आईएम बिथ केपी ओली भन्दै उनीहरु प्रधानमन्त्रीमा ओलीकै निरन्तरताको माग गर्दै प्रदर्शन गरेका हुन् । स्वतन्त्र युवाका नाममा प्रदर्शन गरेकाहरुले राष्ट्रिय झन्डा र ओलीको प्रशंशाका प्लेकार्ड बोकेकाथिए । उनीहरुले राष्ट्रियताका नारा लगाउदै बुटवल बजार परिक्रमा गरेकाथिए । पहिल्यै कायैक्रम तय गरेपनि अबिरल पानीका कारण उनीहरुले कार्यक्रम सारेकाथिए ।
काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई समयमै व्यवस्थापिका संसदमा उपस्थित हुन निर्देशन दिएका छन् ।
सरकारबाट समर्थन फिर्ता लिँदै कांग्रेससँग मिलेर नेकपा माओवादी केन्द्रले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि भोलि साउन ६ गते संसदमा हुने छलफलमा समयमै उपस्थित हुन प्रधानमन्त्री ओलीले एमाले सांसदहरुलाई निर्देशन दिएका हुन् ।
आज बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संविधानअनुसार अविश्वासको प्रस्तावको डटेर सामना गर्ने भन्दै ठिक ११ बजे संसदमा उपस्थित हुन सबै सांसदलाई निर्देशन दिएको उपनेता सुवा नेम्वाङले जानकारी दिए ।
उनले भने– ‘प्रधानमन्त्री ज्यूले बैठकमा आफू संविधान कानुन र स्थापित मान्यता कार्यान्वयनका लागि प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । सहमति र सहकार्यलाई ध्यान दिने कुरा पनि उल्लेख गर्नुभयो । कांग्रेस र माओवादीले ल्याएको अविश्वासको प्रस्तावको संविधानअनुसार सामना गर्ने बताउनुभयो । सांसदहरुलाई ठिक ११ बजे संसदमा आउनुस् भन्नुभयो ।’

काठमाडौँ, काठमाडौँदेखि पोखरासम्म दिनहुँ चल्ने सवारी साधनभित्र शौचालयको व्यवस्था गरिएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ ।
‘डेभिट टुर्स एण्ड ट्राभल्स’ले दुई वटा बसभित्र शौचालयको व्यवस्था गरेको हो । उक्त बसका सञ्चालक दीपक भट्टराई बसभित्रै शौचालय भएको बस भित्र्याएपछि यात्रा गर्नेको सङ्ख्या बढेको बताउनहुन्छ । “ शौचालयको व्यवस्था गरेका कारण यात्रुले धेरै रुचाएका छन्,” उहाँले भन्नुभयो ।
नेपालमा धेरै पर्यटकीयस्थल रहेको र पर्यटकलाई यात्रामा सहज होस् भन्ने उद्देश्यका साथ यस्ता बस सञ्चालनमा ल्याएको बताउनुभयो ।” उक्त बस सञ्चालनबाट केटाकेटी र वृद्धवृद्धालाई बढी सहज भएको छ ।
पोखराका भीमबहादुर गुरुङ उक्त बस सञ्चालनमा आएपछि आफू निरन्तर सो बसमा यात्रा गर्दै आएको बताउनुहुन्छ । “अरु बसले दिशापिसाव लागेको बेला भनेको बेला रोक्दैनन्, यस बसमा यात्रा गर्दा मन ढुक्क हुन्छ,” उहाँले भन्नुभयो । सो बसमा काठमाडौँदेखि पोखरासम्मको भाडा रु ७०० रहेको छ । रासस

काठमाडौं, ५ साउन । सत्तारुढ दल नेकपा एमालेले बजेटसम्बन्धि विधेयकलाई पहिलो कार्यसूचीमा नराखे संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको एमाले संसदीय दलको बैठकले असारको २९ र ३१ गते कार्यसूचीअनुसार विहीबार भोलि बस्ने संसद बैठकमा बजेटसम्बन्धी कार्यसूची पहिला राखिनुपर्ने अन्यथा संसद चल्न नदिने निर्णय गरेको हो ।
संसदको असारको २९ र ३१ गते कार्यसूचीमा बजेट पारित गर्ने केही विधेयकहरु थिए । नेकपा माओवादी केन्द्रले असार २९ गते सरकारबाट समर्थन फिर्ता लिँदै कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराउँदा संसदले बजेटसम्बन्धि ती विधेयकलाई कार्यसूचीबाट हटाएको थियो ।
बजेटसम्बन्धी पूर्वनिर्धारित कार्यसूची हटाउँदै सभामुखको निर्देशनमा संसदले प्रधानमन्त्रीविरुद्धको माओवादी र कांग्रेसको अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।
संसदले भोली साउन ६ गते अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची सार्वजनिक गरेको छ । तर, एमालेले अविश्वासको प्रस्तावमाथिको छलफल भन्दा अगाडि बजेट सम्बन्धी विधेयक कार्यसूचीमा नराखे संसद चल्न नदिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।
उनले भने- असारको २९ र ३१ गते संसदको जो (बजेटसम्बन्धी) कार्यसूची थियो त्यो कार्यसूचीलाई सभामुखले हटाउनुभएको छ । भोलि त्यो पहिलो कार्यसूची हुनुपर्छ । अन्यथा हामी हामी चुप लागेर बस्दैनौं । संसद चल्न दिदैनौं ।’

धेरै राम्रो हुँदो रहेछ । म यो साउनमा आफू शाकाहारी भएको चौथो वार्षिकोत्सव मनाउँदैछु ।
उत्तम थापा ‘युडी’, गायक
के हुनु नि ? साउन महिना कहिले सकिन्छ, जस्तो हुन्छ ।
गजित विष्ट, नायक
अरू त के हुनु ? पैसाचाहिँ जोगिँदो रहेछ ।
दीपशिखा खडका, नायिका
खेतीपातीको महिना भएकाले धेरै मासु खाइयो भने खेतमा काम गर्न अल्छी लाग्ने हुन सक्छ अथवा गर्मी भएकाले मासु नपच्ने समस्या हुन्छ । त्यसैले साउनमा शिवको नाममा व्रत बसेर शाकाहारी हुन थालिएको हो ।
प्रदीपकुमार चौधरी, रंगकर्मी
पेट सफा हुन्छ र हल्का दुब्लाइन्छ । फाइदै छ नि साउनमा शाकाहारी हुँदा ।
अशिष्मा नकर्मी, नायिका
स्वस्थ भइन्छ, आफूले सच्चा मनले चाहेको जीवनसाथी पाइन्छ भन्ने धार्मिक भनाइ छ ।
भगवती खड्का ‘युनिका’, महिला रेस्लर
म शाकाहारी हुन सक्दिनँ । ट्राइ गरेको थिएँ, तर बाटोमा कुखुरा देख्दा सीधै गएर टोक्न मन लाग्यो ।
किरण लाकौल, मोडल
म चार वर्ष भयो शाकाहारी भएको । सुरुमा साउन महिनामा मात्र शाकाहारी हुन्छु भनेर थालेको, त्यसपछि मासु खानै मन लागेन । शाकाहारी हुँदाका फाइदा धेरै छन्, जस्तो पेटको रोग नलाग्ने, बिहान चाँडै पेट खलास हुने, मोटोपन कम हुने, बाहिरको खाना कम हुने, पेट ठीक भएपछि मानसिक रूपमा पनि स्वस्थ हुने, रिस कम उठ्ने आदि ।
राज तिमिल्सिना, नायक
स्वस्थ भएको महसुस हुँदो रहेछ ।
मनोजराज शिवाकोटी, गायक
मनको सन्तोष । थोरै भए पनि प्राणीप्रति स्नेह । मासु सेवनबाट
हुने विकारबाट मुक्ति अनि
भगवान्प्रतिको आस्था ।
नवल नेपाल, निर्देशक
स्वस्थ त भइएला, तर साउनमा शाकाहारी भएर भदौ लाग्नेबित्तिकै खरिएका साथीहरूले तन्दुरी चपाएको देख्दाचाहिँ मलाई साउनमा शाकाहारी हुने आँट नै आएन ।
दिवाकर भट्टराई, निर्देशक
एक महिना शाकाहारी हुँदा धर्म बढ्छ, स्वास्थ्य पनि राम्रो हुन्छ । अनुहारमा पनि कान्ति छाउँछ भने शरीर पनि हल्का हुन्छ ।
