त्यसैबापत उनले उक्त स्रोत लिएको स्रोतको भनाई छ । महिनामा एक लाखभन्दा धेरै रकम कम्पनीबाट चरीले बुझ्ने गरेका थिए । चरीको मृत्युपछि चार्टड एकाउन्टेन्ट कँडेलले नै उक्त शेयर हात पार्ने दाउमा लागेका छन् । त्यसमा एमाले नेता पाण्डेले पनि चासो देखाइरहेको स्रोत बताउँछ ।
गत साउन २३ गते चरीको भिमढुंगामा प्रहरीसँगको मुठभेडमा मृत्यु भएको थियो । चरी हत्याकाण्डमा बद्नाम भएपछि गुमनाम भएर बेलायत भासिएकी मोडल खुश्बु ओली त्यहाँ पनि टिक्न नसक्ने भएपछि नेपाल फर्कने भएकी छन् । आफ्नो प्रेमका कारण चरीलाई प्रहरीले हत्या गरेको आरोप लगाउँदै आएकोमा प्रहरीले उनीमाथि छानविन थालेपछि बेलायत भासिएकी थिइन् । भदौंको पहिलो साता उता भागेकोमा उनी यही साता नेपाल फर्कनै तयारीमा रहेको स्रोत बताउँछ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
काठमाडौं,कात्तिक २५ – डन दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएको तीन महिना पुगे पनि घटना चर्चा अझै सेलाएको छैन । तर चरीका आर्थिक कारोबारबारे अनुसन्धान गर्दा नयाँनयाँ तथ्य फेला पर्दै गएको छ । अनुसन्धानका क्रममा चरिको करिब पाँच करोड रुपैयाँ बराबरको शेयर एक हाइड्रो पावर कम्पनीमा भेटिएको छ । तर,अर्काको नाममा भएकाले उक्त सेयर हडप्नका लागि यतिबेला कम्पनीभित्रै विवाद चुलिएको छ । स्रोतका अनुसार धादिङकै आबुखोला हाइड्रोमा चरीको करिब पाँच करोड बराबरको शेयर थियो । तर सम्पत्ति सुद्धिकरणको अनुसन्धानमा तानिने भएकाले त्यो शेयर उनले आफ्नो नाममा राखेका थिएनन् । चरीले उक्त शेयर चार्टर्ड एकाउन्टेन्ट विश्वनाथ शाहको नाममा राखेका थिए थिए ।अहिले चरीको मृत्यु भइसकेपछि उनको शेयर हडप्नका लागि आबुखोला हाइड्रोका सञ्चालकहरुबीच विवाद भएको छ । स्रोतका अनुसार उक्त शेयर बापत चरीले कंडेलसँग लेनदेनको विभिन्न सम्झौता गरेका थिए । उक्त हाइड्रो निर्माणमा स्थानीय गुण्डाहरुले दुःख दिएपछि एमाले नेता राजेन्द्र पाण्डेले हाइड्रोका सञ्चालक र चरीबीच सहमति गराएर सबै गुण्डा पाखा लगाउने जिम्मा लिएका थिए । त्यसैबापत उनले उक्त स्रोत लिएको स्रोतको भनाई छ । महिनामा एक लाखभन्दा धेरै रकम कम्पनीबाट चरीले बुझ्ने गरेका थिए । चरीको मृत्युपछि चार्टड एकाउन्टेन्ट कँडेलले नै उक्त शेयर हात पार्ने दाउमा लागेका छन् । त्यसमा एमाले नेता पाण्डेले पनि चासो देखाइरहेको स्रोत बताउँछ ।

पत्रपत्रिकाबाट