‘अविश्वासको प्रस्ताव संसदबाट पारित भएपनि प्रधानमन्त्री ओली पदमुक्त नहुने’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ३ साउन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भिम रावलले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपनि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त नहुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै रावलले संविधानले नयाँ सरकार गठनको परिकल्पना नगरेकाले अविश्वासको प्रस्ताव पारित हुँदैमा प्रधानमन्त्री पदमुक्त नहुने दाबी गरे ।
संविधानले संक्रमणकालमा सरकार परिवर्तनको कल्पना नगरेको दाबी गर्दै अविश्वासको प्रस्ताव पारित भएपनि प्रधानमन्त्री ओली संघीय संसद्को निर्वाचन नभएसम्म पदमा बहाल रहने उनको भनाई छ ।
उनले नेकपा एमालेको नेतृत्वको सरकारले निर्वाचन गराउने प्रमुख तीन दलको सहमति अनुरुप नै संविधानमा संक्रमणकालका लागि एउटा मात्र सरकारको कल्पना गरिएको दाबी गरे । उनले संविधानको संक्रमणकालीन व्यवस्था अन्र्तगत रहेको धारा २ सय ९८ संविधान जारी भएपछिको पहिलो सरकारका हकमा मात्र आकर्षित हुने बताए ।
सरकार अल्पमतमा परेको नपरेको निक्र्यौल संसदले गर्ने भएकाले यसबारेमा बोल्नु गलत भएको उनको तर्क छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z