हेमा मानन्धर, इभेन्ट व्यवस्थापक
शाकाहारी भइने रहेछ ।
मिलन लामा, गायक
केही पशुपन्छीले एक महिना भए पनि बढी बाँच्ने अवसर पाउँछन् ।
प्रनव जोशी, निर्देशक
स्वास्थ्य विज्ञानका दृष्टिले सकेसम्म मांसहार नगर्नु नै उपयुक्त हुन्छ । सधैं नसकिए कम्तीमा साउनलाई मात्र शाकाहारी महिना बनाउन सके हाम्रो शरीरको पाचन प्रणालीले पनि केही राहत प्राप्त गर्नेछ ।
गजेन्द्र बुढाथोकी, पत्रकार
सबै धर्ममा हिंसा नगर्नु, जातीय विभेद नगर्नु भनिएको हुन्छ, तर मानिसलाई धर्म र संस्कृतिको मोहर लगाई तल्लो जात भनेर ईश्वरको नाममा क्रूर व्यवहार गर्ने हामी मानिस निर्दोष पशुलाई आफ्नो स्वादका लागि मारिरहेका हुन्छौं । साउनमा शाकाहारी हुनेहरूको मनमा कहिले साउन सकिन्छ र फेरि मासु खान पाइन्छ भन्ने हुन्छ होला ।
श्रावण ५, २०७३- खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले राजीनामा दिएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिंदै पदबाट राजीनामा दिएको सिंहले जानकारी दिए । उनले पार्टी निर्णयअनुसार आफूले राजीनामा दिएको उल्लेख गरे ।
सिंहले सरकारविरुद्ध कांग्रेस–माओवादीको अविश्वासको प्रस्तावबारे भने अर्को बैठकमा छलफल गर्ने जानकारी दिएका छन् ।
सिंहको समाजवादी जनता पार्टीलाई भने निर्वाचन आयोगले दर्ता खारेज गरिसकेको छ ।

सरकारी अनुगमन टोली द्धारा फ्रुटी उद्योगमा सिलबन्दी
सविता उप्रेती, सतुङ्गलस्थित दुगड फूड्सएण्ड बेभरेजको गोदाममा रहेका २ लाख साना प्याकेट फ्रुटी खान नमिल्ने भेटिएपछि सरकारी अनुगमन टोलीले उद्योगमा सिलबन्दी गरेको छ ।
म्ांगलवार आपूर्ति व्यवस्थापन विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा उपभोक्तावादी संस्थाहरुको संयुक्त अनुगमन टोलीले उद्योगमा रहेको प्लान्ट तथा गोदाममा सिलबन्दी गरिदिएको हो ।
टोलीको नेतृत्व गरेका आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका शाखा अधिकृत रामचन्द्र काफ्लेका अनुसार बजारमा बिक्री नभई म्याद सकिएका फ्रुटी फिर्ता ल्याएर त्यसमै नयाँ लेबलिङ गर्दै पठाउने गरेको पाइएको बताउनु भयो । दुगड फूड्सले फ्रुटीको प्लान्ट परिवर्तन गर्नुपर्ने भएकाले १५ दिनदेखि उत्पादन गर्न नसकेको जनाएको छ ।

डा. हेमराज कोइराला
जीवनको कुनै न कुनै कालखण्डमा हामी सबैले पिठ्युँ दुखाइको सामना गरेकै हुनुपर्छ। अझै हाम्रोजस्तो भौगोलिक विकटता भएको मुलुकमा त ढाड सड्किने समस्याबाट अधिकांशतः पीडित हुनेगरेका छौँ ।
अझ ढाड सड्किने भनेपछि, गरुङ्गो भारी ऊठाउँदा ढाड झसक्क हुँदा, हल न चल भई थलापर्नुपरेको स्थितिको अनुभव वा अरू कसैलाई भएको सम्झना आउँछ होला। यसरी ढाड सड्किँदा हुने पीडा ढाडका मांशपेसी, लिगामेन्ट र अन्य तन्तुहरूमा चोट (स्ट्रेन) पुग्न गई इन्टर भट्टेब्रल डिस्कुले स्नायु नसाहरूलाई थिची दिनाले हुने गर्छ। नसा च्यापिनु आफैँमा कुनै रोग नभएर ढाडको हड्डी, डिस्क, लिगामेन्ट, मांसपेसी तथा नसाको कमजोरीले गर्दा उत्पन्न हुने यान्त्रिक समस्या हो। नसा च्यापिने समस्यालाई बुझ्न, ढाड तथा मेरुदण्डको रचना र क्रियालाई थाहा पाउन जरुरी हुन्छ।
मेरुदण्डको बनावट
मेरुदण्ड ३३ वटा अलगअलग हड्डीहरूको दण्डाकार संरचना हो। यी हड्डीहरूलाई आपसमा इन्टर भट्टेब्रल डिक्सु भनिने लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलगअलग हड्डी तथा डिक्सहरूलाई बाँधेर एउटै लामो दण्ड बनाएर राख्छ। मेरुदण्डमा टाँसिएका मांसपेसीले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्छ।
यी ढाडका हड्डीमा स्पाइनल क्यानलु नामक लम्बबद्ध प्वाल हुन्छ जसबाट स्पाइनल कर्डु नामक मुख्य स्नायु नसा गुज्रिएको हुन्छ र हरेक हड्डीको दाया“ बाया“ स्पाइनल फोरामिन नामक प्वालहुदै स्पाइनल कर्डबाट स्पाइनल नर्भहरू (साना स्नायु नसा) निस्किएका हुन्छन्। यी नसाहरू ढाडको स्पाइनल कर्डबाट सुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन्। सामान्य भाषामा नसा भनेर रक्तवहाक नसालाई बुझिए झैँ यहा“ उल्लेखित नसा रक्तवहाक नसा होइनन् अपितु स्नायुप्रणालीस“ग सम्बन्धित नाडी मण्डल हुन् जस्ले शरीरका विभिन्न अंग चलाउनका साथै तातो चिसो, दुखाइ, कम्पन, स्पर्सआदि थाहा पाउन मद्दत गर्छ।
ढाडको हड्डीहरूका बीचमा रहेको इन्टर भर्टेवल डिक्सले हड्डीहरूलाई आपसमा घर्षण हुन नदिनुका साथै ढाडमा पर्ने झट्का तथा दबाबलाई नियन्त्रण गर्छ। जसरी मोटरसाइकलमा भएको स्प्रिङ सक एर्ब्जवर ले बाइक उफ्रिँदा, हुत्तिँदा उत्पन्न झट्कालाई चालकसम्म पुग्न नदिएर चालकलाई चोट पुग्नबाट बचाउ“छ। त्यसैगरी यी डिक्सहरूले पनि मेरुदण्डमा पर्ने झट्का तथा दबाबलाई अवशोषण गरेर ढाडलाई चोट पुर्यापउनबाट बचाउ“छ। नसा च्यापिने समस्यमा पनि यिनै डिक्स, हड्डी र नसाको अन्तर्सम्बन्ध छ। यी डिक्सहरूले आफ्नो ठा“उ छाड्दा मेरुदण्डको मुख्य नसा स्पाइनल कर्ड तथा कर्डबाट निस्किएका नसाहरूलाई थिचिदिन्छ।
कारण तथा लक्षणहरू
नसा च्यापिने मूल कारण भनेकै खराब पोस्चर आसन हो। यसबाहेक अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीको पनि उत्तिकै योगदान छ। अचानक झुक्ने, भारी वस्तु अचानक उठाउने, गलत तरिकाले उठ्ने, बस्ने, हिड्ने, व्यायाम नगर्ने, अग्लो हिल भएको जुत्ता चप्पल लगाउने, खाल्डे बाटोमा वाइक चलाउने, कुप्रेर लामो समय कुर्सीमा बस्ने, सुर्ती जन्य वस्तु सेवन गर्ने तथा धुमपान गर्ने, मानसिक तनाव, डर चिन्तामा परेकाहरू, डाक्टर, प्रहरी, कार्यकारी अधिकृतहरू, बैंकर्सहरूजस्ता तनावग्रस्त पेसामा संलग्न पेसाकर्मी यस समस्यका जोखिममा हुन्छन्।
