अमेरिकी राष्ट्रपति बाराक ओबामा जुन गाडीमा सफर गर्छन् त्यसलाई संसारको सबैभन्दा सुरक्षित कार भन्दा फरक नपर्ला । अमेरिकी सिक्रेट स्टाफ यसलाई ‘द बीस्ट’ को नामले चिन्दछन् । यो बुलेटप्रुफ कार टायर फुट्दा पनि निकै सजिलोसँग चल्न सक्छ ।
राष्ट्रपति ओबामाको विदेशी यात्राको क्रममा सुरक्षाका लागि यो कार सधैं उनको साथमा हुने गर्दछ । तीन टन तौल भएको कालो रङको क्याडिलेक मोडलको कार मात्र ६० किलोमिटर प्रति घण्टाको स्पिडमा चल्न सक्छ । यद्यपी, यो सुरक्षाको दुष्टिले निकै सशक्त छ ।
यो कारलाई अमेरिकी गुप्तचर एजेन्सी सिआइएका एक विशेष व्यक्तिले चलाउने गर्दछन् । यो निकै विशेष किसिमको छ । कुनै आतंकवादी हमला अथवा दुर्घटनामा यसको टायर फुटेपनि चिन्ता मान्नु पर्दैन किनभने यस्तो हालतमा पनि नरिककनै यो आफ्नो गन्तव्यमा पुग्न सक्छ ।
यो कारको बाहिरी शतहमा स्टिल लगाइएको छ । यसमा बुलेटप्रुफ सिसा हुुनुका साथै आवश्यक पर्दा उपयोगमा ल्याउनका लागि पम्प एक्सन शट गन लगाउन सकिन्छ ।
यसको मूल्य तीन लाख अमेरिकी डलर हो र यसमा रकेट ग्रेनेडको हमला सहने पनि क्षमता रहेको छ ।
यदि कुनै आतंकवादी हमला हुँदा ओबामालाई यदि गोली लाग्छ भने यही कार भित्र नै उनलाई रगत चढाउने व्यवस्था छ । ओबामाको ब्लड ग्रुपसँग मेल खाने रगत यो कारमा सधैं राखिएको हुन्छ ।
यसमा बसेर ओबामा आफ्ना मन्त्री र रक्षा सल्लाहकारका साथ सम्पर्कमा रहिरहन सक्छन् । यसमा वायरलेस इन्टरनेट, ल्यापटप, सेटलाइट फोन र उपराष्ट्रपति जो बिडेन र पेन्टागन अधिकारीहरुसँग कुराकानीका लागि सिधै टेलिफोन लाइनको व्यवस्था गरिएको छ ।
यात्राको क्रममा ओबामा संगीत सुन्दै आराम गरुन् भन्ने उद्देश्यले यहाँ सयौं सिडीहरुको पनि व्यवस्था मिलाइएको छ । यसका लागि यो कारमा एक आइपड डक राखिएको छ ।

एजेन्सीः बंगलादेशमा इद मनाइरहेका मुस्सिलम धर्माबलम्बीमाथि अन्धाधुन्द गोली प्रहार भएको छ ।
बंगलादेशको राजधानी ढाकादेखि एक सय किलोमिटरको दूरीमा रहेको किशोरगञ्ज जिल्लामा भएको गोली प्रहारबाट एक प्रहरीको मृत्यु भएको तथा चार जना मानिस घाइते भएको बीबीसीले जनाएको छ ।
एक विद्यालयको प्राङ्गढमा आयोजित कार्यक्रममा इदको नमाज पढ्ने क्रममा अन्धाधुल्द गोली प्रहार भएको हो ।
ढाकामा अघिल्लो हप्तामात्र भएको हमलामा २८ जनाले ज्यान गुमाएका थिए ।

कोरियामा ५ रेक्टर स्केलको भूकम्पको झड्का महसुस भएको छ lमंगलबार साझ ८ बजेर ३३ मिनेटमा कोरियाको दक्षिणी सहर उल्सानलाइ केन्द्र बिन्दु बनाइ गएको उक्त भूकम्पको झड्का बुसान र देगुमा समेत महसुस भएको कोरियाली समाचार एजेन्सीहरुले जनाएका छन् l
भूकम्प भवनहरुलाई समेत हल्लाउन सक्ने खालको भएकोले क्षति भएको हुन सक्ने अनुमान गरिए पनि यो समाचार अपडेट हुदा सम्म कुनै पनि क्षतिको विवरण नआइसकेको बताइएको छ l भूकम्पको क्रममा फूलदानी तथा भित्तामा झुण्ड्याइएका फोटोहरु निकै जोडले हल्लिएको स्थानीयहरुले समाचार एजेन्सी हरुलाई बताएका थिए l बुसान क्षेत्रमा इमर्जेन्सी हटलाइनमा फोन गर्नेको संख्या बढिरहेको सुरक्षा मन्त्रालयले जनाएको छ l
भूकम्पीय हिसाबले दक्षिण कोरियालाई सुरक्षित रुपामा लिइन्छ l समय समयमा स- साना कम्पनका झड्काहरु महसुस गरिएपनि ५ वा त्यो भन्दा ठुलो भूकम्प भने कमै मात्रामा जाने गरेको छ l
