घर भत्काउन ऋण लिनुपर्ने बाध्यता
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौ, जेष्ठ ११ - शोभा भगवतीकी दीपा थापा आफ्नै चारतले घर भत्काउन ऋण खोज्दैछिन्। वैशाख १२ को विनाशकारी भूकम्पले ढल्ने अवस्थामा पुगेपछि घरको भग्नावशेष हटाउन आर्थिक अभाव भएपछि उनले ऋण खोजेकी हुन्।
‘सात वर्षअघि ऋण लिएर बनाएकी थिएँ, उनले भनिन्, कामदारले घर भत्काउन ७–८ लाख रुपैयाँ लाग्ने बताएका छन्। ओत दिने घर आफैंले भत्काउनुपर्ला भनेर आफूले कल्पनासमेत नगरेको उनले बताइन्। घर ढलेर वरपरका बासिन्दालाई क्षति पुर्याउन सक्ने भएकाले उनी निकै चिन्तित छिन्। टोलीवासीले चाँडो भत्काउन माग गर्दै काठमाडौं महानगरपालिकामा निवेदन दिएका छन्। ‘महानगरलाई भत्काउन अनुरोध गरे, उनले भनिन्, उसले आफैं भत्काउ भन्यो। कामदार पाइँदैन। खर्च पनि छैन।’
उपत्यकाभित्र १ लाखभन्दा बढी भौतिक संरचना क्षतिग्रस्त छन्। अरू २ लाख घर चर्केका छन्। चर्केका कैयौं घर भत्काउनुपर्ने अवस्थामा छन्। काठमाडौं महानगरको भौतिक योजना तथा सहरी विकास विभागका उत्तरकुमार रेग्मीले अधिकांश घरधनीले घर भत्काइदिन आग्रह गर्दै निवेदन दिएको बताए। सबैको घर सरकारले भत्काउन नसक्ने उनले बताए। घर भत्काउन १० हजारदेखि २५ लाख रुपैयाँ लाग्ने उनले बताए । ‘पक्की ठूला घर भत्काउन बढी खर्च लाग्छ’, उनले भने, ‘जोखिमपूर्ण घरमात्रै चाँडै भत्काउँछौं।’ महानगर भौतिक योजना तथा सहरी विकास विभागका प्रमुख उत्तरकुमार रेग्मीले स्काभेटर लगाएर प्राथमिकताका आधारमा घर भत्काउने काम गरेको बताए। ललितपुर उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर रुद्र गौतमले घर भत्काउनका लागि अनुरोध गरे पनि नसकिएको बताए। ‘भत्काउने उपकरण छैन,’ उन भने, ‘ निवेदनका चाङ छन्। तर भत्काउन सकेका छैनौं।’
उपत्यका काँठमा पनि चर्केका घर भत्काउन निकै गाह्रो भएको स्थानीयले बताए। सुन्दरीजलका रमेश सिंखडाले स्थानीय राजनीतिक दल र क्लब मिलेर घर भत्काउने काम गरेको बताए।‘आर्थिक स्थिति कमजोर भएकाको घर भत्काउने र टहरा निर्माण गर्ने काम गरेका छौं,’ उनले भने।

###
0 comments
Write Down Your Responses