नेपाली नेताहरु ‘दिल्ली गएर सिल्ली’ कुरा गर्छनः अध्यक्ष थापा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, फाल्गुन १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकार गिराउने र बनाउने खेलमा आफ्नो पार्टी नरहेको बताएका छन् ।
रिपोर्टर्स क्लबले आज राजधानीमा गरेको साक्षात्कारमा उनले सरकार परिवर्तनको एजेण्डा आफ्नो पार्टीको नभएको भन्दै अहिलेसम्म आफूहरुलाई कसैले सरकार ढाल्न र बनाउने विषयमा प्रस्ताव समेत नगरेको बताए ।
गत पुसमै आह्वान हुनुपर्ने संसदको हिउँदे अधिवेशन अहिलेसम्म बोलाउने सुरसार नदेखिएको भन्दै उनले तत्काल अधिवेशन बोलाउन माग गरे ।
तीन दलको गलत नीति, सत्तालिप्सा र अकर्मन्यताका कारण देश संकटको चक्रब्यूहमा फसेको दावी गर्दै उनले अहिलेको विवाद सैद्धान्तिक र बैचारिक नभई कृत्रिम हो भने ।
एमाओवादी नेता बाबुराम भट्टराईले नयाँ दिल्ली गएर भारतलाई सकारात्मक हस्तक्षेपका लागि आग्रह गरेकोप्रति आपत्ति जनाउँदै थापाले नेपाली नेताहरु दिल्ली गएर सिल्ली कुरा गर्ने गरेको टिप्पणी गरे ।
पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते निकालेको विज्ञप्ति स्वाभाविक भएको भन्दै उनले त्यो बेला दरवार र दलहरुवीच भएको सहमति ईमान्दारितापूर्वक पालना गरिए मुलुकले निकास पाउने दाबी गरे ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z