इराकको राजधानी बगदादमा आतंकवादी हमला हुँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । आक्रमणमा परि १३० भन्दा बढी घाइते भएका छन् ।
आइतबार बिहान बग्दादमा भएको आक्रमणमा मारिनेमा अधिकांश वालवालिका रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त विष्फोटको जिम्मा आइएसआइएस लडाकू समूहले लिएको विविसीले जनाएको छ । एक अनलाइन बक्तव्य जार गिर्दै इस्लामिक स्टेटले व्यस्त बजारको बीचमा गराइएको बिष्फोटको जिम्मा लिएको बताइएको छ ।
आइतवार विहान भएको आक्रमण यो बर्षको सबैभन्दा ठूलो आक्रमण भएको पनि बताइएको छ । अधिकारीहरुका अनुसार कर्रदा इलाकामा भएको बिष्फोटमा परेका धेरै मानिसहरु रमदान चाडका लागि किनमेल गर्न जम्मा भएकाहरु थिए ।

जहाजमा जन्मिएकी शिशुसँग तस्बिर खिच्दै विमानका कर्मचारी । तस्बिर: गल्फ न्यूज
काठमाडौं: जमीनबाट ३० हजार फिटको उचाई उडिरहेको जहाजमा एक महिला यात्रुको प्रसुति गराइएको छ।
यो घटना साउदी अरब एयरलाइन्सको जहाजभित्र भएको हो । यो जहाजभित्रै परिचारिकाहरुले ती महिलाको प्रसुती गराएका हुन् ।
प्रसुती गराएपछि विमान परिचारिकाहरुले नवजात शिशुसँगको तस्बिर पनि खिचेका छन् ।
साउदी अरेबियन एयरलाइन्सको जहाज जेद्दाहबाट न्यूयोर्कका लागि गइरहेको थियो । यात्राकै क्रममा जहाजमा सवार एक गर्भवती महिलालाई सुत्केरी ब्याथा लाग्यो ।
ब्यथा लागेकी ती महिलाको जहाजमै प्रसुति त गराइयो नै त्यसपछि बोइङ्ग ७७७ जहाजलाई उत्तरी आयरल्यान्ड नजिककैको विमानस्थलमा आपतकालिन अवतरण गराइयो । त्यसपछि जहाजलाई लण्डनस्थित हिथ्रो विमानस्थलमा लगिएको थियो ।
साउदी अरेबियन एयरलाइन्सका जनसम्पर्क अधिकृत अब्दुल रहमान अल फहादले नाम नखुलाइएकी ती महिला यात्रुले सात महिनामै शिशु जन्माएकी हुन् ।
'जहाजमै प्रसुतिपछि जन्मिएकी शिशु र आमा दुबैजना अहिले स्वास्थ छन्', उनले बिहीबार सञ्चारमाध्यमलाई भनेका छन् । उनले आफ्ना कर्मचारीहरुलाई आपतमा प्रसुति गराउन पनि तालिम दिइएकाले उनीहरुले सजिलै प्रसुति गराउन सकेको बताए ।
विमानका पाइलट र एयरहोस्टेसले नवजात शिशुसँग खिचेको तस्बिर फेसबुकमा पोस्ट गरेपछि भाइरल भइरहेको छ।

बेइजिङ – चीनको दक्षिण– पश्चिम भेगमा रहेको एक हिमाली गाउँका विद्यार्थीहरुले विद्यालय जानका लागि ठूलो जोमिख मोल्नु परेको छ । यस गाउँका विद्यार्थीहरु बाहिरी दुनियाँसँग बेखबर छन् । ६ वर्षका बालकसम्मले यसरी पहाड चढ्ने क्रममा दाउराको भ¥याङ प्रयोग गरेका तस्विरहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा अहिले प्रकाशित भएका छन् । २ हजार ६ सय २४ फुट अग्लो ठाउँमा स्कुल छ र विद्यार्थीहरु पहाड चढेर स्कुलमा पढ्न पुग्छन् । मेइ १४ मा खिचिएका यि तस्विरहरुलाई चीनको पिपुल्स डेली अनलाईनसँग आबद्ध हुवानक्विले सार्वजनिक गरेको हो ।
रिर्पोटमा जनाइएअनुसार १५ विद्यार्थीहरुले २ घण्टासम्म भ¥र्याङ चढ्नमै समय खर्चिन्छिन् । चीनको सिचुवान प्रान्तस्थित झाओजू काउन्टीका विद्यार्थीहरु यसरी नै भ¥याङ चढेर जोखिमपूर्ण यात्रा गर्छन् । ६ देखी १५ वर्षबीचका विद्यार्थीहरु ठूला ब्यागहरु बोकेर विद्यालयको पोशाक माथि चढ्दैछन् र उनीहरुलाई तीनजना अभिभावकले नियालिरहेका छन् । उनीहरुको घर अतुल इयर गाउँमा छ र यो ४ हजार ६ सय फिट उचाईमा पर्छ ।
