कोलेस्टेरोल नियन्त्रण गर्ने ६ उपाय
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सर्वप्रथम कोलेस्टेरोल बढ्ने कारण खोज्नुपर्छ । कोलेस्टेरोल बढ्ने पहिलो कारण चिल्लो खाना हो । त्यसैले पहिला खानामा सुधार गर्नुपर्छ । शाकाहारी खानामा कोलेस्टेरोल कम हुन्छ । तर फलफुल र सागसब्जिमा कोलेस्टेरोल नै हुदैन । दुध र दुधबाट बनेका पदार्थमा पनि कोलेस्टेरोल बढि हुने भएकाले यस्ता खाना पनि नियन्त्रण गर्नुपर्छ । कोलेस्टेरोल घटाउन मासु र अण्डाको प्रयोग पनि कम गर्नुपर्छ । कोलेस्टेरोलको मात्रा अत्याधिक बढी छ भने औषधि सेवन गर्नुपर्छ । कोलेस्टेरोलको मात्रा नियन्त्रणमा आएपछि औषधिको मात्रा घटाउदै गएर बन्द पनि गर्न सकिन्छ । हाइ कोलेस्टेरोल नियन्त्रण गर्ने ६ उपायहरु ः
१) चिल्लो खाना कम खाने
२) फलफुल र सागसब्जि बढी खाने
३) नियमित शारीरिक व्यायाम गर्ने
४) तौल घटाउने
५) चुरोट र मदिरा छाड्ने
६) डाक्टरको सल्लाहअनुसार औषधि सेवन गर्ने
- डा. ओम मूर्ति अनिल
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z