जाडो याममा रुघा र पिनासबाट कसरी बच्ने ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पिनास भनेको साइनसहरुको संक्रमण हो । साइनस भनेका टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो ससाना प्वालहरुको माध्यमबाट नाकको श्वासमार्गसंग जोडिएका हुन्छन्।

लक्षणहरु

१) नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने
२) नाक बन्द भइरहने
३) टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहन
४) सुघ्ने शक्तिमा कमि आउने
५) कसैकसैमा ज्वरो आउने जीउ दुख्ने पनि हुन्छ ।
६) विशेष गरी टाउको अगाडी झुक्दा दुख्ने भारी भएको जस्तो लाग्ने हुन्छ ।
७) साधारण रुघाबाट शुरु भएर पछि पिनास हुनसक्छ

यस्ता लक्षणहरु देखिएमा आफ्नो डाक्टरलाई भेटेर परामर्श लिएर घरेलु पद्दति अपनाउनु वा औषधि सेवन गर्नु उचित हुन्छ । पिनास चिकित्सकले समान्यतया लक्षण् हेर्दा नै थाहा पाए पनि कुनै अवस्थामा पत्ता लगाउनका लागि एक्सरे, सिटि स्क्यान, रगतको जाँच, साइनसको मासुको, साइनसभित्र भएको पदार्थको जाँच कल्चर आदी गर्नुपर्ने हुनसक्छ ।

पिनासको उपचार गर्ने घरेलु विधि

१) प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ ।
२) पानी मात्रको वाफ वा पानीसँग भिक्स, सन्चो आदी मिसाएर वाफ लिने गर्नाले बन्द नाक र          श्वासनलीहरु  केहि खुल्न गई आराम महसुस हुन्छ ।
३) मनतातो पानी वा नुनपानीले नाक सफा गर्ने गरेमा पनि केहि राहत मिल्छ ।
४) मनतातो पानीमा कपडा वा रुमाल भिजाएर निचोरी अनुहारमा राख्नाले पनि यसको दुखाइ कम हुन्छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z