सरिफा खानुस्, स्वस्थ रहनुहोस् (तरिका सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एनपी, काठमाडौं । सरिफा मिठो फल मात्रै होइन यो एक औषधि पनि हो । अल्सर अम्लपित्त रोगका लागि लाभदायक सरिफा आयरन, भिटामिन सीको श्रोत पनि हो । म्याग्नेसियम र पोटासियम पनि पाइने सरिफामा एन्टी–डायबिटिक गुण पनि हुन्छ । यसको अलवा सरिफामा के–के पाइन्छ र यसले के–कस्तो फाइदा दिन्छ, जानौं :सौन्दर्यका लागि
सरिफामा भिटामिन ए र सी हुन्छ, जसले त्वचालाई स्वस्थ राख्न मद्दत गर्छ । साथै सरिफा खानाले कपालका लागि पनि धेरै नै फाइदाजनक हुन्छ ।
डंडीफोर र गर्मीका लागि
यदी डंडीफोर आएर हैरान हुनु भएको छ भने सरिफालाई पिसेर डंडीफोर आएको स्थानमा लगाउनु भयो भने चाँडै नै निको हुन्छ । साथै सरिफा खाइरहनाले या यसको गुदीको सर्रवत नबनाएर पिउनाले शरीरको गर्मीपना हट्छ ।
मुटुको लागि पनि फाइदा
कपाल झर्नबाट बचाउँछ
सरिफाको दानालाई बाख्राको दूधमा पिँधेर कपालमा लगाउनाले कपाल झर्ने समस्यालाई हटाउँछ । साथै जुम्रा पनि मार्छ । तर, ध्यान रहोस्, ‘आँखामा परे पीडा हुन्छ ।’
पाचन शक्ति
सरिफामा फाइबर पनि हुन्छ । जसले पाचन शक्ति बढाउने र कब्जियतको समस्यालाई हटाउने काम गर्छ । साथै सुकाएको सरिफालाई पिसेर धुलो बनाएको पाउडर पानीमा घोलेर खाएमा डायरिया रोक्ने काम पनि गर्छ ।
मासु लाग्न सहयोग गर्छ
सरिफा खानाले शरीरमा मासु लाग्न मद्दत गर्छ । यसर्थ दुब्लोपनको समस्यालाई अन्त्य गर्छ । यसले पाचन प्रणालीमा सहयोग गर्ने भएकाले सरिफा जतिखेर खाएपनि हुन्छ ।
मधुमेहका लागि फाइदाजनक
सरिफामा हुने फाइबरले सुगर अवशोषणलाई कम गर्छ । जसले टाइप–२ मधुमेहको जोखिम कम हुन्छ । जो व्यक्ति मधुमेह रोगलाई नियन्त्रण गर्न चाहान्छ उसका लागि सरिफा खानु निकै फाइदाजनक हुन्छ ।

###


0 comments
Write Down Your Responses