नयाँ वर्षमा फेवातालमाथि केवलकार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल तस्बिर
कास्की: नयाँ वर्ष २०७२ को सुरुबाटै पोखराको फेवातालमा केवलकार निर्माण थालिने भएको छ। पोखराको वसुन्धरापार्कदेखि फेवातालपारि रहेको पुम्दी-भुम्दीको कोदीडाँडामा रहेको विश्वशान्ति स्तूपसम्म पुग्ने गरी ‘चितवन कोइ’ कम्पनीले केवलकार निर्माण थाल्ने भएको हो।
‘चितवन कोइ' मनकामना केवलकार बनाएको सफल कम्पनी हो। यसले अस्ट्रियाको डोपेलमेयरको साझेदारीमा रु एक अर्ब ३० करोडको लागतमा केवलकार बनाउन लागेको हो।
भौतिक योजना मन्त्रालयले 'चितवन कोइ'लाई १ दशमलव ६ किलोमिटर लामो केवलकार निर्माणका लागि परियोजनाको विस्तृत सर्वेक्षण (डिपिआर) को स्वीकृति दिएपछि निर्माणले गति लिएको हो।
'डिपिआर निर्माण गर्न स्वीकृति दिएपछि धमाधम काम भइरहेको छ।', मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले भन्नुभयो,'दुई वर्षमा निर्माण गरिसक्ने योजना छ।'
भौतिक योजना मन्त्रालयले चैत महिनामा नै ‘चितवन कोइ’लाई केवलकार बनाउने जिम्मा दिएको थियो । उसले दुई वर्ष अगाडि नै केवलकार बनाउने योजना अगाडि सारेको थियो।
तर टेन्डरमा रहेको अर्को प्रतिस्पर्धी समूहले मुद्दा हालेपछि ढिलाई भएको हो। सर्वोच्चले रिट खारेज गरेपछि ‘चितवन कोइ’ले निर्माण प्रक्रिया अगाडि बढाएको निर्देशक श्रेष्ठले बताउनुभयो ।
केवलकार सार्वजनिक निजी साझेदारी (पिपिपी) र निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) अवधारणामा बन्न लागेको हो। २० वर्षपछि केवलकार सरकारको स्वामित्वमा आउने गरी सम्झौता भएको छ।
केवलकारका लागि सरकारले पोखरा उपत्यका नगर विकास समितिको मातहतमा रहेको वसुन्धरापार्कको १३३ रोपनी जग्गा उपलब्ध गराएको छ।
जग्गा पनि समितिकै स्वामित्वमा रहने छ। सो क्षेत्रमा वाटरपार्क, मनोरञ्जनात्मक क्षेत्र तथा शान्तिस्तूप क्षेत्रमा स्टेसन र रेस्टुराँ बन्ने छन्।
यसैबीच, प्रत्यक्ष लाभान्वित हुने तालपारिका पुम्दी-भुम्दीका बासिन्दाले केवलकार निर्माणमा सघाउन सबै पोखरेलीसँग आग्रह गरेका छन्।
वसुन्धरा पार्कलाई पार्ककै रुपमा राख्नुपर्ने र सो जग्गा निजी क्षेत्रलाई दिन नहुने भन्दै केही व्यक्तिले विरोध गरेपछि स्थानियले त्यसो नगर्न आग्रह गरेका हुन् । रासस

###
0 comments
Write Down Your Responses