धेरै बच्चा जन्माएकी आमा, मोटा तथा भुँडीलागेका व्यक्तिहरू, व्यायाम नगर्ने तथा लामो समयदेखि मोटरसाइकल चलाउनेमा यो समस्य ज्यादा देखिएको छ। यस्ता खराब जीवनशैली भएका व्यक्तिको डिक्स तथा हड्डी चाडै खिइने, सुनिने र घोटिने हुन्छ। फलतः डिक्स फुटेर यसभित्रको चिप्लो पदार्थ पोखिएर जानुका साथै डिक्सले आफ्नो ठाउ छाडेर नसा च्याप्न पुग्छ। नसा च्यापिँदा मुख्यतः नसाको क्रिया अवरुद्ध हुन जाँदा कम्मर दुख्ने, च्यापिएको नसा गएको खुट्टा वा हाततिर दुख्ने, हातखुट्टा निदाउने, झमझमाउने, लाटो हुने र बिस्तारै हातखुट्टा तथा ढाड चलाउन नसकिने, ढाडमा असहनीय पीडा हुने, उठ्दा बस्दा, हिँड्दा, खोक्दा र हाच्छिउँ गर्दा ढाड र हातखुट्टा दुख्ने गर्छ।
समस्या बढ्दै गएमा, औलाहरूमा कमजोरी देखा पर्ने, हातखुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुन सक्छ। समस्या गम्भीर भए मलमूत्र विसर्जनमै समस्या क्वाडा इक्वाइना सिन्ड्रम देखा पर्न गई तुरुन्त आपतकालीन व्यवस्थापन गर्नुपर्ने पनि हुन सक्छ।
उपचार
नसा च्यापिएका रोगीमध्ये ९० प्रतिशतको उपचार प्राकृतिक तरिकाले गर्न सकिन्छ भने १० प्रतिशत रोगमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ। तर, आपतकालीन अवस्था छैन भने शल्यक्रिया नगराएकै राम्रो हो। गराउनु नै पर्ने अवस्था भएमा विज्ञ स्नायु शल्य चिकित्सकबाटै गराउनुपर्छ। प्राकृतिक उपचारमा विशेषतः पूर्ण बेड रेस्टका साथ फिजियोथेरापीका विद्युतीय उपकरणले गरिने उपचार आइएफटी, अल्ट्रासाउन्ड, ट्रेक्सन, तातोको सेकाइआदि दिएर दुखाइ कम गराइन्छ। यसका साथै अकुपन्चर तथा अकुप्रेसरजस्ता चिनियाँ उपचार पद्धतिले पनि यो रोगमा फाइदा पुर्योउँछ। यी विधिले दुखाइ कम गर्नुका साथै हड्डी, डिस्क र लिगामेन्टको घाउ निको पारी च्यापिएको नसा छुटाऊन सहयोग गर्छ। ढाडको मालिस, अकुप्रेसर, कपिङ, अस्टियोपेथी, काइरोप्राक्टिसजस्ता उपचार पद्धतिले दुखाइ कम गराउनका साथै डिक्सलाई यथास्थानमा जान सहयोग गर्छ। दुखाइ कम भएपछि बिरामीलाई ढाडका व्यायाम, योग आसनहरू सिकाइन्छ। त्यसले मेरुदण्ड र आसपासका तन्तुलाई बलियो बनाउ“छ र फेरि यही समस्या दोहोरिन दिँदैन। नसा हड्डी खिइनाले च्यापिएको भए हड्डी खिइनुको कारण पत्ता लगाएर उपचार अगाडि बडाऊनुपर्ने हुन्छ।
सावधानीहरू
१, नियमितरूपमा व्यायाम गर्ने बानी बसालौँ, अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण जस्ता व्यायामले शरीरका हाड तथा जोर्नीहरूलाई बलियो बनाउनका साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पुर्याइउँछ। श्रम र व्यायामबाट पन्छिने नगरौँ। नसा च्यापिइसकेकोे अवस्थामा भने चिकित्सकको सल्लाहअनुसारका व्यायाममात्र गर्नुपर्छ।
२, लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर नबसाँै, बस्दा उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर नबसौँ। एउटै आसनमा लामो समयसम्म रहने व्यक्तिमा यो समस्या हुन सक्छ
३, सामान वा गरुंगो वस्तु उठाउँदा सावधानी अपनाऔँ। हडबडमा बलपूर्वक भारी उठाउने कोसिस नगरौँ।
४, अग्लो हिल भएको जुत्ता वा चप्पलको प्रयोग नगरौँ।
५, उकाली ओराली गदार्, सिढी चढदा सावधानीपूर्वक बिस्तारै हिडौँ।
६, अगाडि झुकेर सामान उठाउनु पर्दा कम्मरबाट नझुकौँ। निहुरिएर गर्नुपर्ने कुनै पनि काम गर्नु पर्दा घु“डा खुम्च्याएर कम्मरलाई नमोडी बिस्तारै उठाऔँ।
७, खोक्दा वा हाच्छ्यिुँ गर्दा भित्ता वा टेबुलको साहायता लिऔँ।
८, शरीरको तौललाई आफ्नो उचाइअनुसार नियन्त्रणमा राखौँ। विशेषतः पेटलाई बढ्न नदिऊँ यसले ढाडमा अतिरिक्त दबाब दिन्छ।
९, गद्दा, फोम, डन्लपजस्ता बाक्ला र मुलायम ओछ्यानमा नसुतौँ। स्प्रिङ भएको लचकदार झोलुङ्गे ओछ्यान बढी आरामदायक लागे पनि ढाडका लागि राम्रो होइन।
१०, साह्रै कडा ओछ्यानले पनि ढाडलाई राम्रो गर्दैन। सामन्यतः एक इन्च जति बाक्लो कपासको बिछ्यौनामा सुत्नु ढाडका लागि राम्रो हुन्छ।
११, सुत्दा सिधा सुत्ने बानी बसालौ। घोप्टो वा कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो। नसा च्यापिइ सकेपछि भने खुट्टा खुम्च्याएर सजिलो हुने गरी गोडामुनि तकिया राखेर सुतौँ। सिरानी काँधको लमाइ बराबर अग्लो भए ढाडको लागि राम्रो मानिन्छ।
१२, लामो समयसम्म उभिरहने वा बसिरहने नगरौँ। गर्नैपर्ने भएमा बीचबीचमा अवस्था परिवर्तन गरिरहनु पर्छ। उभिएर गर्नुपर्ने काम गर्दा एक खुट्टालाई अर्को खुट्टाभन्दा ६ इन्च जतिमाथि कुनै वस्तुको आड लिएर राखौँ ।
१३, ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि नै सारेर बस्ने गरौँ। ड्राइभिङ सिटमा वा कुर्सीमा बस्दा,ब्याक रेस्टको प्रयोग गर्ने गरौँ।
१४, कम्मर वा गर्दन दुख्ने समस्या भएकाहरूले मोटरसाइकल नचलाऔँ। हिँड्दा ढाडको पेटी वा घाँटीको कलर लगाऔँ।
१५, हिँड्दा बूढो मान्छेजस्तो कुप्रेर होइन ठाडो शिर गरेर सोझो भएर हिडौँ।

इन्टरनेट सर्च इन्जिन गुगलले मोदीलाई विश्वका टप टेन अपराधीको सूचीमा समावेश गरेपछि यस्तो अवस्था आएको हो ।
यसअघि पनि मोदीको तस्विर अपराधीको सूचीमा परेपछि विवाद आएकोमा अहिले पनी उनी विश्वको नजरमा अपराधी नै ठहरिएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार मोदीलाई अपराधीको रुपमा चित्रित गरिएकोप्रति आपत्ति जनाउँदै भारतस्थित इलाहाबादको जिल्ला अदालतले गुगललाई लिगल नोटिस पठाएको छ ।
यो मुद्धाको सुनुवाइ आगामी ३१ अगष्टमा हुने छ । भारतीय जनता पार्टीका नेता तथा अधिवक्ता सुशील मिश्रले मोदीको बदनाम गरिएको भन्दै अदालतमा मुद्धा हालेका हुन् ।
मोदीमाथि भारतको गुजरातमा भएको हिंसाको मूख्य योजनाकारको आरोप लाग्दै आएको छ ।
भक्तपुर, ५ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री हुनकै लागि सरकार परिवर्तन गर्ने खेल देशकै लागि घातक हुने बताएका छन् ।
आज भक्तपुर नगरपालिकास्थित लिवालीमा निर्माण हुन लागेको भक्तपुर ट्रक व्यवसायी सङ्घको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका छन् ।
उनले भने– “आफूले प्रधानमन्त्री पाइन भनेर सरकारलाई दिएको समर्थन फिर्ता लिनु नै गलत हो, आफ्नो दल सहभागी रहेको सरकारले के गर्न सकेन, प्रधानमन्त्रीले के गर्न नसक्दा सरकार छाड्नु पर्यो भनेर प्रष्ट पार्नु पथ्र्यो ।”