यस दुगर्म गाउँमा केवल ७२ जना परिवार बस्छन् । अधिकांशको आयआर्जन भनेको खुर्सानी खेती हो । विद्यार्थीहरु भने यसबाट निकै टाढा रहेको लि इयर प्राथमिक विद्यालयमा पढ्छन् । उनीहरु एकपटक जोखिमपूर्ण यात्रा गरेर विद्यालय पुगेपछि दुई सातासम्म विद्यालयमै रहन्छन् र त्यसपछि मात्रै परिवारलाई भेट्न गाउँ आउँछन् । उनीहरुलाई यसरी पहाड चढाउने जिम्मा पालैपालो अभिभावकहरुले लिन्छन् ।
यसरी भ¥र्याङ चढ्ने क्रममा अभिभावकहरुलाई १ घण्टा ३० मिनेट समय लाग्छ । आरालो झर्ने क्रममा उनीहरु १ घण्टा समय खर्चन्छन् । तर बालबालिकाहरुलाई यही उकालो चढ्न २ घण्टा लाग्छ । ३० वर्षका चेन गुजी विद्यार्थीहरुलाई यसरी उकालो चढाउने एक अभिभावक हुन् । उनका अनुसार उनी बिहान ६ बजे उठ्छन् र आफ्ना चार छोरी तथा एक छोरासहित अन्य बालबालिकालाई लिएर यसरी उकालो उक्लन्छन् । उनका कान्छा छोरा चेन मुखी केवल ६ वर्षका भए । छोराको सुरक्षाका लागि उनले डोरी बाँधिदिएका छन् ।
यस क्षेत्रका सचिव जिटीका अनुसार गाउँबाट पहाड चढ्ने क्रममा अहिलेसम्म झन्डै ८ जनाको ज्यान गइसकेको छ । कहिलेकाँही पानी र हिउँका कारण यात्रा निकै जोमिखपूर्ण बन्छ । यस्तै जोखिमका कारण कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई स्कुल पठाउँदैनन् । जिटीका अनुसार अन्य क्षेत्रको तुलनामा यो गाउँ अझै २ सय वर्ष पछाडी छ । यति धेरै समस्या भएपनि खेतीयोग्य जमिन भएका कारण गाउँलेहरु धनी नै छन् । यस गाउँमा रोड बनाइदिनका लागि गाउँलेहरुले अनुरोध गरेका छन् । तर केवल ७२ घरधुरी मात्रै रहेका कारण सरकारले महगोँ रकम खर्चेर किन सडक बनाउने भन्ने प्रश्न पनि उब्जिएको छ ।
झाओजु काउन्टिका कार्यालय सचिव जीकी जिन सङ भन्छन्–‘मुख्य समस्या भनेको गाउँलेलाई यस गाउँबाट नजिकको शहरमा लैजादाँ उनीहरु बेरोजगार हुन्छन् भन्ने हो किनकी गाउँमा उनीहरुको जमिन छ । उनीहरुले खेतिपातीबाट राम्रो आयआर्जन गरेका छन् । तर यस ठाँउमा सडक बनाउन ६० मिलियन युआन खर्च हुन्छ । यो खर्च त्यति ठूलो त होइन तर जनसंख्याका आधारमा हेर्ने हो भने यो निकै ठूलो हुन आउँछ ।’ सरकारले गाउँलेहरुलाई भेडाका लागि १ मिलियन युआन खचिएको छ । भविष्यमा यो गाउँ पर्यटकीय क्षेत्र हुनसक्ने अनुमान लगाइएको छ ।

फोटो :एजेन्सीबेइजिङ: चीनले अकेरिकन एयरक्राफ्ट क्यारियर युएसएस स्टेनिसलाई हङकङ पोर्टमा आउने क्रममा रोकिदिएको छ ।
आफ्नो एयरक्राफ्ट क्यारियरलाई चीनले रोकेको घटनाको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छ।
चीनले अमेरिकन एयरक्राफ्ट क्यारियरलाई रोक्नुको कारणबारे केही खुलेको छैन । चीनको यो कदमले यी दुई देशबीच तनाव बढेको छ ।
अगस्त २०१४ पछि पहिलो पटक चीनले अमेरिकन युद्धक जहाजलाई हङकङ पोर्टमा जान पहिलो पटक रोकेको हो ।
पेन्टागनका प्रवक्ता कमाण्डर बिल अर्बनले भने, 'चीनले हाम्रो युद्धक जहाज बोक्ने क्यारियरलाई चीनले हङकङ पोर्टमा पस्ने अनुमति नदिएको खबर आएको छ ।चीनले रोकेका एयरक्राफ्ट क्यारियरमा अमेरिकन जोन सी स्टेनिस पनि सामेल थियो ।'
अर्कातिर चिनियाँ विदेश मन्त्रालयले साउथ चाइना मर्निङ्ग पोस्टलाई बताए अनुसार पोर्टमा प्रवेशको अनुमतिलाई तत्कालिक परिस्थिति र सार्वभौम सिद्धान्तका आधाररमा खारेज गरिएको हो ।'
समाचार अनुसार १५ अप्रिलमा अमेरिकन रक्षा सचिव एस्टन कार्टर यो क्यारियरलाई राखिएको साउथ चाइन सी मा पुगेका थिए । उनले त्यहाँ पुगेर आवश्यकता परेमा अमेरिकाले चीनविरुद्ध फिलिपन्सलाई सघाउने बताएका थिए ।
