हड्डी कमजोर हुँदा के गर्ने ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
ओस्टियोपोरोसिस भनेको हड्डीको घनत्व कमजोर हुने मानव अस्थिपञ्जरको निक्कै प्रचलित रोग हो। अस्थिपञ्जर प्रणालीअन्तर्गत हाडजोर्नी वा हड्डीहरूको घनत्व घटेर हड्डी वा अस्थिपञ्जर प्रणाली कमजोर हुने वा मक्किने अवस्था नै ओस्टियोपोरोसिसको अवस्था हो।
यो रोगका जटिल अवस्थामा हाम्रा हड्डी, मेरुदण्ड वा अस्थिपञ्जर प्रणाली नै यति कमजोर हुन्छन् कि बिरामी बिना ठूलो दुर्घटना वा सानोतिनो दुर्घटनामै आफ्नो मेरुदण्डजस्तो अति महत्त्वपूर्ण अंग भाँच्न पुग्छन्।
एउटा सामान्य झोला उचाल्दा, बसिरहेको अवस्थाबाट एक्कासि उठ्दा, कुनै राम्रै जमिनको सतहमा चिप्लँदा वा लड्दा हुने सानातिना घाउचोटबाट समेत ओस्टियोपोरोसिस भएको बिरामीको मेरुदण्ड चोइटिने वा भाँचिने सम्भावना अत्यधिक रहन्छ।
यसो भयो भने मानव मेरुदण्ड, गर्धन, जाँघ (नितम्ब), नाडी, कुम आदिका हड्डीहरू नै ज्यादातर रूपमा फुट्ने वा टुक्रिने गर्छन्। धेरैजसो अवस्थामा मेरुदण्डमा हुने जुनसुकै खालका फुट्ने वा टुक्रिने प्रक्रिया नै बिरामी ओस्टियोपोरोसिस रोगबाट पीडित भएको पहिलो लक्षण हुन सक्छ।
मुख्य समस्या चाहिँ के हो भने जब उमेर पुगिसकेको कुनै बिरामीको कुनै हड्डी भाँचिन्छ, त्यसबेलासम्म बिरामीले आफ्नो अस्थिपञ्जर प्रणालीबाट अत्यधिक हड्डीहरूको घनत्व गुमाइसकेको हुन्छ।
ओस्टियोपोरोसिस रोगबाट पीडित वृद्धवृद्धाहरूमध्ये २५ प्रतिशत बिरामी उनीहरूको मेरुदण्ड वा नितम्ब फुटेको/टुटेको /भाँचिएको ६ महिनाभित्र ज्यानै गुमाउने खतरा रहन्छन्।
जोखिमका कारकहरू
यो रोग लाग्ने विविध कारणहरू विद्यमान छन्। यद्यपि निम्न लिखित कारणहरूलाई मुख्य मान्न सकिन्छ:
उमेर तथा लिंग
रजस्वला बन्द भइसकेका महिलाहरू वा ४५ वर्षमाथिका महिलाहरू पुरुषको दाँजोमा अत्यधिक मात्रामा यो रोगको जोखिमबाट ग्रस्त हुने सम्भावना रहन्छ।
जब महिलामा रजस्वला अर्थात् मासिक धर्म बन्द हुन्छ, तब सात वर्षसम्म हरेक वर्ष तीन प्रतिशतका दरले तिनले आफ्नो हड्डीहरूको घनत्व गुमाउने गर्छन्।
तसर्थ तथ्यांकले के देखाउँछ भने हरेक दुई महिलामध्ये एकमा र हरेक आठ वयस्क पुरुषमध्ये एकमा तिनको जीवनकालमा ओस्टियोपोरोसिससँग सम्बन्धित रही हड्डी टुटफुट हुने वा मक्किने गरेको पाइन्छ।
वंशानुगत
यदि बिरामीको परिवारमा कसैलाई ओस्टियोपोरोसिस भएको इतिहास छ भने निजको जीवनमा पनि ओस्टियोपोरोसिस हुने जोखिम ५० प्रतिशतदेखि लिएर ८५ प्रतिशतसम्म बढ्न जान्छ। तसर्थ पारिवारिक इतिहास भएका बिरामीले विशेष सतर्क रहनु वाञ्छनीय हुन आउँछ।
