'राजा फर्काउने र हिन्दु राष्ट्र बनाउने एजेन्डा भारतको होइन' (भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राजसंस्था फिर्ता गर्ने र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने एजेन्डा भारतको नभएको स्पष्ट पारेकी छिन्।
नेपालबारे राज्यसभामा सोमबार भएको बहसपछि जवाफ दिने क्रममा स्वराजले राजसंस्था फिर्ता गर्ने र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने मोदी सरकारको योजना भनेर गलत हल्ला फैलाइएको बताइन् ।
उनले भनिन्, हाम्रा प्रधानमन्त्रीजी स्वयम नेपाल गएर संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा बोल्नु भएको छ। तर राजतन्त्र फर्काउन भारतले चाहेको र हिन्दु राष्ट्र बनाउन चाहेको भनेर हल्ला फैलाइयो ? कहाँबाट यस्तो अफवाह फैलाइयो ?
उनले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको हालैको भ्रमणमा पनि आफूले यसबारेमा स्पष्ट पारेको उनले बताइन् ।
हिन्दु राज्यको पुनस्र्थापनाका लागि मोदी नेतृत्वको सरकारले नेपालको राजनीतिक नेतृत्वलाई दबाब दिइरहेको भनी विभिन्न कोणबाट चर्चा र टिप्पणी भइरहेका बेला विदेशमन्त्रीले भारतको चाहना यस्तो नरहेको बताएकी छिन्।
त्यसैगरी राजसंस्थाको पुनस्र्थापनाका लागि मोदी सरकार सकारात्मक र नरम रहेको भन्ने आमअनुमान र धारणालाई पनि उनले स्पष्ट शब्दमा खण्डन गरेकी छिन् । यी सबै अनुमान र चर्चालाई उनले अफवाह भनेकी छिन् ।

###

0 comments
Write Down Your Responses