नेपाली काँग्रेस र माओवादी केन्द्रबीच आलोपालो गरेर सरकार सञ्चालन गर्ने नीति समेत देशको लागि उपयुक्त नभएको बताउँदै उनले सरकार सञ्चालनमा आलोपालो गर्ने सहमति हुनुभन्दा पनि देश बनाउने नीतिमा सहमति हुनुपर्ने उनको भनाइ थियो ।
अविश्वास प्रस्तावपछि नयाँ सरकार गठन गर्ने व्यवस्था संविधानमा नभएको बताउँदै नेमकिपाका अध्यक्ष बिजुक्छेले कानुनी ढङ्गले अगाडि बढ्दा नयाँ सरकार गठन हुन अझै केही समय लाग्ने बताए ।
सरकारमा सहभागी दलले नै कार्यसूचीमा चढिसकेको बजेट विधेयकलाई पारित नगरी अविश्वास प्रस्तावतर्फ पेस गर्नु दुर्भाग्य भएको औँल्याउँदै बिजुक्छेले बजेट विधेयक पारित नगरी ल्याएको अविश्वास प्रस्तावले देशलाई आर्थिक नाकाबन्दीमा पारेको बताए।
उनले भने– “देशमा यस्तो सङ्कट आउने देखेर मैले प्रधानमन्त्रीलाई देश जोगाउनकै लागि भए पनि संसद् विघटनको निर्णय लिनुस् भनेको थिएँ ।” रासस

जानेर वा नजानेर, निष्ठाले वा नियतिले मुलुक र जनताको लागि धेरै योगदान गर्ने नेताहरूको तुलनामा त्यस्तो कुनै योगदान नभएका राजा ज्ञानेन्द्र आम जनतामा बढी लोकप्रिय देखिन्छन् । राजा महेन्द्रले निर्वाचित सरकारलाई विघटन गरे, लोकप्रिय नेताहरूलाई वर्षौंसम्म थुनामा राखे र मुलुकमा प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध गरिरहे ।तर वर्तमान राजनीतिको चरित्र र नेतृत्वले स्थापना गरेको अपसंस्कृतिले थिल्थिलिएका जनतामाझ राजा महेन्द्र नेपाली राष्ट्रियताको प्रतीकको रूपमा छन् । राजा वीरेन्द्रप्रतिको जनआकर्षण त उच्च विन्दुमै छ । कम्तीमा राजाहरू मुलुकप्रति इमानदार रहेका तर नेताहरू जनता, मुलुक, आफ्नै पार्टी, कार्यकर्ता तथा आफ्नै संघर्ष र बलिदानपूर्ण इतिहासप्रति पनि इमानदार हुन नसकेको तीतो अनुभव आम जनताका मनमा गाँठो परेर बसेको देखिन्छ ।
प्रजातन्त्रको पहिलो परिचय कानुनबमोजिम आर्जित सम्पत्ति आफूखुसी भोगचलन गर्न पाउने अधिकार हो । तर हिंसा र जोर जबर्जस्तीद्वारा कब्जामा लिइएको र लेनदेन गरे–गराएको जग्गा–जमिन अझै वास्तविक व्यक्तिको स्वामित्वमा आएको छैन । उक्त कार्यको नेतृत्व गर्ने दलले मुलुकमा दुईपटक सरकारको नेतृत्व गरिसक्यो । तेस्रोपटक गर्न उद्यत् छ । उक्त दलसँग विगत र वर्तमानमा सत्ता साझेदार रहेका, हुँदै गरेका र आफूलाई प्रजातान्त्रिक तथा लोकतान्त्रिक भनेर कहिल्यै नथाक्ने दलहरूलाई त्यसले कुनै राजनीतिक संकोचको अनुभव गराएको बुझिँदैन ।
iयी सबैका कारण आम जनताका मनमा प्रजातन्त्रप्रति वितृष्णा बढ्दै गएकाले एउटा निष्पक्ष, स्वच्छ र इमानदार सरकार दिने, स्वस्थ्य राज्य संस्कृति विकास गर्ने र जनजीवनका हरक्षेत्रमा व्याप्त अराजकता अन्त्य गर्न सक्ने एउटा बलियो आधुनिक जंगबहादुरको कामना उनीहरूले गरिरहेको देखिन्छ ।
मुलुक र जनताप्रति इमानदार, सक्षम, मुलुकको राष्ट्रिय चरित्र र इतिहास प्रतिनिधित्व गर्ने जंगबहादुरको खोजी नेपालमै मात्र सीमित छैन । अमेरिकामा डोनाल्ड ट्रम्प, चीनमा सी जिनपिङ, भारतमा नरेन्द्र मोदी, रूसमा भ्लादिमिर पुटिन र जापानमा सिन्जो आवेहरू सबै त्यो खोजीको क्रममै नेतृत्वमा आएको लाग्छन् । दक्षिण कोरिया, फिलिपिन्स, पोल्यान्ड, टर्की आदि मुलुकमा पनि त्यो रुझान प्रदर्शन भइरहेको छ ।इस्लामिक विश्वको सबैभन्दा पुरानो र स्थापित प्रजातन्त्र हो— टर्की, तर लामो समयदेखि त्यहाँ प्रजातन्त्र संकुचित छ । विगत एक वर्षमा आतंकवादी गतिविधिमा तीन सयभन्दा बढीको हत्या भएको र सिरियाली शरणार्थी संकटका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा त्यहाँ हालै भएको असफल तर शक्तिशाली सैनिक विद्रोहले टर्कीलाई अधिनायकवादतर्फ उन्मुख गराएको छ । मेरिका र नाटोको सैनिक अड्डासमेत रहेको टर्कीको त्यस्तो आन्तरिक राजनीतिको असर सिंगो मध्यपूर्व र नाटो राष्ट्रहरूको सुरक्षामा समेत गम्भीर रूपमा पर्ने देखिन्छ ।
हालै फ्रान्समा एउटा ट्युनिसियाली मूलको फ्रेन्च आतंककारी ट्रक ड्राइभरले राष्ट्रिय उत्सव मनाइरहेका ८४ जना भन्दा बढीलाई किचेर मारेको र अन्य पचासभन्दा बढीलाई जीवनमरणको दोसाँधमा पुर्याएपछि फ्रान्समा फेरि संकटकाल थपिएको छ । राष्ट्रपतिले फ्रान्स सम्पूर्ण युद्धको स्थितिमा रहेको बताएका छन् ।
स्मरणीय छ, गत नोभेम्बरदेखि संकटकाल भोगिरहेको फ्रान्स युरोपमा सबैभन्दा बढी आतंकपीडित राष्ट्र हो र यसले फ्रान्सलाई एउटा शक्तिशाली र प्रभावकारी शासकको पक्षमा उभ्याउँदै लगेको छ । ‘आफ्नो सीमाभित्र आफ्नै शासनको' राष्ट्रवादी नाराले युरोपेली युनियनबाट बेलायतको बहिर्गमन गराएको थियो । जर्मनी, फ्रान्स, नेदरल्यान्ड, इटाली, ग्रिस, स्पेन सबैतिरको राजनीतिमा राष्ट्रवाद नयाँ शक्ति र स्वरूपमा प्रस्तुत भइरहेको छ । स्मरणीय छ, राष्ट्रवाद अधिनायकवादको सबैभन्दा ठूलो शक्ति, साधन र रणनीति हो ।
धर्म निरपेक्षता, भूमण्डलीकरण र अधिनायकवाद
धर्मको नाममा पनि विश्व जटिल तनाव, असुरक्षा, अस्थिरता र युद्धको स्थितिमा छ । धर्म निरपेक्षताका पक्षधरहरूले मानव जीवनमा विज्ञान र प्रविधि जोडेर तथा उनीहरूमा वैज्ञानिक चिन्तन प्रणाली विकास गराएर परम्परागत धार्मिक मान्यताको स्थानमा एउटा भूमण्डलीय साझा मानव मूल्य र विश्वासको विकास गर्नमा भन्दा एउटा धर्मलाई विस्थापन गरी अर्को धर्मलाई स्थापना गर्ने उद्देश्य राखेको देखियो ।
नेपाललगायत संसारका धेरै देशमा धर्म निरपेक्षताको नाममा धर्म परिवर्तनका अनैतिक अभ्यासहरू भइरहेका छन् । यस्ता अभ्यासहरूप्रति स्वभावतः चरम विकर्षण, आक्रोश र आशंका जन्माएको, धार्मिक कट्टरता बढाएको र धार्मिक सद्भावना बिथोलेको छ । धर्म रक्षाको नाउँमा यसले पनि अधिनायकवादलाई प्रेरणा र प्रोत्साहन दिइरहेको छ ।