चीन र अमेरिका दुबै साउथ चाइना सीमा समु्द्री सैन्य गस्ती गरिरहेका छन् । अमेरिकाले साउथ चाइना सीमा २७४ सेना र पाँच ए-१० युद्धक जहाज पनि तैनाथ गरेको छ। यो टोली यस महिनाको अन्त्यसम्म त्यहाँ रहनेछ ।
उत्तर कोरियाका नेता किम जोङ उनले परमाणु हतियार प्रयोग गर्न तयार रहन आफ्नो देशका सैनिकलाई निर्देशन दिएका छन्।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले आफू विरुद्ध नयाँ प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले पारित गरेको प्रस्ताव लतत्तै छोटो दूरीमा काम हान्नसक्ने मिसाइल समुन्द्रमा परीक्षण गरेको समाचार सार्वजनिक हुनेवित्तिकै सेनालाई परमाणु हतियार प्रयोग गर्न तयार हुन निर्देशन दिएको समाचार सार्वजनिक भएको हो। उत्तर कोरियालो सो निर्णयसँग कोरियाली प्रायद्विपमा तनाव झन बढेको छ।
‘उत्तर कोरियाको परिमाणु शक्तिलाई हरेक प्रकारले बढाउनुपर्ने आवश्यकता छ,’ किमले भने,’ ताकि हामी कुनै पनि बेला देशको रक्षा गर्न सकौं। अब हामीले आफ्ना सेनालाई परमाणु हतियारको प्रयोग गर्न दिनुपर्छ किनभने हामी आफ्ना शत्रुको समना गर्न सक्षम हुन जरुरी छ।’ उनले आफ्ना शत्रुलाई जवाफ दिन सेना सक्षम हुनुपर्ने बताए।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उत्तर कोरियाले फेब्रुअरीमा मिसाइल परीक्षण गरेपछि दक्षिण कोरियाले आफ्नो सेनालाई सतर्क अवस्थामा राखेको छ। उत्तर कोरियाले छोटो दूरीसम्म मार हान्न सक्ने मिसाइल प्रयोग गरेपछि दुईदेशबीचको तनाव उत्कर्षमा पुगेको छ।

काठमाडौं, १९ फागुन । भारतीय राजदूतावास बाहिर गोली चल्दा ७ जनाको मृत्यु भएको छ ।
घटना अफगानिस्तानको जलालाबाद शहरको हो । जहाँ भारतीय दूतावासलाई लक्षित गरी आतंकवादी लडाकूले अन्धाधुन्द गोली चलाएका छन् । घटनामा दुई जना प्रहरी मारिएका छन् भने पाँच आतंकवादी लडाकू पनि मारिएका छन् ।
१९ जना सर्वसाधारण गम्भीर घाइते भएका छन् ।
भारतीय च्यानल आजतकका अनुसार भारतीय दूतावास बाहिर एक आत्मघाती हमलाकारीले आफैलाई बमले उडाएका थिए त्यसको लगत्तै बाहिर लुकेर बसेका अन्य आतंकवादी लडाकुले गोलाबारी सुरु गरेका थिए । आईटीबीपी र अफगान सुरक्षा बलले आतंकवादीबाट भारतीय दूतावासलाई बचाएर सुरक्षा दिइरहेको छ । दुबै पक्षबीच लामो समयसम्म दोहोरो भिडन्त समेत भएको छ ।
समाचार अनुसार घटना बाहिर हुँदा भारतीय दूतावासका कर्मचारी सुरक्षित छन् । आतंकवादीले भारतीय दूतावासलाई निशाना बनाएर आत्मघातीसहित गोलाबारी हमला पनि गरेका थिए । तर, भारतीय दूतावास उडाउने आतंकवादीको प्रयास सफल भएन् ।

लादेनकै पैसामा चुनाव लडेको खुलासा
आतंकवादी अलकायदाका चर्चित नेता ओसामा विन लादेन मारिएको केही वर्षपछि खतरनाक रहस्य बाहिर आएको छ ।
सोमबार सार्वजनिक भएको यो तथ्यअनुसार पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले लादेनसँग पैसा लिएर चुनाव लडेको खुलासा भएको भारतीय च्यानल आजतकले जनाएको छ ।
पाकिस्तानमा भर्खरै प्रकाशन भएको ‘खालिद ख्वाजाः शहीद–ए–अमनु’ नामक पुस्तकमा नवाज शरीफले १९९० मा पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोविरुद्ध चुनाव लडेको उल्लेख गरिएको अर्काे समाचारमा जनाइएको छ ।
चुनाव प्रचारका क्रममा पाकिस्तानमा भुट्टोको हत्या भएको थियो । भुट्टो लोकप्रिय प्रधानमन्त्री थिइन् ।