अन्य जोखिम
माथि उल्लेख गरिएअनुसार ओस्टियोपोरोसिसका जोखिमका कारणहरू अनेकौं हुन सक्छन्।
तथापि खानामा अपर्याप्त क्याल्सियम र भिटामिन 'डी' को मात्रा हुनु वा क्याल्सियम र भिटामिनयुक्त पोषक तत्त्वहरूको कम सेवन गर्नु, अनुपयुक्त पोषण तत्त्व लिनु वा लिँदै नलिनु, धूमपान, मद्यपान गर्नु स्टेरोइडको अत्यधिक प्रयोग गर्नु, छारेरोग नियन्त्रण गर्ने औषधिहरू अत्यधिक प्रयोग गर्नु, बाथरोग हुनु, स्पन्डीलाइटिस हुनु, हाइपर थाइराडिजम्जस्ता थाइराइड ग्रन्थीको रोग हुनु र बिरामीमा प्यारालाइसिस हुनु आदि अन्य प्रमुख जोखिमका कारकहरूमा पर्ने गर्छन्।
कुनै बिरामीलाई ओस्टियोपोरोसिस हुने जोखिम सामान्यतया निजले उसको ३० वर्षको उमेरसम्ममा प्राप्त गरेको वा विकसित गरेको हड्डीको घनत्व र त्यसलाई कति र कस्तो प्रकारले व्यवस्थित गरी राखिएको छ, जोगाई राखिएको छ, त्यसमा पनि भर पर्ने गर्छ।
रोग निदान
यो रोगको सिकार भइसकेका बिरामीमध्ये सामान्यतया बिरामी ४५ वर्षमाथिको वा रजस्वला बन्द भइसकेकी महिला, जसको कम्मर दुख्ने समस्याले विकराल रूप लिइसकेको हुन्छ, केही कुप्रो देखिने, शारीरिक उचाइ घटेको महसुस हुने वा देखिने र सानातिना घटना/दुर्घटनाबाट पनि हड्डी टुक्रिने आदि हुँदा बिरामीमा ओस्टियोपोरोसिस भएको शंका गर्न सकिन्छ।
तर रोगको यकिन निदान भने सामान्य एक्स-रेबाट पनि गर्न सकिन्छ। त्यसरी नै शरीरको अस्थिपञ्जर प्रणालीमा हड्डीको घनत्व कति घट्यो भनी हेर्न डेक्सास्क्यान गर्नुपर्ने हुन्छ।
त्यस्तै रगतमा क्याल्सियम, फोस्फोरस, भिटामिन 'डी' र सिरम क्रियटिनाइनको मात्रा कति छ भनी हेर्नु पनि ज्यादै महत्त्वपूर्ण हुन्छ। डेक्सास्क्यान प्रक्रिया अन्दाजी आधा घन्टाभित्रै गर्न सकिन्छ र यो एक पीडारहित एक सामान्य प्रक्रियामात्रै हो।
डेक्सास्क्यानको नतिजामा प्राप्तांक -१ देखि -२.५ सम्म देखिएमा त्यसलाई सामान्य रूपमा हड्डीको घनत्व घटेको अवस्थामात्रै मान्न सकिन्छ भने -२.५ भन्दा तलको मापन देखिएमा बिरामीलाई ओस्टियोपोरोसिस भइसकेको ठान्नुपर्ने हुन्छ।
उपचार सुरु गरिसकेपछि उक्त स्क्यान प्रत्येक वर्ष दोहोर्याएर गर्नुपर्ने सल्लाह दिइन्छ, ताकि दिइएको उपचारले काम गरे नगरेको मापन गर्न सकियोस्।
बिरामीमा मेरुदण्डको हड्डी मक्किएर वा मेरुदण्डको नसा च्यापिएर / थिचिएर कुनै जटिलता आइपरेको छ कि छैन भनी निक्र्योल गर्न एमआरआई र सीटीस्क्यान पनि गराउनुपर्ने हुन्छ।
