मधेसी नेतासँग कुनै हालतमा नझुक्नुस् !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आदरणीय नेता ज्यूहरु :
सर्वप्रथम त म तपाईहरुलाई भारतसँग र मधेसी नेताहरुसँग नझुक्न आग्रह गर्दछु । त्यसमा पनि मधेसी नेताहरु माग पुरा गर्न पनि आफ्नै अडान रहेर देशको हित हुने गरी गर्नुहोला ।
तराईका जमिन्दार, ‘सामन्ति’सँग बार्ता गर्दा नेपाल सरकारले यदी कुनै खालको लिखित सम्झौता गरेमा उक्त सम्झौतामा कस्ता शब्दहरू र वाक्यांशहरू प्रयोग गर्ने भन्ने बारेमा सचेत रहनुपर्छ ।
१) समग्र तराईलाई एक मधेश प्रदेश भनेर स्विकार गर्न नहुने ।
२) तराईका जिल्लाहरू मात्र मिलाएर तराई प्रदेशहरू निर्माण गर्न नहुने ।
३) तराई लगायत कुनै पनि प्रदेशहरूलाई स्वायत्त प्रदेश भनेर लेख्न नहुने ।
४) कुनै पनि प्रदेशलाई आत्म–निर्णयको अधिकार छ भनेर उल्लेखित गर्न नहुने ।
५) कुनै पनि प्रदेशको सीमानाहरूका फेरबदल संघीय/केन्द्रिय सरकारले मात्र गर्न पाउने ।
६) प्रदेशहरू बीच बा माझ सीमा विवादहरू उठेमा त्यसको समाधान केन्द्रिय सरकारले मात्र गर्न पाउँछ, प्रान्तहरूले आफु खुशी निर्णय गर्ने अधिकार नपाउने ।
७) देशको कुनै पनि भूभागमा रहेको प्राकृतिक सम्पदाहरूमाथि कुनै प्रान्तको अधिकार नरहने । त्यस्ता सम्पदाहरू र प्राकृतिक साधन तथा श्रोतहरूमाथी सम्पूर्ण अधिकार संघिय सरकारको मात्र हुने संबैधानिक प्राबधान निर्माण गर्नुपर्ने ।
८) नेपाली सेनाको कुनै पनि ईकाई र निकाय राष्ट्रिय आबश्यकता अनुसार कुनै पनि प्रदेशको कुनै पनि भागमा अबस्थित गर्ने पूर्ण अधिकार संघीय सरकारलाई मात्र हुने । त्यसमा प्रदेश सरकारले हस्तक्षेप गर्न वा प्रश्न उठाउन नपाउने ।
९) प्रदेशहरूले अभ्यास गर्ने अधिकारहरू र कर्तब्यहरू बारेमा अन्य देशहरूको समेत अध्ययन गरेर मात्र निश्चित गर्ने ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z