घरबाट निकालिएकी महिलाले सडकमै जन्माइन् छोरा(भिडियो हेर्नुहोस्)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सुनसरी, मंसिर २१ । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुनसरीको सुनापुर गाविसबाट घरबाट निकालिएकी एक महिलाले धरानको सडकमा सोमबार छोरा जन्माएकी छिन् ।
सोमबार विहान वडा प्रहरी कार्यालय अगाडिको सडकमा सोनापुरकी समिरा देवीले सडकमा सुत्केरी भएर छोरा जन्माएपछि स्थानीय महिला र धरान प्रहरीले उनको उद्धार गरी बिपी प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ । श्रीमान र घरका अन्य सदस्यले हेला गरेपछि घरबाट निकालिएको पिडित महिलाले बताएकी छिन् ।
सडकमा अलपत्र अवस्थामा नवजात शिसु सहित रहेकी समिरा देबीलाई स्थानिय महिलाले कपडा दिएर बच्चाको हेराचाह गरी प्रतिष्ठान भर्ना गरेका छन् ।
घरबाट निकालिएर सडकमा सुत्केरी भएकी समिराको वारेमा प्रहरीले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदम कुमार सिजापतीले जानकारी दिए ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z