पाकिस्तानी इन्टेलिजेन्स एजेन्सी आईएसआईका पूर्व अफिसर खालिद ख्वाजाकी श्रीमती शमामा खालिदले लेखेको उक्त पुस्तकमा नवाफ शरीफले पाकिस्तान पीपुल्स पार्टीका विरुद्धमा चुनाव लड्नका लागि लादेनले पैसा दिएको उल्लेख छ ।
उक्त पुस्तकमा लादेन र नवाजबीच साँठगाँठ रहेको र नवाजले पाकिस्तानमा इस्लामी कानुन लागू गरी उनको सुरक्षा गर्ने बचन दिएका थिए ।
तर, अहिले सरकारमा आएपछि उनले आफ्नो प्रतिबद्धता कार्यान्वयन नगरेको पनि पुस्तकमा उल्लेख गरिएको थियो । अमेरिकी सैनिकको कारवाहीमा लादेनको मृत्यु भइसकेको छ ।
आतंकवादी अलकायदाका चर्चित नेता ओसामा विन लादेन मारिएको केही वर्षपछि खतरनाक रहस्य बाहिर आएको छ ।सोमबार सार्वजनिक भएको यो तथ्यअनुसार पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले लादेनसँग पैसा लिएर चुनाव लडेको खुलासा भएको भारतीय च्यानल आजतकले जनाएको छ ।
पाकिस्तानमा भर्खरै प्रकाशन भएको ‘खालिद ख्वाजाः शहीद–ए–अमनु’ नामक पुस्तकमा नवाज शरीफले १९९० मा पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोविरुद्ध चुनाव लडेको उल्लेख गरिएको अर्काे समाचारमा जनाइएको छ ।
चुनाव प्रचारका क्रममा पाकिस्तानमा भुट्टोको हत्या भएको थियो । भुट्टो लोकप्रिय प्रधानमन्त्री थिइन् ।
पाकिस्तानी इन्टेलिजेन्स एजेन्सी आईएसआईका पूर्व अफिसर खालिद ख्वाजाकी श्रीमती शमामा खालिदले लेखेको उक्त पुस्तकमा नवाफ शरीफले पाकिस्तान पीपुल्स पार्टीका विरुद्धमा चुनाव लड्नका लागि लादेनले पैसा दिएको उल्लेख छ ।
उक्त पुस्तकमा लादेन र नवाजबीच साँठगाँठ रहेको र नवाजले पाकिस्तानमा इस्लामी कानुन लागू गरी उनको सुरक्षा गर्ने बचन दिएका थिए ।
तर, अहिले सरकारमा आएपछि उनले आफ्नो प्रतिबद्धता कार्यान्वयन नगरेको पनि पुस्तकमा उल्लेख गरिएको थियो । अमेरिकी सैनिकको कारवाहीमा लादेनको मृत्यु भइसकेको छ ।
काठमाडौं, फागुन ८ । भारतको हरियाणामा आरक्षणको माग गर्दै भएको ‘जाट’ आन्दोलन हिंसात्मक बनेपछि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ ।
आन्दोलनमा तीनजना मारिनुका साथै ८० भन्दा बढी घाइते भएका छन् । प्रहरी र प्रदर्शनकारीबीचको भिडन्तमा २३ जनालाई गोली लागेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
हरियाणाको रोहतकमा राज्यका अर्थमन्त्रीको घरमै आगजनी गरिएको छ भने मारिने तीनजना पनि त्यहीँका छन् ।
परिस्थिति नियन्त्रण गर्न आठ जिल्लामा सेना तैनाथ गरिएको छ । भिवानी जिल्ला बढी प्रभावित भएको छ ।
हिंसा मच्चाउनेलाई देख्ने बित्तिकै गोली हान्ने आदेश सरकारले सुरक्षाकर्मीलाई दिएको छ । उग्र प्रदर्शनबाट सडक र रेल यातायातमा असर परेको छ ।
हरियाणको विभिन्न जिल्लामा एक सातादेखि जारी जाट आन्दोलनका कारण एक सयभन्दा बढी रेल–गाडीको सेवा बन्द गरिएको छ । प्रभावित क्षेत्रमा विद्यालय र कलेज बन्द गरिएका छन् ।
राज्यका मुख्यमन्त्री मनोहरलाल खट्टरले विधानसभाको आगामी संसदसत्रमा जाट आरक्षणका लागि ठोस कदम लिने आश्वासन दिएपनि आन्दोलनकारीले पत्याएका छैनन् । (एजेन्सी)

काठमाडौं, १ फागुन । पछिल्लो समय आतंकवादीको निशानामा परेको भारतमा शनिबार फेरि आतंकवादी हमला भएको छ ।
