टर्किस जहाजका पाइलटले यसरी बचाए २४८ यात्रुलाई (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दुईपटक प्रयास गर्दा पनि टायर ननिस्केपछि तेस्रोपटक आपतकालीन अवतरण
काठमाडौं : टर्किस एयरको जहाजका पाइलटको महानताका कारण कहालीलाग्दो दुर्घटनाबाट आफूहरु बचेको प्रतिक्रिया यात्रुहरुले दिएका छन्।
इस्तानबुलबाट काठमाडौंतर्फ आइरहेको जहाज पानै सात बजे नै अवतरण गर्नुपर्ने तालिका थियो। पाइलटले दुईपटकसम्म अवतरण गराउने प्रयास गरे तर टायर निस्केन। यात्रुले दिएको जानकारीअनुसार जहाजलाई दुईपटकसम्म अवतरण गराउँदा पनि टायर ननिस्केपछि उनले पानै आठ बजे तेस्रोपटक जबरजस्ती आपतकालीन अवतरण गराएका थिए।
तीनपटकसम्म टायर ननिस्केपछि पाइलटले आपतकालीन अवतरण गराएका थिए। आपतकालीन अवतरणको क्रममा पछाडिको मात्र दायर निस्केपछि आगाडी भाग रन वे बाहिर मोडिएको थियो। त्यसक्रममा निकै ठूलो आवाज आएको थियो। यात्रुहरुबीच कोलाहाल मच्चिएको थियो।
जहाज रन वेमा थचारिएर घाँसे मैदानतिर मोडिएपछि पछाडिपट्टीको भागमा आगलागी भएको थियो। तत्कालै इमरजेन्सी ढोका फोडेर यात्रुहरुलाई बाहिर निकालिएको थियो र आगो नियन्त्रण गरिएको थियो दुईपटकको अवतरण प्रयास असफल भएपछि आकास जहाज घुमाएका पाइलटले जहाजमा तेल पनि सकिएकोले उच्च जोखिम मोलेर आपतकालीन अवतरण गराएको आशंका गरिएको छ।
टर्कीको इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा बुधबार बिहान आपतकालिन अवतरण गराउने क्रममा दुर्घटना भएको हो। मानवीय क्षति भएको छैन।जहाज चिप्लिएर घाँसे मैदानमा पुगे पनि एउटा भयानक दुर्घटना टरेको छ। सबै यात्रुहरुलाई सकुशल उद्धार गरिएको छ। जिरो भिजिबिलिटीमा बिहान आठ बजेतिर आपतकालीन अवतरण गरिएको जहाज हुस्सुका कारण चिप्लिएर २० मिटर जति घाँसे मैदानमा पुगेको छ।
अहिलेसम्म जहाजलाई रन वेमा ल्याउन सकिएको छैन। नेपाली सेना र प्रहरीसहितको विशेष टोली एम्बुलेन्सहित विमानस्थलमा खटिएको छ।तीनघन्टा विमानस्थल बन्द गरिएको छ। आपतकालीन ढोका खोलेर यात्रुहरुको आपतकालीन उद्धार गरिएको थियो।
जहाजमा रहेका २ सय ४८ जना यात्रुहरु सकुशल उद्धार गरिएको छ। चारजना घाइते भएका छन्। घाँसे मैदानमा मोडिएको टायर पड्किएर ठूलो आवाज आएको थियो। विमानको टायर क्षतिग्रस्त भएको छ भने इन्जिनमा पनि सामान्य क्षति पुगेको छ । हुस्सुका कारण नियन्त्रणका गुमाउँदा जहाज घाँसै मैदानमा पुगेको छ।
विमान घाँसे मैदानमा पुगेपछि यात्रुहरुमा रुवाबासीसँगै चौरमा भागदौड मच्चिएको थियो। विमानको टायर क्षतिग्रस्त भएको छ।आयल निगमको ट्यांक अगाडि अडिएको जहाज थोरै मात्र अगाडि बढेको भए भयानक दुर्घटनाको खतरा थियो।
विमान घाँसे मैदानमा आपतकालिन अवतरण गराइएपनि चालक दलका सदस्य र यात्रु सबै सुरक्षित छन्। अहिले विमानस्थलमा आउने जाने सबै उडान बन्द गरिएको छ। तनावपूर्ण अवस्था छ।

###

0 comments
Write Down Your Responses