ओस्टियोपोरोसिसको रोकथाम
बिरामीले आफूले खाने खाना आवश्यक पोषकतत्त्वयुक्त, सन्तुलित भई त्यसमा आवश्यक मात्रामा क्याल्सियम र भिटामिन 'डी' रहेको हुनुपर्छ।
चीज, नौनी, क्रिम, भिटामिन/खनिजतत्वले प्रवद्र्धित दूध, दहीजस्ता दुग्धजन्य पदार्थहरू र ब्रोकाउली, हरिया सागपात, गान्टेमूलाजस्ता तरकारीहरूको उपभोग आवश्यक मात्रामा गर्दै माछा, समुद्री सिपी र फोर्टिफाइड अन्य अनाजको उपभोगमा जोड दिनु त्यत्तिकै आवश्यक हुन्छ।
किनकि फोर्टिफाइड अन्न अनाज भिटामिन डी र क्याल्सियमका राम्रा स्रोत हुने गर्छन्। कुनै पनि हालतमा धूमपान, मद्यपान नगर्ने, क्याफिनयुक्त कुनै पनि पेय वा खाद्य पदार्थ नलिने, आदि गर्नु पनि श्रेयष्कर हुनेछ।
छिटोछिटो हिंड्ने र मांसपेशी र तथा अस्थिपञ्जर प्रणालीलाई मजबुतीकरण गर्ने जस्ता नियमित शारीरिक व्यायाम गरेर शरीरको अस्थिपञ्जर प्रणालीलाई बलियो पार्न अति नै आवश्यक पर्छन्।
औषधोपचार
यो रोगको उपचारका लागि क्याल्सियम र भिटामिन 'डी' युक्त खाना वा थप क्याल्सियम तथा भिटामिन 'डी' पूरक मात्रा खुवाउनु आवश्यक हुन्छ।
ओस्टियोपोरोसिसलाई थप जटिल हुन रोक्ने खालका औषधिहरू पनि स्पाइन सर्जन (गर्धन/मेरुदण्ड शल्यचिकित्सक) को सल्लाहमा लिनुपर्ने हुन्छ। तथापि शल्यचिकित्सकको सल्लाहबिना जथाभावी लिइने औषधिले भने प्रत्युत्पादन नतिजा दिन सक्छन्।
मेरुदण्ड टुक्रिनुका कारण असहाय पीडा खेपिरहेका बिरामी वा टुक्रिनुकै कारण मेरुदण्डको समस्या वा हड्डी टुक्रिएर / फुटेर वा नसा च्यापिएर प्यारालाइसिस हुने जस्ता जटिल समस्या भोगिरहेका बिरामीहरूको भने मेरुदण्ड शल्यक्रिया गर्नुभन्दा अर्को विकल्प रहँदैन।
ओस्टियोपोरोसिसको व्यवस्थापनमा मुख्य कुरा भनेकै रोगको रोकथाम गर्नु वा हड्डीको घनत्व घट्ने प्रक्रियालाई / गतिलाई कम गर्नु हो। तसर्थ ४५ वर्ष नाघेका वा रजस्वला बन्द भइसकेका महिलाले यथाशक्य चाँडो मेरुदण्ड शल्यचिकित्सकलाई जचाइँ समयमै रोकथामका बाटाहरू अवलम्बन गर्न जोडदार सुझाव दिइन्छ।
नर्भिकमा रहेको व्यवस्थित स्पाइन क्लिनिकमा ती सबैखाले निदानात्मक एवम् उपचारात्मक पद्धतिहरू उपलब्ध हुँदा बिरामीले ती सेवाहरूको लाभ लिन सक्छन्।
रोग रोकथाम र उपचारसम्बन्धी कुनै जिज्ञासा भएमा नर्भिकस्थित स्पाइन क्लिनिकमा सम्पर्क गर्न सकिनेछ।
लेखक नर्भिक इन्टरनेसनल हस्पिटल गर्धन तथा मेरुदण्ड (स्पाइन) शल्यचिकित्सक हुन्।

###
0 comments
Write Down Your Responses