पञ्जाबको पठानकोटमा हमला भएको महिना दिन नबित्दै शनिबार उत्तरी कश्मीरको कुपवाड़ा जिल्लामा आतंकवादीको आक्रमणबाट दुई भारतीय सैनिक मारिएका छन् । चार घाइते छन् । एक वरिष्ठ पुलिस अधिकारीले भनेका छन्– ‘चौकीबल सीमावर्ती क्षेत्रको मरसारी गाउँमा आतंकवादीको मुठभेडमा दुई सैनिकको मृत्यु भएको छ । चार घाइते छन् ।
सुरक्षा अधिकारीका अनुसार मुठभेडमा पांच आतंकवादीको मृत्यु भएको भारतीय च्यानल आजतकले जनाएको छ ।

काठमाडौं । बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले गत साता विश्वकै सबैभन्दा महंगो कार खरिद गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार उनले लिलाम बढाबढमा आफ्ना प्रतिस्पर्धी फुटबलर क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।
मेस्सीले २ करोड ५० लाख पाउन्डमा फेरारी ३३५ एस स्पाइडर स्क्लाग्लेट्टी कार खरिद गरेको डेली मेलमा प्रकाशित समाचारमा जनाइएको छ । प|mान्सको पेरिसमा गत साता सो कारलाई लिलामीमा राखिएको थियो ।
उक्त लिलामीका विषयमा आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा एक २८ वर्षीय फुटबलरले सबैभन्दा ठूलो बोली लगाएर कार लगेको उल्लेख छ । ती फुटबलर को हुन् भन्ने विषयमा तीव्र कौतुहलता उत्पन्न भएको थियो ।
मेस्सीले बिहिबार बिहानै आफ्नो इन्टाग्राम पेजमा एउटा रातो खेलौना कार बोकेर खिचेको तस्वीर इन्टाग्राममा पोष्ट गरे, जसको क्याप्सन लेखेका थिए, मेरो नयाँ कार ।
त्यसैलाई आधार मानेर विश्वको सबैभन्दा महंगो कार खरिद गर्ने फुबटलर मेस्सी रहेको ठहर गरिएको छ । यस विषयमा उनले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

टोकियो: जापानमा मङ्गलबार अपराह्न ५.७ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । उक्त जानकारी जापानको मौसम विज्ञान निकाय (जेएमए) ले दिएको छ । यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिइएको सो निकायले जनाएको छ ।
(जेएमए) का अनुसार यस भूकम्पको केन्द्रविन्दु फुकुसिमा प्रान्तको हकाडोरी तटीय क्षेत्रको इवाकी सहरको प्रशान्त क्षेत्रीय समूद्रको २० किलोमिटर गहिराईमा रहेको छ । यस भूकम्पबाट हालसम्म मानवीय र भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।
जापानमा सन् २०११ मा आएको सुनामीमा परी कम्तीमा १९ हजार व्यक्तिको मृत्यु भएको थियो ।
![]() |
| फोटो फाइल |

एजेन्सी – पछिल्लो समय घातक बनेको जिका भाईरस करिब करिब सबै अमेरिकी नागरिकलाई सर्न सक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार चेतावनी दिएको छ । मध्यम ज्वरो, आँखा धमिलो हुनु, टाउको दुख्नु यस रोगका मुख्य लक्षण हुन । क्यारेबिन, उत्तर तथा दक्षिण अमेरिका लगायतका २१ ओटा देशहरुमा यो रोग फैलिइसकेको छ । यही रोगका कारण केही महिलाहरुले अविकसित दिमागसहित शिशुहरु जन्माउन थालेको बताइन्छ । रोगको महामारी भएका केही देशका महिलाहरुलाई त गर्भवती नबन्न समेत आग्रह गरिएको छ । अहिलेसम्म यसको कुनै उपचार वा खोप आविश्कार भएको छैन ।
पहिलो पटक सन् २०१५ को मे महिनामा ब्राजिलका अमेरिकी नागरिकहरुमा देखिएको थियो । अमेरिकीमा कुनै प्राकृतिक प्रतिरोधको अभावले यस रोगको संक्रमण फैलिएको विश्वास गरिएको छ ।
रोगको स्रोत लामुखट्टे
