म १९ वर्षकीे भएँ । पाँच दिन अगाडि मेरो शारीरिक सम्पर्क भयो । ब्वाइफ्रेन्डले कन्डोम प्रयोग गर्न मानेनन् । उनले बाहिरै बाहिरै वीर्य स्खलन गरेका थिए । मेरो गर्भवती हुने सम्भावना कत्तिको छ ? आकस्मिक गर्भ निरोधक चक्की खाएँ भने त्यसले काम गर्ला ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

अब परिवार नियोजनको आकस्मिक गर्भ निरोधक चक्कीले काम गर्दैन । किनभने तपाईँले सहवास गरेको पाँच दिन भइसकेछ । सम्पर्क भएको बहत्तर घण्टाभित्र खाएमा मात्र गर्भ निरोधक चक्कीले काम गर्न सक्छ । तपाईँले तुरुन्त चिकित्सकसँग सल्लाह गर्नुपर्छ । असुरक्षित सम्पर्क गर्नुहुँदैन । ब्वाइफ्रेन्डलाई कन्डोम प्रयोग गर्न लगाउनुहोस् । कन्डोमले यौन आनन्दमा कमी ल्याउँदैन । यसले यौनजन्य रोगबाट बचाउनुका साथै अनावश्य गर्भ रहनबाट पनि बचाउँछ ।
डा. एन्जल मगर

###
0 comments
Write Down Your Responses