चीनबाट आइपुग्यो सांसदहरूको जम्बो टोली, आविश्वास प्रस्तावको छलफलमा भाग लिने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ५ साउन । चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा एसिया मामिलाको विदेश उपमन्त्री चङ सिआओ सोङ्गको निमन्त्रणामा चीन गएको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फिर्ता भएको छ ।
असार २७ गते ११ दिने चीन भ्रमणमा गएको प्रतिनिधिमण्डल व्यवस्थापिका–संसद्को बैठकका कारण दुई दिन भ्रमण छोट्याएर मङ्गलबार साँझ स्वदेश फर्केको हो ।
चीन गएको प्रतिनिधिमण्डलसँग कुरा गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा एसिया मामिलाको विदेश उपमन्त्री सोङ्गले नेपाल–चीन मैत्री सम्बन्धमा पार्टीबीच भ्रमण आदानप्रदानको सिलसिलामा नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेको प्रतिनिधिमण्डलका नेता रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलले सोङ्गको भनाइलाई उद्धृत गर्दै यो भ्रमणले नेपाल–चीन सम्बन्धमा थप योगदान दिएको बताउनुभयो ।
नेता पोखरेलले नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धले नेपाल–चीन मैत्री सम्बन्धलाई थप योगदान दिने बताउनुभयो ।
प्रतिनिधिमण्डलमा सांसद अनिता देवकोटा, सुरेन्द्र आचार्य, रेशम बानियाँ, तप्तबहादुर विष्ट, रश्मी ठाकुर, बुद्धिसागर चौधरी, दिवानसिंह विष्ट, शारदा पौडेल, विष्णुमाया परियारका साथै जिल्लाका नेता वीरबहादुर राना, वैकुण्ठ न्यौपाने, टेकप्रसाद गुरुङ, नारायणदत्त मिश्र र पूर्व राजदूत डा सुरेश चालिसे रहनुभएको थियो । रासस

###
0 comments
Write Down Your Responses