बालुवाटारमा शीर्ष नेताहरुको बैठक सकियो, देउवा र प्रचण्डलाई प्रधानमन्त्रीको चुनौति
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अविश्वास प्रस्तावको डटेर सामना गर्ने जानकारी
काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अविश्वास प्रस्तावको सामना गर्ने स्पष्ट पारेका छन् ।
सरकारबाट समर्थन फिर्ता लिँदै कांग्रेससँग मिलेर माओवादीले व्यवस्थापिका संसदमा प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका बेला देउवा र प्रचण्डलाई सरकारी निवास बालुवाटारमा बोलाएर ओलीले अविश्वास प्रस्तावको डटेर सामना गर्न तयार रहेको जानकारी गराएका हुन् ।
बैठकमा नयाँ सरकार गठनको तयारीमा लागेका देउवा र प्रचण्डले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर परिस्थिती सहज बनाउन आग्रह गरेका थिए ।
तर, प्रधानमन्त्री ओली संसदमा आउने जस्तोसुकै परिस्थितीको सामना गरेर अघि बढ्ने तर, कुनै हालतमा राजीनामा नदिने भन्दै उल्टै चुनौति दिएको बालुवाटार स्रोतले जनाएको छ । ‘अविश्वासको प्रस्ताव फिर्ता लिए राजीनामा दिन सकिने शर्त प्रधानमन्त्रीले राख्नुभयो,’ स्रोतले भन्यो ।
तीन नेताको छलफलमा प्रधानमन्त्री ओलीले सभामुख ओनसरी घर्तीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।
बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले सञ्चारकर्मीलाई भने- हामीले प्रम ओली ज्यूलाई राजीनामा दिएर परिस्थिती सहज पारिदिन आग्रह गर्यौ । बैठकमा सामान्य छलफल भयो ।

###
0 comments
Write Down Your Responses