सरकारले देश र जनताको पक्षमा निर्णय लिने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ३ साउन । उपप्रधान एवम् रक्षामन्त्री/गृहमन्त्री भीम रावलले काँग्रेस–नेकपा माओवादी केन्द्रका नेताहरुले दिल्लीमा बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न षडयन्त्र गरेको बताएका छन् ।
उनले भने, ‘त्यही दिल्ली बैठक अनुसार काँग्रेस र माओवादी केन्द्रकोवीचमा ७ बुँदे सम्झौता भई अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।’
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा एमालेका उपाध्यक्ष समेत रहेका मन्त्री रावलले भने, ‘दिल्लीमा पुगेर गोप्य बैठक गर्ने काँग्रेस र माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्, हामी यसको डटेर सामना गर्छौं ।’
प्रमुख राजनीतिक दलहरुवीच अर्को निर्वाचन नभएसम्म अहिलेकै सरकार रहिरहने सहमति भएको उल्लेख गर्दै भने, ‘आँफैले गरेको सहमति आँफै उल्लंघन गर्ने अनि हामीलाई नैतिकताको पाठ पढाउने काम माओवादी केन्द्रले नगरोस्, नेकपा एमाले सहमतिको पक्षमा छ, यसबाट विचलित भएको पनि छैन र हुँदैन पनि ।’
वर्तमान सरकार देश र जनताको पक्षमा दृढ रहेको भन्दै सोही अनुरुप निर्णय लिने उनको दाबी छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z