अर्कोतिर, औद्योगीकरण, आर्थिक उदारीकरण र भूमण्डलीकरणको बाटो विश्वव्यापी रूपमा मानव समुदायलाई प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार र विराट समृद्धि प्राप्त हुने स्वर्णिम कल्पनामा मानिसहरू लामो समयसम्म रहे । सात दसकअघि अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजबेल्टले भनेका थिए– कुनै मुलुकको महानताको परिचय त्यहाँका सम्भ्रान्त र सम्पन्न परिवारलाई उपलब्ध सेवा र सुविधाको स्तरबाट नभएर सबैभन्दा निर्धन र कमजोर समुदायले राज्यबाट पाएको सेवा र सुविधाले मात्रै दिन्छ । अमेरिकाको लक्ष पनि त्यही हो ।
स्थापित प्रजातान्त्रिक मुलुकहरू आफ्ना परिवेशका जंगबहादुरको खोजीमा रहेको अवस्थामा नेता र नेतावरिपरिका लागि मात्र लोकतन्त्र र गणतन्त्रको अनुभव गराउने नेपालमा सर्वसाधारण जनता किन घरघरमा जंगबहादुरको आह्वान गरिरहेका छन् भनेर बुझ्न गाह्रो छैन ।
त्यसको सात दसकपछि कन्जरभेटिभ पार्टीको नेता चुनिनेबित्तिकै बेलायतकी नवनिर्वाचित प्रधानमन्त्री थेरेसा मेले आफ्नो सरकार थोरै सम्भ्रान्तहरूको लागि नभएर बेलायतका हरेक जनताका पक्षमा काम गर्ने, जनतालाई आफ्नो जीवनबारे आफैँ निर्णय गर्न सघाउने र सबै मिलेर असल ब्रिटेन निर्माण गर्नमा समर्पित रहेको बताइन् ।
प्रजातन्त्रको जननी मानिने देशमा सरकार सबैको हुन सकेको छैन र जनतालाई आफ्नो जीवनसम्बन्धी फैसला गर्ने अधिकार प्राप्त छैन भने प्रजातन्त्र सिक्दै गरेका मुलुकहरूको अवस्था कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ ।
दोस्रो विश्वयुद्धपछि अमेरिकालगायतका मुलुकले अकल्पनीय समृद्धि आर्जन गरे । करोडौँ मानिस गरिबीको दुष्चक्रबाट मुक्त भए, तर असमानता झन् बढ्दै गयो । डेमोक्रेटिक दलका राष्ट्रपति पदका उम्मेदवार रहेका बर्नी स्यान्डर्सका अनुसार, यो असमानता संसारका प्रमुख राष्ट्रहरूमध्ये सबैभन्दा समृद्ध र शक्तिशाली मुलुक अमेरिकामा सबैभन्दा बढी छ ।
गरिबी र असमानता आर्थिक सवाल मात्र होइन, यो सामाजिक, राजनीतिक र नैतिक सवाल पनि हो । स्यान्डर्सका अनुसार, अमेरिकाको एउटा परिवारको सम्पत्ति समाजको तल्लो तहका १३ करोड मानिसको भन्दा बढी छ । प्रविधि र मानिसको उत्पादक क्षमतामा असामान्य विकास भएको छ तर आम अमेरिकीहरूको आयको स्तर १९९९ को भन्दा घटेको छ । साढे चार करोड मानिस गरिबीको रेखामुनि छन् । अमेरिकी प्रजातन्त्र भ्रष्ट हुँदै गएको छ ।
२०१२ मा विश्व बैंकको लागि गरेको एउटा अनुसन्धानबाट विश्वव्यापीरूपमा चर्चामा आएका र सो बैंकका पूर्व उपाध्यक्ष ब्रान्को मिलानोभिकद्वारा लिखित र हार्बर्ड विश्वविद्यालयबाट हालै प्रकाशित एउटा बहुप्रशंसित पुस्तकमा उल्लेख भएअनुसार मुलुकभित्र र मुलुकहरूबीचको असमानताको पनि नियमित पृष्ठपोषणसहितको एउटा चक्र हुन्छ ।
उनका अनुसार १९ औँ शताब्दीले विराट् सम्पत्ति उत्पादन गर्यो, तर सँगै सम्पन्न व्यक्तिहरूले आफ्नो समृद्धि बढाउनमा उक्त सम्पत्तिलाई उपयोग गर्दै जाँदा उनीहरूका पोल्टामा झन्झन् सम्पत्ति थुप्रिँदै गयो । असमानताको खाडल ठूलो र फराकिलो हुँदै गयो । त्यसैबाट उठेको असन्तोषको कारण पहिलो र दोस्रो विश्वयुद्ध थियो ।
मिलानोभिकको विचारमा १९४५ पछि औद्योगिक मुलुकहरूले सुनियोजित रूपमा समानतालाई प्रवद्र्धन गर्न थाले । मुनाफामा भएको असामान्य वृद्धिबाट भएको आयलाई वैज्ञानिक र प्राविधिक विकासमा र जनस्वास्थ्यलगायतका सामाजिक सुरक्षा र गुणस्तरीय आधुनिक शिक्षाको विकासमा व्यापक खर्च हुन थालेपछि असमानता धेरै हदसम्म घट्यो । यसबाट अर्थशास्त्रीहरू अति उत्साहित भए र यो प्रक्रिया निरन्तर जारी रहने विश्वास गर्न पुगे ।
बलियो नेता र बलियो राष्ट्रको खोजी तर ८० को दसकमा आएर उक्त प्रक्रिया अवरुद्ध भयो । समृद्ध मुलुकहरूमा असमानता बढ्न थाल्यो । चीन र भारतले भूमण्डलीय असमानतालाई घटाउन विश्व कीर्तिमान राखे, तर दुवै मुलुक र खास गरेर भारतमा आन्तरिक असमानता तीव्ररूपमा बढ्दै गएको अध्ययनहरूले बताएका छन् ।
प्यु रिसर्च सेन्टरले २०१४ मा गरेको एक अध्ययनमा असमानतालाई संसारको सबैभन्दा ठूलो खतरा बताएको छ । विख्यात अमेरिकी अर्थशास्त्री जोसेफ स्टिगलिट्ज भनेको भनेकै छन्— सबै राजनीतिक असन्तोष, आन्दोलन र विद्रोहको मूल कारण आर्थिक असमानता र विभाजन हो । भूमण्डलीकरणले आफ्नो जीवनमा ल्याएका नकारात्मक असरविरुद्धको लडाइँको नेतृत्व एउटा इमानदार, स्वच्छ र राष्ट्रवादी अधिनायकले मात्र गर्न सक्छ भन्ने विश्वास संसारका धेरै देशमा बढ्दै गएको छ ।
धेरै मुलुकहरूको गम्भीर अध्ययनपछि एडम प्रेजेवोर्सकीलगायतका राजनीतिशास्त्रीहरूको निष्कर्ष छ— जनताले एउटा निश्चित जीवनस्तर र आर्थिक सुरक्षा प्राप्त गर्न नसकुन्जेल मुलुकहरू राजनीतिक अन्योल, अराजकता र उथलपुथलको नियमित सम्भावना राखिरहन्छन् । प्रजातन्त्र स्थिर रहिरहन सक्दैन । निष्कर्ष हो– यो अवस्था अधिनायकवादको उर्वर आधारभूमि हो ।
प्रमुख अमेरिकी सञ्चारमाध्यमहरू, उद्योगी, व्यापारी, शिक्षक, प्राध्यापक, राजनीतिक विश्लेषक, विचारक र स्वयं रिपब्लिकन पार्टीकै मुख्य नेताहरू पनि अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका कट्टरविरोधी छन् । तर रिपब्लिकन पार्टीका एकसेएक मिडिया मैत्री र वासिंटन र न्युयोर्क जस्ता जनमत निर्माता महानगरहरूमा र अन्तर्राष्ट्रिय समुदायमा परिचित हस्तीहरू यो दौडमा धमाधम पराजित हुँदै गए । तर डोनाल्ड ट्रम्प एकपछि अर्को गर्दै रिपब्लिकन दलको मनोनयन सुनिश्चित गर्ने हैसियतमा पुगे ।
प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार उच्च शिक्षा हासिल नगरेका, मुलुकका सबै भूभागका भूमण्डलीकरणले पछि पारेका, रोजगार गुमाएका, कम आय भएका, राज्य व्यवस्थाले आफ्नो कुरा नसुनेको पीडा बोकेका, राज्य व्यवस्थामा आफ्नो कुरा सुनाउने सामथ्र्य नभएका र बढ्दो आप्रवासी संख्याले अमेरिकी मूल्य र परम्परामाथि संकट पुर्याएको अनुभव गर्ने खास गरेर गोरा समुदायका मानिसहरू ट्रम्पका प्रबल समर्थक देखिएका छन् ।
