नेपालका चर्चित लोकगायिकाहरु मासिक कमाइ कति होला ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, नेपालका चर्चित लोकगायिकाहरु मासिक कमाइ कति होला ? यो आम चासो तथा जिज्ञासाको विषय हो । कलाकारलाई रंगिन पर्दामा हेर्दे गर्दा आम दर्शक तथा स्रोतामा यो प्रश्न उठ्नु स्वभाविक पनि छ । खबर डबलीले नेपालका चर्चित तिन लोकगायिकाको मासिक कमाइ कति हुन्छ भन्ने सन्दर्भमा एक छोटो रिपोर्ट प्रस्तुत गरेको छः

  • सुुनिता दुुलाल

सिन्धुपाल्चोकमा जन्मेकी सुुनिता दुुलाल स्टेजकार्यक्रममा दर्शक र श्रोतालाई मनोरन्ज दिलाउन सिपालु सुनिताका चर्चित गितहरु आमाले पकाएको मिठो खाना, अव त मैले पनि झुम्का लगाउछु र मेरै दिलमा फुल्यौ निरमाया पछिल्ला समयमा आमा श्रोताको मुखमुखमा झुन्डीएका गितहरु हुन ।उनको अर्को परिचय भिजे, मोडेल आरजे सबै हो । तर पनि पछिल्लो समयमा उनी सफल लोक गायिकाको रुपमा परिचित छिन । उनी अहिले सम्म गाउनकै लागि अमेरिका , युरोपेली मुलकहरु , दक्षिण कोरिया, जापान, मलेसिया , हङकङ, लगायत थुप्रै देशहरुमा पुगिसकेकी छिन । अविवाहित सुनिता आफ्नो गितको म्युजिक भिडियोमा आफै मोडल भएर देखिन्छिन । उनले गायनलाई नै व्यावसायिक रुपमा अगाडि बढाएकी छिन । उनको कमाइ मासिक १ देखि ३ लाखसम्म हुने अनुमान छ ।


  • मुना थापा

लोकगायिका मुना थापामगर अरु गायकिको तुलनामा निकै सोझी र इमान्दार गायिकाको रुपमा चिनिन्छिन् । गोरखाको मनकामना गाविसमा जन्मिएकी मुना निकै दुख पाएकी र सामान्य परिवारमा जनिमएकी हुन् । ‘चिसोचिसो हावा सरर, रुमाल सरर’ गितबाट चर्चित मुनाका ३ वटा एल्बम बजार आएका छन् । मुनाले ९ सय भन्दा बढी लोक गितमा आफ्नो स्वर दिएकी छिन् । गाउनकै लागि २०६१ सालमा काठमाडौ आएकि गायिका मुना थापाको चिसो चिसो हावा सरर, रुमाल फरर , तिते करेली , तिमी राम्रो हाँसोले लगायतका गित निक्कै चर्चित छन् । काठमाडौको नयाँ बजारमा बसोबास गर्दै आएकी मुनाको आम्दानी ठ्याक्कै नभने पनि लगभग १ लाखदेखि २ लाखको हाराहारीमा कमाई गर्ने लोक गायिका भित्र उनको पनि नाम अगाडी नै छ । मलेसिया, हङकङ , जापान, अष्ट्रेलिया,युके लगायतका देशमा गएर गाईसकेकी मुना नेपालका अधिकांश ठाउँमा पुगी सकेकी छन् ।
  • ज्योति मगर

गायिका ज्योति मगर अरु गायिकाको तुलनामा निकै विवास्पद छिन् । गायन तथा मोडलिङ्गबाट भन्दा पनि स्टेजहरुमा नांगिने स्वभावका कारण बारम्बार चर्चामा आइरहन्छिन् । उनि जताजता पुग्छिन् उताउतै तहल्का मच्चाएर फर्किर्ने गरेकी छिन् । पछिल्लो समय दुवईको कार्यक्रममा पुगेकि ज्योति जति बेला स्टेजमा चढिन् पुरै हलमा हलचल मच्चियो । स्थिती नियन्त्रण भन्दा बाहिर गए पछि झण्डै कार्यक्रम नै रोक्नु परेको खबर विभिन्न अनलाईले छापेका थिए । केहि महिना अगाडी ज्योतिले लगाएको कपडा समाज सुहाउँदो नभएको भन्दै नेपाल टेलिभिजनले उनको अन्तरवार्ता कार्यक्रम नै प्रशारण गर्न रोक लगाएको थियो । विशेष गरी उनी स्टेज कार्यक्रममा सेक्सी पहिरनमा गुग्छिन् । ‘पिरतीमा दम छ’, ‘मन किन टाढा भयो’,’मायासँग’,’उही मुलाको सिन्की’,’चौबन्दी चट्टै’ तथा ‘जिम्वाल बाउकी छोरी’ शीर्षकका एल्बम बजारमा ल्याइसकेकी ज्योतिको माग देश विदेशमा धेरैनै छ । उनको कमाई पनि ठयाक्कै भन्न नसकिएपनि १ देखि २ लाखसम्म मासिक कमाइ रहेको उनका नजिकका हरु बताउँछन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z