दस दिनदेखि ठप्प नेपालगन्ज नाकाबाट सहज आपूर्ति
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपालगन्ज : १० दिनसम्म ठप्प भएको नेपालगन्ज रुपेडिया नाकाबाट गए रातिदेखि नै सुचारु भएको छ।  यो नाकाबाट सोमबार रातिदेखि  इन्धन तथा अन्य समान भित्रिन थालेका छन् ।

राति र विहान दर्जनजति ट्याङकर इन्धन र एक ट्रक औषधी  भित्रिएको छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी सहायक निरीक्षक हरि बहादुर गुरुङका अनुसार गएराती २ पेट्रोल, ३ वटा हवाइ इन्धन र १ वटा औषधीको गाडि भित्रिएको छ । गए राती नै १४ वटा मालवाहक गाडि समेत नेपालगन्ज नाकाबाट भित्रिएको छन् ।

त्यस्तै मंगलबार विहान २ ट्याङकर डिजल, १ वटा  हवाइ इन्धन र ५८ वटा मालावाहक गाडि भित्रिएको प्रहरी सहायक निरीक्षक गुरुङले जानकारी दिए । ५२ वटा इन्धनका गाडि सहित अझै ३ सय मालवाहक गाडि नाकापारी रोकिरहेका छन मधेशी मार्चाका कार्याकर्ता पनि नाकामा बसेर धर्ना दिइरहेका छन् । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z