सशस्त्रका आईजीपी वन्तसहित ११ विरुद्ध पौने सात करोडको भ्रष्टाचार मुद्दा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ, १८ माघ ।

पदको दुरुपयोग गर्दै सशस्त्र प्रहरी बलका युनिटका लागि सामान ढुवानी गर्दा फर्जी बिल भरपाई तयार गरी ६ करोड ७९ लाख ४१ हजार ७ सय ६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।
सशस्त्र प्रहरीका निरीक्षक विनबहादुर थापाले पनि त्यति नै भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) र (४) अनुरुप हदैसम्मको जेल सजाय र जरिवाना गर्न माग गरिएको छ ।
दुई वटा ढुवानी कम्पनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुमाथि सदाज्योती सप्लायर्स र अदिती ट्रान्सपोर्टको मिलेमतोमा प्रहरी युनिटमा सामान ढुवानी गरेको अभियोग छ । अदिती ट्रान्सपोर्टले तीन करोड ६२ लाख १० हजार १ सय ३१ रुपैयाँ तथा सदाज्योतीले ३ करोड १६ लाख ३१ हजार रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोग छ ।

###
0 comments
Write Down Your Responses