बाबा ग्यासका डिपो सञ्चालक पक्राउ, सिद्धार्थमा शिलबन्दी, सगुनकाे सिलिन्डरमा लेदाे
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१०० सिलिण्डर ग्यास बरामद
१२ फागुन, काठमाडौं । भारतले इन्धनमा लगाएको नाकाबन्दी खुलिसक्दा पनि उपत्यकाका उपभाेक्ताहरूले ग्यास सहजरुपमा पाएका छैनन् । सरकारले ग्यासका कालोबजारियालाई नियन्त्रण गर्न नसकेको गुनासो बढेपछि आपूर्तिमन्त्री गणेशमान पुन बुधबार बिहानै दलबल लिएर धादिङमा रहेका ग्यास उद्योगहरुतिर छड्के जाँचका लागि दौडिए ।
छडके जाँच गर्ने क्रममा सुगन ग्यासका सिलिण्डरभित्र लेदो रहेको आशंका गर्दै कारवाही अघि बढाउन मन्त्री पुनले निर्देशन दिएका छन् । उता सिद्धार्थ ग्यास उद्योगमा त मन्त्री पुनले शिलबन्दी नै गर्न लगाएका छन् ।
आपूर्ति मन्त्री पुनले ग्यासका कालोबजारियालाई तह लगाउने अभियान थालेकै दिन काठमाडौंको तीनकुनेबाट १ सयवटा सिलिण्डरसहित बाबा ग्यासका डिपो सञ्चालन पक्राउ परेका छन् । महंगाेमा ग्यास बेचेकाे अाराेपमा डिपाे सञ्चालक पक्राउ परेका हुन् ।
बाबा ग्यासका कटुवाल समातिए
प्रहरीले काठमाडौको तीनकुने नजिकै जागृतिनगरबाट १०० सिलिण्डर ग्याससहित कालाेबजारी गरेकाे अाराेपमा अमर कटुवाललाई पक्राउ गरेको छ ।
प्रहरीको अपराध महाशाखाले जागृतिनगरको बाबा ग्यास पसलमा बुधबार छापा मारेर कालाबजारको लागि ठीक पारेर राखेको १०० सिलिण्डर ग्यास बरामद गरेको हो ।Amar-Katwal
आधा सिलिण्डर ग्यासलाई १६ सयमा बिक्री गरिरहेको सूचनाका आधारमा बाबा ग्यास डिपोमा छापा मार्दा १०० सिलिण्डर ग्यास भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले डिपोका सञ्चालक अमर कटुवाललाई पक्राउ गरेको छ ।
त्ससैगरी सगुन ग्यासकाे सिलिन्डर मन्त्री पुनले उचाल्दा ताैल बढी देखिएकाे थियाे । यस्ताे हुनुमा सिलिन्डरभित्र लेदाे हुन सक्ने भन्दै मन्त्रीले छानविनका लागि निर्देशन दिएका छन् ।
उता सिद्धार्थ ग्यासमा चाँहि प्रयाेग गर्न नमिल्ने ५ सय सिलिन्डरहरू फेला परेपछि मन्त्रीकाे टाेलीले त्यसलार्इ जफत गर्दै सिलबन्दी गरेकाे छ ।

###
0 comments
Write Down Your Responses