उनीहरूलाई लागिरहेको छ– अमेरिका आफ्ना मूल्य, विश्वास र संस्कृतिको क्षेत्रमा बाहिरियाहरूबाट पराजित तथा कमजोर भइरहेको छ र यस्तो अवस्थामा डोनाल्ड ट्रम्पले मात्रै अमेरिकालाई विजयी बनाउन र राष्ट्रको पुरानो गौरवलाई पुनस्र्थापना गर्न सक्छन् । एउटा बलियो राष्ट्रपतिले मात्रै एउटा बलियो अमेरिका दिन सक्छ र त्यस्तो अमेरिकाले मात्रै आतंकवादविरुद्धको युद्धमा अमेरिकालाई विजय दिलाउन सक्छ भन्ने डेमोक्रेटिक र रिपब्लिकन दुवै दलका साधारण अमेरिकी मतदाताहरूमाझ ट्रम्प लोकप्रिय छन् ।
आफ्ना केही व्यक्तिगत स्वतन्त्रताहरूको मूल्यमा भने पनि राष्ट्र र जनतालाई बलियो सुरक्षा दिनसक्ने राष्ट्रपतिको खोजीमा ट्रम्पलाई आफ्नो प्रतिनिधिको रूपमा पाएको अनुभव उनीहरूले गरिरहेका देखिन्छन् ।
आधुनिक सन्दर्भमा अधिनायकवाद भनेको निरंकुश तानाशाह भन्ने अर्थमा नभएर मूलतः राष्ट्रिय मूल्य र परम्पराहरूप्रति प्रतिबद्ध, मुलुकमा प्रभावकारी ढंगले कानुन व्यवस्था लागू गराउन सक्ने र बाहिरी प्रभावबाट मुलुकको प्रमुख राष्ट्रिय हितहरूको रक्षा गर्न सक्ने बलियो नेता हो भन्ने धारणा आम अमेरिकीहरूमा रहेको देखिएको छ । डोनाल्ड ट्रम्पको सवालमा आम अमेरिकीहरूले जस्तो अनुभव गरेका छन् ।
त्यस्तै अनुभूतिले युरोपेली युनियनबाट बेलायतको बहिर्गमनमा गरायो । २००७ को सेप्टेम्बरमा सत्तारुढ लेबर दलको वार्षिक सम्मेलनमा तत्कालीन ब्रिटिस प्रधानमन्त्री गोर्डन ब्राउनले बेलायतलाई विज्ञान, व्यापार–व्यवसाय, सिर्जनशीलता र उत्पादक क्षेत्रमा विश्वको नेतृत्वदायी राष्ट्र बनाउनुलाई आफ्नो सपना बताएका थिए । सरकार सबै ब्रिटिस जनताको प्रतिभा र क्षमताको दोहन हुने अवसर निर्माण गरेर ब्रिटेनमा उपलब्ध रोजगारका अवसरहरू ब्रिटिस कामदारहरूका लागि भन्ने मान्यतामा प्रतिबद्ध रहेको छ, उनको भनाइ थियो ।
ब्राउन र उनको दल भूमण्डलीकरण र युरोपेली युनियनका लक्ष र मूल्यहरूप्रति प्रतिबद्ध थियो । त्यो भनेको मुलुकहरूबीच पुँजी, श्रम र सामानहरूको निर्बाध आवागमन हो । सो सम्बन्धमा पछि डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको बैठकमा स्पष्टीकरण दिँदै ब्राउनले भने– बेरोजगारबाट पीडित ब्रिटिस जनतालाई उन्नत रोजगारका अवसर सुनिश्चित गराउने तथा आर्थिक समृद्धि र गतिशीलता निर्माण गर्नु आफ्नो प्रथम दायित्व हो ।
वामपन्थी रुझान राख्ने लेबर पार्टीका प्रधानमन्त्री ब्राउनको ‘ब्रिटिस जब फर ब्रिटिस वर्कर' र अति दक्षिणपन्थी ब्रिटिस नेसनल पार्टीको ‘किप ब्रिटिस जब्स फर ब्रिटिस वर्कर' ले क्रमशः राष्ट्रिय जनमत निर्माण गर्दै जाँदा युरोपेली युनियनबाट बेलायतको बहिर्गमन हुन आएको देखिन्छ ।
स्मरणीय छ, जुन समुदाय अमेरिकामा डोनाल्ड ट्रम्पलाई समर्थन गरिरहेको छ, त्यही समुदाय बेलायतमा ब्रेग्जिटको पक्षमा थियो । लाग्दछ, ब्रिटिस जनता पनि ब्रिटिस डोनाल्ड ट्रम्पको खोजीमा छन् । संसारका सबैभन्दा पुराना र
स्थापित प्रजातान्त्रिक मुलुकहरू आफ्ना परिवेशका जंगबहादुरको खोजीमा रहेको अवस्थामा नेता र नेतावरिपरिका लागि मात्र लोकतन्त्र र गणतन्त्रको अनुभव गराउने नेपालमा सर्वसाधारण जनता किन घरघरमा जंगबहादुरको आह्वान गरिरहेका छन् भनेर बुझ्न गाह्रो छैन ।
—भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटिजिक स्टडिजसँग आबद्ध छन् ।
दक्षिण सुडानमा एक्कासि हिंसा मच्चिँदा त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी जोखिममा परेका छन्। झडपमा सशस्त्र प्रहरीका तीन कर्मचारी घाइते भइसकेका छन्।
सुडानमा करिब दुई हजार नेपाली छन्।एक हजार नौ सय नेपाली सुरक्षाकर्मी राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनाका लागि खटिएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
सेना, सशस्त्र र नेपाल प्रहरीका १९ सय कार्यरत
सुडानमा नेपाली सेनाका एक हजार ५ सय ९०, सशस्त्रका करिब तीन सय र नेपाल प्रहरीका करिब २० प्रहरी अधिकृत कार्यरत छन्। राष्ट्रसंघअन्तर्गत विभिन्न निकायमा सिभिलियन पनि कार्यरत छन्। हिंसा मच्चिएपछि शान्ति सेनामा खटिएका सुरक्षा अधिकारी क्याम्पबाहिर निस्किएका छैनन्। केही दिनसम्म उनीहरू बंकरभित्र बसेका थिए।
तीन सशस्त्र प्रहरी घाइते
गत साताको एक झडपमा सशस्त्र प्रहरी बलका तीनजना घाइते भएका थिए। राजधानी जुवामा भएको दुई पक्षको गोली हानाहानमा उनीहरू घाइते भएका हुन्। सशस्त्र बसेको एफपियू क्याम्पनजिकै झडप हुँदा तीनजना घाइते भएको सशस्त्र प्रहरीका एआइजी शैलेन्द्र खनालले बताए। उनीहरूलाई गोलीका छर्रा लागेको छ। झडपमा शान्ति स्थापनाका लागि खटिएका दुई चिनियाँ शान्ति सैनिकको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए।
शान्ति सैनिक ‘अलर्ट’मा
एक्कासि हिंसा मच्चिएपछि राष्ट्रसंघले सबै शान्ति सैनिकलाई ‘अलर्ट’ बनाएको छ। राष्ट्रपति किरले युद्धविरामको घोषणा गरे पनि दैनिकजसो दुई पक्षका सैनिकबीच गोली हानाहान हुने गरेको छ।
सुडानको विभाजनपछि जातीय हिंसा
जनमतसंग्रहमार्फत पाँच वर्षअघि सुडानबाट दक्षिण सुडान टुक्रिएको थियो। तीन वर्षयता त्यहाँ आन्तरिक रूपमा जातीय हिंसा बढ्दै गएको छ। डिंका र न्यूर जातिबीच पटक–पटक हिंसात्मक झडप हुने गरेको छ। दक्षिण सुडानको टोरिट भन्ने स्थानमा राष्ट्र संघअन्तर्गत मानवअधिकारकर्मीका रूपमा कार्यरत ठाकुर चापागार्इं केही दिन आफूहरू बंकरभित्र बसेको बताउँछन्।सुरक्षाकर्मीबाहेक अरू करिब एक सय नेपाली दक्षिण सुडानमा कार्यरत छन्।

प्रधानमन्त्री बनाइदिनुपर्ने भए मै बनाइदिन्थें ,प्रचण्डलाई बनाउन हुन्न : ओली
प्रधानमन्त्री बनाइदिनुपर्ने भए मै बनाइदिन्थें, बनाउन नहुने भएकाले मैले प्रचण्डलाई सत्ता हस्तान्तरण नगरेको हुँ । भारी अन्तरको तेस्रो शक्ति बनेका छन्, उपराष्ट्रपति र सभामुखजस्तो महत्वपूर्ण जिम्मेवारी दिइएकै छ ।
Kp-oli-1
अब त्यसमाथि प्रधानमन्त्री पनि तिनैलाई निदुपर्ने ? जनताले कांग्रेस र एमालेलाई सत्ता र प्रतिपक्षीको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएका हुन् । राज्यको महत्वपूर्ण जिम्मेवारीजति तेस्रो दलले पाउनुपर्ने भए पहिलो र दोस्रो दलको भूमिका र जिम्मेवारीचाहिँ के हो नि ?
