नेपालसँग सम्बन्ध बिग्रँदा भारतले भाइ गुमाउँछ/ चीनलार्इ नेपालमा आँखा लाउन नदिअाैं
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
चीनलार्इ नेपालमा आँखा लाउन नदिअाैं
काठमाडौं : भारतीय जनता पार्टीका सांसद् सलिम अन्सारीले नेपालसँगको सम्बन्ध बिगारेर भारतले एउटा भाइ गुमाउने बताएका छन् ।

सोमबार अपरान्ह भारतीय राज्यसभामा नेपालबारे भएको बहसमा सहभागी हुँदै सांसद् अन्सारीले सन् १९५० पछि नेपाल–भारतको सम्बन्ध सबैभन्दा ‘क्रिटिकल’ अवस्थामा पुगेको उल्लेख गरे ।


‘६५ वर्षपछि नेपाल र भारतबीचको मित्रता टुट्न लाग्यो । भाइसँगको सम्बन्ध बचाउन भारत सरकारले पहल गरोस’, उनले भने, ‘सानो भाइ र ठूलो भाइबीचको सम्बन्ध कुनै हालतमा बचाइयोस ।’

सांसद् अन्सारीले मधेसी र नेपाली दुबैलाई मनाउने गरी समाधान खोज्न पनि भारत सरकारलाई दबाब दिए ।

विदेशमन्त्री सुस्मा स्वराज उपस्थित राज्यसभाको बैठकमा बोल्दै उनले मधेसीहरु नेपालका उच्च पदमा पुग्न नसक्ने पनि दाबी गरे ।

‘मधेसी दाजुभाइहरु नेपालका उच्च पदमा पुग्न सक्दैनन्’, उनले भने, ‘त्यही भएर उनीहरु आफ्नो आवाज बुलन्द बन्द बनाइरहेका छन् ।’

नेपालमा भारतबाट पुग्नुपर्ने धेरै सामान पुग्न नपाएको बताउँदै उनले हिँउ पर्ने बेलामा नेपाली बालबालिकालाई मर्न नदिन भारत सरकारले पहल थाल्नुपर्ने बताए ।

‘भारत सरकारले सही निर्णय गर्न सकेन भने नेपाली पनि भड्किने छन् अनि मधेसी पनि भड्किन्छन् । त्यो बेलामा हामी त कसैका पनि हुँदैनौ’, उनले भने, ‘नेपालमाथि भारतबाट अलग गराउन चीनले आँखा लाइरहेको छ, त्यसो हुन दिनुहुँदैन ।’ 
(लाइभ भिडियो)

###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z