भारतबाट रक्सी खान आएका बिहारीहरुले ड्युटीमा रहेका नेपाली असई माथि कुटपिट गरे
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फाइल फोटो |
बिरगजं,३ साउन । बाराको बेलदारीस्थित प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक जुगेश्वर यादवलाई रक्सी खान नेपाल आएका भारतीयहरुले कुटपिट गरेका छन्।
बाराको सीमावर्ती भारतीय गाँउ कोइलगाँवाबाट रक्सी खान आएका भारतीयहरुले प्रहरी सहायक निरिक्षक यादवलाई कुटपिट गरेका हुन्।
बाराको बेलदारीमा रहेको रक्सी भट्टीबाट रक्सी सेवन गरेर आइतवार बेलुकी घर फर्किंदै गरेका भारतीयहरुले गस्तीमा रहेका प्रहरी सहायक निरिक्षक यादवलाई कुटपिट गरेका हुन्।
###
0 comments
Write Down Your Responses