कांग्रेसले गम्भिरतापूर्वक विचार गर्नुपर्छ । कस्तो प्रकारको लोकतन्त्र विकास गर्ने हो भन्ने विषयमा प्रमुख दलहरु गम्भिर हुनुपर्छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निकटवर्ती तथा नेपाली कांग्रेससम्बद्व नेताहरुसँग भेट हुँदा उपरोक्त अभिव्यक्ति दिने गरेका छन् ।
स्थानीय निर्वाचन सम्पन्न गराएर मात्र त्ता छोड्ने बताउँदै आएका ओलीले कांग्रेसको मायाले भन्दा प्रचण्ड र माओवादीप्रतिको वितृष्णाका कारण ‘त्यस किसिमको’ धारणा व्यक्त गरेको बुझन सकिन्छ, तर ओलीको अभिव्यक्तिलाई कांग्रेसका कतिपय नेताले गम्भिरतापूर्वक लिएका छन् ।
कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुन्छ भन्ने त्यस्तो अवसर गुमाउन नहुने मत कांग्रेसमा बलवान बन्दै गएको छ । तर, माओवादीलाई राजनीतिक बेइमानी गनुहुँदैन भन्नेहरु पनि कम छैनन् ।स्वयम् पार्टी सभापति शेरबहादुर देउवा माओवादीलाई अलपत्र बनाएर छोड्नु नहुने धारणा राख्छन् । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।

काठमाडौं, ५ साउन । चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा एसिया मामिलाको विदेश उपमन्त्री चङ सिआओ सोङ्गको निमन्त्रणामा चीन गएको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फिर्ता भएको छ ।
असार २७ गते ११ दिने चीन भ्रमणमा गएको प्रतिनिधिमण्डल व्यवस्थापिका–संसद्को बैठकका कारण दुई दिन भ्रमण छोट्याएर मङ्गलबार साँझ स्वदेश फर्केको हो ।
चीन गएको प्रतिनिधिमण्डलसँग कुरा गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा एसिया मामिलाको विदेश उपमन्त्री सोङ्गले नेपाल–चीन मैत्री सम्बन्धमा पार्टीबीच भ्रमण आदानप्रदानको सिलसिलामा नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेको प्रतिनिधिमण्डलका नेता रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलले सोङ्गको भनाइलाई उद्धृत गर्दै यो भ्रमणले नेपाल–चीन सम्बन्धमा थप योगदान दिएको बताउनुभयो ।
नेता पोखरेलले नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धले नेपाल–चीन मैत्री सम्बन्धलाई थप योगदान दिने बताउनुभयो ।
प्रतिनिधिमण्डलमा सांसद अनिता देवकोटा, सुरेन्द्र आचार्य, रेशम बानियाँ, तप्तबहादुर विष्ट, रश्मी ठाकुर, बुद्धिसागर चौधरी, दिवानसिंह विष्ट, शारदा पौडेल, विष्णुमाया परियारका साथै जिल्लाका नेता वीरबहादुर राना, वैकुण्ठ न्यौपाने, टेकप्रसाद गुरुङ, नारायणदत्त मिश्र र पूर्व राजदूत डा सुरेश चालिसे रहनुभएको थियो । रासस

५ साउन, काठमाडौं । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर खुलेको छ । लोकसेवा आयोगका प्रतिनिधि सम्मिलित समितिले परिक्षा लिने भएकाले पूर्णप्रतिस्पर्धाका आधारमा बैंकले नयाँ कर्मचारीको छनोट गर्नेछ । लिखित परिक्षा र अन्तवार्ताबाट उम्मेद्धवारहरुको छनोट गरिने छ ।
गत वर्ष नै बैंकले ९५ जना कर्मचारीका लागि आवेदन फारम खोलेपनि महिलाको महिलाको उमेर हदको विषयमा अदालतमा मुद्दा परेपछि प्रक्रिया अघि बढ्न सकेको थिएन ।
बैंकले महिला आवेदनका लागि ३५ वर्ष ननाघेका महिलाले आवेदन दिनसक्ने गरी विज्ञापन खुलाएको थियो । तर, ४० वर्षसम्मका महिलाले आवेदन दिन पाउनुपर्ने भन्दै अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको थियो ।
अदालतले ४० वर्षसम्मका महिलाले आवेदन दिन सक्ने फैसला गरेपछि कर्मचारी भर्नाको प्रक्रिया अघि बढेको हो । अदालतको फैसला पछि बैंकले आफ्नो कर्मचारीसम्बन्धी नियमावली संसोधन गरेको छ ।
गत वर्षकै प्रक्रियालाई निरन्तरता दिनेगरी बैंकले १०० जना थप गरी १ सय ९५ जना कर्मचारी भर्ना गर्ने जनाएको छ । गत वर्ष आवेदन दिएकाले यो वर्ष आवेदन दिनुपर्ने छैन । गत वर्षकै आवेदनलाई सदर मानिने बैंकले जनाएको छ ।
कुन तहमा कति ?
बैंकले ३ तहमा ७३ जना, ५ तहमा ४१ जना, ६ तहमा ७५ जना, ७ तहमा पाँच जना र ८ तहमा एक जना कर्मचारी मागेको छ । तर, नयाँ कर्मचारीले विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय अन्तरगर्तका शाखामा काम गर्नुपर्ने छ ।
कति चाहिन्छ योग्यता ?
छैटौं तहमा आवेदन दिन व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर गरेको हुनुपर्ने छ भने तीन तहमा आवेदन दिन १२ कक्षा पास गरेको हुनुपर्छ । त्यस्तै पाँचौ तहमा आवेदन दिन स्नातक पास गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
तीन वर्षमा साढे ११ सय कर्मचारी थप्दै
पुराना कर्मचारीले अवकास पाएपछि नयाँ कर्मचार थप्न बैंकले ३ देखि ८ तहसम्मका लागि कर्मचारी भर्ना गर्न लागेको हो । आगामी ३ वर्षभित्र साढे ११ सयको हाराहारीमा कर्मचारीहरुले अवकास पाउने छन् । अवकास पाएको कर्मचारीको पदपूर्तिका लागि बैंकलाई ठूलो जनशक्ति आवश्यक परेको हो ।
सूचना हेर्नुस्

चितवन, भूकम्प र नाकाबन्दीका कारण पहाड र तराई प्रभावित भएपछि सर्वसाधारणले बासस्थानको रोजाइँको रुपमा चितवनलाई लिएपछि यहाँको जग्गाको कारोबार बढेको छ ।
भूकम्पबाट जिल्ला न्यून मात्र प्रभावित रह्यो । तराई आन्दोलनको पनि यहाँ खासै प्रभाव परेन । स्वदेशको कमाई र विदेशबाट भित्रिएको विप्रेषण थन्क्याउनेस्थल चितवनको जग्गा हुन पुगेको छ । जिल्ला मालपोत कार्यालयका अनुसार आव २०७२/७३ मा ४२ हजार थान लिखित रजिस्ट्रेसन भएको छ । उक्त सङ्ख्या अघिल्लो आवमा २८ हजार थान मात्रै थियो ।
गत आवमा रजिस्ट्रेसन शुल्क, धितो बैंकिङ र पुँजीगत लाभकर गरी रु एकअर्ब १७ करोड ८ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवमा रु ५५ करोड ८४ लाख ६९ हजार मात्रै राजस्व सङ्कलन भएको थियो । कार्यालयका सूचना अधिकारी हरिकृष्ण सुवेदीका अनुसार गत आवमा रजिस्ट्रेसन शुल्कबापत रु ९६ करोड ५५ लाख ९४ हजार सङ्कलन भएको छ भने अघिल्लो आवमा सो शीर्षकमा रु ४४ करोड ८० लाख ९२ हजार सङ्कलन भएको थियो ।
धितो बैंकिङमा रु सात करोड १७ लाख १७ हजार राजस्व सङ्कलन भएको छ भने अघिल्लो आवमा रु पाँच करोड ४४ लाख ३३ हजार सङ्कलन भएको थियो । पुँजीगत लाभकरतर्फ रु १३ करोड ३५ लाख ७८ हजार तथा अघिल्लो आवमा रु पाँच करोड ५९ लाख ४२ हजार राजस्व सङ्कलन भएको थियो ।
सरकारी दररेटसँगै लिखत सङ्ख्या बढेककाले राजस्व बढेको कार्यालय प्रमुख टङ्कप्रसाद उपाध्यायले बताउनुभयो । “देशभरको सुरक्षित बासस्थानको रुपमा चितवनलाई लिएकै कारण घरजग्गा खरिद गर्नेको सङ्ख्यामा वृद्धि भएको हो,” उहाँले भन्नुभयो । घरजग्गाको मागसँगै मूल्यमा समेत दोब्बर वृद्धि भएको छ । अहिले सहरको महँगो जग्गा छोडेर ग्रामीण क्षेत्रमा सस्तो जग्गा किन्ने क्रम बढेको बताइएको छ । रासस