एइडेस लामुखट्टेको टोकाईबाट जिका नाम गरेको भाइरस सरेको बताइन्छ । क्यानडा र चिली बाहेकका अन्य अमेरिकी मुलुकहरुमा यो लामखुट्टे पाइन्छ । एक विज्ञप्तिमार्फत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को क्षेत्रीय कार्यलय पान अमेरिकन हेल्थ अर्गनाइजेसन (पीएएचओ) ले भनेको छ, ‘पीएचएचओ यो अनुमान गर्छ की जिका भाइरस अमेरिकी र एइडेस लामखुट्टे पाईने सम्पूर्ण क्षेत्रमा निरन्तर रुपमा फैलनेछ ।’
जिका भाइरसको संक्रमण संक्रमितको वीर्यमा समेत पाइएकाले यौन सम्पर्कबाट समेत यो रोग सर्न सक्ने सम्भावना भए पनि यस बारे पुष्टि हुन बाँकी नै रहेको बताइन्छ ।
विकान्सन्मुख मुलुका गर्भवती महिलाको कोखभित्रै शिशुमा यो रोगले आक्रमण गर्ने विज्ञहरुको चेतावनी अहिलेको मुख्य चासो बनेको छ । ब्राजिलमा गत अक्टोबरदेखि ४ हजार बढी शिशु निकै सानो दिमाग लिएर जन्मिने गरेको पाइएको छ । यसका पछाडि यही रोगलाई नै लिइएको छ ।
गर्भवती महिलामाथि विशेष सावधानी दर्शाउनुपर्ने र रोगको संक्रमण देखिनुपूर्व र देखिएपछि चिकित्सकको परामर्श लिनुपर्ने पीएएचओले जनाएको छ । यस भाइरसबारे थप जानाकारी नपाउन्जेल केही समय गर्भवती नहुन गत साता कोलम्बिया, इक्वेडर, एल साल्भाडोर र जमैकाका महिलालाई सुझाब दिएको थियो । तथापी गर्भवती बन्न ढिलाई हुने कार्य महिला, उनको पार्टनर र स्वास्थ्य सेवा प्रदायकको भएको पनि पीएएचओले जनाएको छ ।
मानिसहरुलाई लामखुट्टेबाट बच्न पनि यस संस्थाले सबैमा आग्रह गरेको छ । स्वास्थ्य खबरपत्रिका बाट

अमेरिकामा ठुलो आँधी हुरी पछि शक्तिशाली भुकम्प, नेपालीहरुको अवस्था अज्ञात
अमेरिकाको अलास्का राज्यमा आइतबार ७.१ म्याग्नीच्युडको भूकम्प गएको छ।
५० माइल गहिराइ गएको उक्त भूकम्पको केन्द्र कुक इन्लेट नजिकै रहेको अमेरिकी भूगर्व विभागले जनाएको छ।
भूकम्पले आधा मिनेट जमिन हल्लिएको स्थानीयले बताएका छन्। अमेरिकाको मौसम विभागले सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ।
भूकम्पबाट भएको कुनै क्षतिको विवरण प्राप्त भएको छैन।

काठमाडौं, १० माघ । संयुक्त राज्य अमेरिकामा आइतबार शक्तिशाली भूकम्प गएको छ ।
नेपाली समयअनुसार अपराह्न ४ बजेर ४४ मिनेट (अमेरिकी समय: विहान ६बजे)मा अमेरिकाको दक्षिणी अलस्कालाई केन्द्रविन्दु बनाएर ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।
उक्त भूकम्पको आधा घण्टापछि ६.८ म्याग्नेच्युडको अर्काे धक्का पनि महसुस गरिएको छ । भूकम्पले करिब ४५ सेकेन्ड सम्म हल्लिएको अलस्का टापु रसियासँग सीमा जोडिएको राज्य हो । उक्त क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ ।
भूकम्पको क्षतिको विवरण आउन बाँकी छ । नेपालीको अवस्थाबारे कुनै जानकारी प्राप्त भइसकेको छैन् ।
नेपाली समयअनुसार अपराह्न ४ बजेर ४४ मिनेट (अमेरिकी समय: विहान ६बजे)मा अमेरिकाको दक्षिणी अलस्कालाई केन्द्रविन्दु बनाएर ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।उक्त भूकम्पको आधा घण्टापछि ६.८ म्याग्नेच्युडको अर्काे धक्का पनि महसुस गरिएको छ । भूकम्पले करिब ४५ सेकेन्ड सम्म हल्लिएको अलस्का टापु रसियासँग सीमा जोडिएको राज्य हो । उक्त क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ ।
भूकम्पको क्षतिको विवरण आउन बाँकी छ । नेपालीको अवस्थाबारे कुनै जानकारी प्राप्त भइसकेको छैन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की दिएको चरमपन्थी समुह इस्लामिक स्टेट आइएसले भारतमा नै आक्रमण गर्ने चेतावनी दिएको छ । आईएसले आफ्नो म्यागजिन दाबिकमा अन्तवार्ता दिँदै अफ्गानिस्तान–पाकिस्तानका कमाण्डर हाफिज सईद खानले भारतमा आक्रमण गर्ने चेतावनी दिएका हुन् ।
