सर्प मरेपछि बुधनगर गाउँ नै शोकमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विराटनगर, फागुन २६ – मोरङको बुधनगर–२ मा केही महिना अगाडी देखि देखिँदै आएको र गाउँलेले नाग देवताका रुपमा पूजा गर्ने गरेको सर्पको मरेको छ । सर्प मरेपछि गाउँलेले शोक मनाएका छन् ।
गाउँका सबै मिलेर विधिवत रुपमा पूजापाठ गरेर सर्पको अन्त्यष्टी पनि गरेका छन् । प्वालबाट बाहिर आएको करिब दुई घण्टा पछि सर्प हेर्न आएका मानिसकै सामुन्ने सर्प मरेको गाउँलेले बताएका छन् ।
सर्प मरेपछि स्थानीयबासिन्दाले प्वाल भएकै ठाउँमा सर्पको विधिवत रुपमा पूजापाठ गरी खाल्डो खनेर पुरेका हुन् । उनीहरुले त्यो ठाउँलाई पूजा गर्ने ठाउँ बनाएका छन् । गएको मंसिर १२ गतेदेखि दैनिक दिउँसो १२ बजे देखि ३ बजे सम्म एउटै प्वालबाट सर्प निस्कने र त्यही प्रबेश गर्ने गर्दथ्यो ।
हरेक दिन एउटै समयमा सर्प निस्कने अनी प्वाल भित्र प्रबेश गर्ने क्रम लामो समय सम्म चलेपछि गाउँलेले नागदेवताको रुपमा पूजा गर्दै आएका थिए । देख्दा अजङगको दरलाग्दो सर्पले हानी नोक्सानी नपु¥याएपछि गाउँलेले सर्पको पूजा गर्न थालेका थिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z