तारबार हटाउन पश्चिम बंगाल राज्य सरकारको माग
काठमाडौं, ४ साउन । नेपालले सीमा क्षेत्रमा विद्युतीय तारबार लगाएपछि भारतले आपत्ति जनाएको छ ।
पूर्वाञ्चलको नेपाल–भारत सीमावर्ती क्षेत्रको १८ किलोमिटर दुरीमा लगाइएको विद्युतीय तारबारका कारण जंगली हात्ती नेपाल पस्न नपाएको भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले आपत्ति जनाएको हो ।
झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो । भारतलाई टक्कर दिइरहेका प्रधानमन्त्री ओलीकै पालामा झापा बाहुनडांगी अन्तर्गतको सीमावर्ती क्षेत्रमा तारबार गरिएको हो ।
पश्चिम बंगाल राज्य सरकारले आफ्नो केन्द्र (मोदी) सरकारलाई नेपालको सीमावर्ती क्षेत्रमा हात्तीको मार्ग खुलाउन नेपालसंग पहल गरिदिन आग्रह समेत गरेको पश्चिम बंगाल सरकारका वनमन्त्री विनयकृष्ण बर्मनले जानकारी दिए ।
त्यस्तो आग्रहसहित औपचारिक पत्र समेत दिल्लीलाई लेखिएको बर्मनले जनाए । पश्चिम बंगालको सीमावर्ती जंगलबाट जंगली हात्तीका हुल करिब पाँच महिना अघिदेखि झापा बाहुनडांगी हुँदै नेपाल प्रवेश गर्न पाएका छैनन् ।
hatti
बर्मनले भने, ‘जंगली हात्ती नेपाल पस्न नपाएपछि उत्तर बंगाल क्षेत्रमा हात्तीका हुलले विध्वंश मच्चाइरहेको छ । मान्छे मारेको छ । अन्नबालीमा क्षति पुर्याएको छ । नेपाल एउटा स्वतन्त्र मुलुक भएकाले हामी सिधै कुरा गर्न सक्दैनौ । त्यसैले हामीले केन्द्र सरकारसंग नेपालसंग कुरा गरिदिन अनुरोध गरेका हौं ।’
तारबारका कारण नेपाल पस्न नपाएपछि पश्चिम बंगालको सीमा क्षेत्रमा हात्तीले अत्यधिक दुःख दिन थालेको उत्तर बंगाल क्षेत्रमा हात्तीको संरक्षणमा काम गर्ने राज बासु बताए । उनले भने– ‘नेपालपट्टी तारबार लगाएपछि हात्ती त्यता जान पाएनन् । भारतपट्टि हात्तीले धेरै नोक्सान पुर्याइरहेको छ ।’
नेपालले सीमावर्ती आफ्नो क्षेत्रमा विद्युतीय तारबार लगाएपछि नेपालतर्फ केही महिनायता जंगली हात्तीको आतंक रोकिएको छ ।
बीबीसी नेपालीबाट ।
काठमाडौं, ४ साउन । नेपालले सीमा क्षेत्रमा विद्युतीय तारबार लगाएपछि भारतले आपत्ति जनाएको छ ।
पूर्वाञ्चलको नेपाल–भारत सीमावर्ती क्षेत्रको १८ किलोमिटर दुरीमा लगाइएको विद्युतीय तारबारका कारण जंगली हात्ती नेपाल पस्न नपाएको भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले आपत्ति जनाएको हो ।झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो । भारतलाई टक्कर दिइरहेका प्रधानमन्त्री ओलीकै पालामा झापा बाहुनडांगी अन्तर्गतको सीमावर्ती क्षेत्रमा तारबार गरिएको हो ।
पश्चिम बंगाल राज्य सरकारले आफ्नो केन्द्र (मोदी) सरकारलाई नेपालको सीमावर्ती क्षेत्रमा हात्तीको मार्ग खुलाउन नेपालसंग पहल गरिदिन आग्रह समेत गरेको पश्चिम बंगाल सरकारका वनमन्त्री विनयकृष्ण बर्मनले जानकारी दिए ।
त्यस्तो आग्रहसहित औपचारिक पत्र समेत दिल्लीलाई लेखिएको बर्मनले जनाए । पश्चिम बंगालको सीमावर्ती जंगलबाट जंगली हात्तीका हुल करिब पाँच महिना अघिदेखि झापा बाहुनडांगी हुँदै नेपाल प्रवेश गर्न पाएका छैनन् ।
hatti
बर्मनले भने, ‘जंगली हात्ती नेपाल पस्न नपाएपछि उत्तर बंगाल क्षेत्रमा हात्तीका हुलले विध्वंश मच्चाइरहेको छ । मान्छे मारेको छ । अन्नबालीमा क्षति पुर्याएको छ । नेपाल एउटा स्वतन्त्र मुलुक भएकाले हामी सिधै कुरा गर्न सक्दैनौ । त्यसैले हामीले केन्द्र सरकारसंग नेपालसंग कुरा गरिदिन अनुरोध गरेका हौं ।’
तारबारका कारण नेपाल पस्न नपाएपछि पश्चिम बंगालको सीमा क्षेत्रमा हात्तीले अत्यधिक दुःख दिन थालेको उत्तर बंगाल क्षेत्रमा हात्तीको संरक्षणमा काम गर्ने राज बासु बताए । उनले भने– ‘नेपालपट्टी तारबार लगाएपछि हात्ती त्यता जान पाएनन् । भारतपट्टि हात्तीले धेरै नोक्सान पुर्याइरहेको छ ।’
नेपालले सीमावर्ती आफ्नो क्षेत्रमा विद्युतीय तारबार लगाएपछि नेपालतर्फ केही महिनायता जंगली हात्तीको आतंक रोकिएको छ ।
बीबीसी नेपालीबाट ।
काठमाडौं, ४ साउन । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलवमान सुविधा मंगलबार सार्वजनिक गरेको छ । नयाँ तलब सुविधा साउन एक गतेबाट लागू भएको छ ।
गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलवमान तथा सुविधालाई स्वीकृत गरेपछि अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो ।
सरकारले बजेटमार्फत सबै राष्ट्रसेवक कर्मचारीहरुको तलवमान औसत २५ प्रतिशतले बढाएको छ । तलबका अतिरिक्त ग्रेड र पेन्सन पनि बढेको छ ।
नयाँ तलवमान अनुसार राष्ट्रपतिको सबैभन्दा धेरै तलब १ लाख ५० हजार ४५० रुपैयाँ पुगेको छ । यसैगरी उपराष्ट्रपतिको १ लाख ८ हजार ३० र प्रधानमन्त्रीको ७७ हजार २८० रुपैयाँ तलब कायम भएको छ ।
उपप्रधानमन्त्रीको ६५ हजार २००, मन्त्रीको ६० हजार ९७०, राज्यमन्त्रीको ५७ हजार ७८० र सहायक मन्त्रीको ५६ हजार ४९० रुपैयाँ पुगेको छ ।
यस्तै सभामुखको ६७ हजार ३२०, उपसभामुखको ६० हजार ९७०, सांसदको ५५ हजार २३०, राष्ट्रिय योजना आयोगको उपाध्यक्षको ६० हजार ९७० र सदस्यको ५६ हजार ४९० रुपैयाँ पुगेको छ ।
यस्तै सर्वोच्च अदालतको प्रधानन्यायधिशको ७३ हजार ६८०, न्यायधिशको ६० हजार ९७० छ ।
यस्तै निजामति सेवा अन्तर्गत ग्रेड सुविधा समेत गरी मुख्यसचिवको ५८ हजार ८८०, सचिवको ५४ हजार ८४८, सहसचिवको ४९ हजार ५१६, उपसचिवको ४३ हजार ३४८, शाखा अधिकृतको ३८ हजार ६३६ रुपैयाँ पुगेको छ ।
प्रधानसेनापतिको ५८ हजार ८८०, नेपाल प्रहरी र शसस्त्र पहरी महानिरीक्षकको ५४ हजार ८४८ रुपैयाँ पुगेको छ ।
हेर्नुहोस् बढेको तलबको सूची

काठमाडौं, ४ साउन । कहिले साइकल त कहिले सार्वजनिक सवारी चढ्ने पूर्वमन्त्री लालबाबु पण्डित मंगलबार टेम्पोमा यात्रा गरिरहेका देखिए । उनलाई देख्नेवित्तिकै धेरै मानिसहरुले अचम्म माने । केही पत्रकारले आफ्नो क्यामेरामा पनि कैद गर्न भ्याए ।
कांग्रेस र एमालेको तत्कालिन सरकारमा सामान्य प्रशासनमन्त्री लोकप्रिय काम गरी चर्चामा आएका पण्डित अहिले पनि सार्वजनिक यातायात चढ्छन् । उनको अहिले पनि निजी सवारी छैन् ।
सादा जीवन उच्च विचारलाई प्राथमिकता दिने नेता पण्डित डिभी, पिआर र ग्रिनकार्ड लिने कर्मचारी, नेताहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढाएर चर्चामा आएका थिए ।
कैयौ नेता तथा उच्च पदाधिकारीहरुले राज्यबाट चाहिनेभन्दा बढी सेवा सुविधा लिइरहेका बेला लालबाबु भने आफ्नै पैसाले सार्वजनिक यातायात चढेर जनताका लागि नमुना बनेका छन् ।