संसद विघटन गर्दिनँः प्रधानमन्त्री, भन्छन्- मैदान नै मासेपछि कहाँ खेल्नु ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
यही सरकार २०७४ माघसम्म रहने दाबी
३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नगर्ने प्रष्ट पारेका छन् । आफू संविधान अनुसार चल्ने भन्दै उनले संविधान अनुसार आफ्नो नेतृत्वको सरकार २०७४ माघसम्म रहने उनले बताए ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आफ्नाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर राजीनामा गर्नुको कुनै अर्थ नरहेको बताए ।
ओलीविरुद्ध कांग्रेस र माओवादीले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् र सभामुख ओनसरी घर्तीले त्यसमा छलफलका लागि साउन छ गतेको समय तोकेकी छन् ।
प्रधानमन्त्री ओलीले भने अविश्वासको प्रस्तावलाई देशविरुद्धको षड्यन्त्रको संज्ञा दिएका छन् । उनले भने, ‘देशको हितमा भएको भए स्यालुट गरेर छाड्थें । तर, देशविरुद्धको षड्यन्त्र भएकाले च्यालेन्ज गरेर मात्र छाड्छु ।’
आफूले संसद विघटन नगर्ने भन्दै उनले भने, ‘मलाई भर्खरै पनि एक जनाले भने, संसद विघटन गर्नु हुन्छ कि क्या हो ?’ उनले अघि भने, ‘खेल हुने मैदान नै मासेपछि कहाँ खेल्नु ? म मैदान मास्दिँन । संविधान संवत ढंगले अघि बढ्छु ।’
प्रधानमन्त्री ओलीले संविधान निर्माणका क्रममा संविधान बन्दासम्म कांग्रेस र संविधान बनेपछि अर्को चुनावसम्म एमालेले एमालेको नेतृत्वमा सरकार बन्ने सहमति भएको तर, पछि कांग्रेसले नमानेको बताए । उनले अघि भने, संविधानमा त्यस्तै लेखियो, हटाउने खालको व्यवस्थै भएन ।’
उनको तर्क संविधानमा आफ्नो नेतृत्वको सरकार हटाउने कुनै व्यवस्था नै नभएको र यो सरकार नै २०७४ माघसम्म कायम रहने थियो ।
प्रधानमन्त्री ओलीले यसो भन्दा सत्तामा रहन मन रहेछ भन्नु भ्रम भएको बताए । उनले भने, ‘उहिले धर्ती छोड्न तयार भएको मान्छेलाई कुर्सी कुनै ठूलो कुरो होइन ।’
उनले अघि भने, ‘जसलाई जतिखेर जस्तै चाहियो र जस्तो षड्यन्त्र हुन्छ, त्यसलाई सफल पार्ने मेरो काम होइन ।’
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोतर्फ संकेत गर्दै उनले ‘फुटबलको जातमा हावा हालेपछि ड्वाङ्ग पार्दा उफ्री हाल्छ’ भनेका छन् । आफू खुला पुस्तक जस्तै भएको भन्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई भिडन्ततर्फ लैजान नहुने बताए ।

###
0 comments
Write Down Your Responses