म्यागजिनमा प्रकाशित गरिएको अन्तरवार्तामा कमाण्डर हाफिजले कश्मिरमा आक्रमण गरी हिन्दुहरुको हत्या गरी कश्मीरमा कब्जा जमाउने बताएका छन् । उनले गाई पुजा गर्ने सबै हिन्दुहरुलाई ज्यान मार्ने धम्की दिएका हुन् । दाबीकको १३ औँ संस्करणमा हाफिजले हिन्दुहरुले सदैब मुसलमानहरुमाथि अत्याचार गरेको भन्दै हिन्दुहरुको शासनलाई अन्त्य गर्नको लागि आइएसले विशेष तयारी गरिरहेको समेत खुलासा गरेका छन् । आफ्गानिस्तान र पाकिस्तानमा आइएसको नियन्त्रण हुनुपर्ने आवश्यकता औल्याउँदै मुसलमानको शासनलाई बढावा दिनुपर्नेमा जोड दिएका छन् । हाफिजले आफ्गानिस्तान र पाकिस्तानको पाँच प्रशासनीक क्षेत्र आइएसको नियन्त्रणमा रहेको दाबी गरेका छन् । अन्तरवार्तामा उनले पाकिस्तान र अफ्गानिस्तान सरकार, चरमपन्थी संगठन तालिवान र लश्कर ए तोयबालाई आइएसको विरुद्ध कुनै गतिविधि नगर्न समेत चेतावनी दिएका छन् । आइएसले अफगानिस्तान, पाकिस्तान, तुर्कमेनिस्तान, भारत र चीनसम्म आफ्नो शासनलाई विस्तार गर्ने योजनामा रहेको छ । आइएसले भारतलाई यसअघिपनि युद्ध गर्ने धम्की दिएको थियो । आइएसले भारतीय प्रधानमन्त्री मोदीले मुसलमानविरोधि गतिविधि गरिरहेको आरोप लगाएको छ ।

विश्वविद्यालय आक्रमणमा २५ जना मारिए
एजेन्सी : पाकिस्तानमा आतंकवादीले फेरि एक पटक आफ्नो घिन लाग्दो चरित्र देखाउँदै विश्वविद्यालयमा आक्रमण गरेका छन् ।
आतंकवादीले पेशावरमा रहेको बाचा खान विश्वविद्यालयमा बुधबार बिहानत निशाना बनाएका हुन् । विश्वविद्यालयमा रहेका करिब ३ हजार ६ सय छात्रछात्रामाथि आतंकवादीले धावा बोलेका हुन् ।
हमलाका क्रममा ज्यान बचाएका छात्रहरुले बताए अनुसार आतंकवादीहरुले ६० देखि ७० विद्यार्थीहरुको टाउकोमा ताकीताकी गोली हानेका छन् ।
विश्वविद्यालयमा रहेका छात्र, शिक्षक र अन्य मानिसलाई बचाउनका लागि सयौं सुरक्षाबलले अपरेशन चलाएका थिए ।
त्यसक्रममा आतंकवादी र विद्यार्थीहरु गरी कम्तिमा २५ जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
करिब १० जनाको संख्यामा पसेका आतंकवादीले अत्याधुनिक हतियारबाट विद्यार्थीमाथि गोली हानेका थिए । आतंकवादीहरुले विश्वविद्यालयमा पसेर बम पनि पड्काएका समाचारमा जनाइएको छ।
विश्वविद्याल आक्रमणमा संलग्न कम्तिमा छ जना आतंकवादीहरु पाकिस्तानी सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार आतंकवादीले कम्तिमा ६० देखि ७० विद्यार्थीको टाउकोमै गोली हानेका हुन् । आतंकवादीले बिहान साढे ९ बजे विश्वविद्यालमा धावा बोलेका थिए ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कक्षामै पसेर आतंकवादीले विद्यार्थीमाथि गोली बर्साएका थिए । विश्वविद्यालयमा पसेर गोली बर्साउँदा शुरुमै एक प्राध्यापक मारिएका थिए ।
त्यसपछि विश्वविद्यालयमा पुगेका सुरक्षाकर्मीसँगो भिडन्तका क्रममा मारिनेको संख्या २५ पुगेको हो । विश्वविद्यालमा चलेको गोलाबारी करिब ३ घन्टापछि रोकिएको छ ।
यसैबीच स्थानीय सञ्चारमाध्यमका अनुसार यो हमलाको जिम्मेवारी तहरिक ए तालिबान समूहले जिम्मेवारी लिएको छ ।
धार्मिक शिक्षा मागिरहेको यही संगठनले सन् २०१४ मा पेशावरकै आर्मी स्कुलमा आक्रमण गरेर १३० बालबालिकासहित १४० जनाको ज्यान लिएको थियो ।