दिल्लीमा मधेसी मोर्चालाई शीर्ष नेतालाई भारतको ‘पुच्छर’ नबन्न नेपालीहरुको चेतावनी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपाली राजदूतावास अगाडि विरोध प्रदर्शन
भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग मधेसी मोर्चाका नेताहरु
नयाँदिल्ली, २१ मंसिर । हाल भारत भ्रमणमा रहेका मधेसी मोर्चाका शीर्ष नेताहरुलाई दिल्लीमा बस्दै आएका नेपालीहरुले कडा चेतावनी दिएका छन् ।
मधेसमा आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका चार शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्रराय यादवलाई नयाँदिल्लीस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत मधेसी मुलका नेपाली विद्यार्थीहरुले भारतको ‘पुच्छर’ नबन्न चेतावनी दिएका हुन् ।
मधेसी युनाईटेड ग्रुपका सभापति सञ्जय यादवले हाल दिल्लीमा रहेका मधेसी मोर्चाका नेताहरुलाई मधेसविरुद्ध भारतसँग कुनै सम्झौता नगर्न समेत चेतावनी दिए । उनले भने- पद, पावर र पैसाको लालचमा मधेसविरोधी कुनै सम्झौता नगर्न सचेत गराउन चाहन्छौं, अन्यथा मधेसमा टेक्ने ठाउँ दिइने छैन् ।’
यसैगरी मधेसका नेपाली विद्यार्थीहरुले दिल्लीमा नेपाली राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । मधेस युनाईटेड ग्रुपको व्यानर र प्लेकार्ड लिएका विद्यार्थीहरुको समुहले मधेस केन्द्रित दलहरुको माग सम्वोधन गर्न नेपाल सरकार तयार नभएको आरोप लगाउँदै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यावारीधि अध्ययनरत विद्यार्थी सोहन साहले छिटोभन्दा छिटो मधेसीका मागलाई संवोधन गर्न नेपाल सरकारलाई दवाव दिन प्रदर्शन गरिएको जानकारी दिए ।दैनिक नेपाल

###

0 comments
Write Down Your Responses