सशस्त्र संघर्षको तयारीमा रहेको विप्लव समूहसँग कति छन् हतियार ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमडौं – नेत्रविक्रम चन्द विप्लवसँग कति हतियार होलान् ? माओवादीको लडाकु दस्ताका कमाण्डर नन्दकिशोर पुन पासाङका छोरा दिपेशका अनुसार,३ हजार थान हतियार विप्लव समूहसँग छन् । साना ठूला गरेर तीन हजार थान हतियार विप्लब समूहले राखेको अनुमान एमाओवादी नेताहरुले पनि गरेका छन् । तीमध्ये कति हतियारले काम गर्छन् भन्ने ठेगान ठेगान छैन । तर पैसा भए हतियार जहाँ पनि जतिवेला पनि पाइन्छ भन्ने सबैलाई थाहा छ ।
बैद्यसँग छुट्टिएका विप्लवको हतियार बाहेकको शक्ति चाहिँ कति छ त ? बैद्य–बादलसँगको सम्बन्ध विच्छेदपछि चितवनमा बसेको केन्द्रीय समितिको पूर्ण बैठक भनिएको भेलाले विप्लवको संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ । बैठकमा सहभागि एक केन्द्रिय सदस्यका अनुसार नेत्रविक्रम चन्द विप्लव,खड्गबहादुर विश्वकर्मा,धर्मेन्द्र बास्तोला,चौथो महाधिबेशन २०३१ का केन्द्रिय सदस्यद्वय चित्रबहादुर आले र ईश्वरी दाहाल ‘असारे काका’ बैठकमा सहभागि थिए ।
स्मरण रहोस्,आले र दाहाललाई पार्टीभित्र मोहन बैद्यका समकक्षीका रुपमा हेर्ने गरिन्छ । आले र दाहाल केन्द्रीय सदस्य हुँदा प्रचण्ड र बाबुराम भट्टराई जिल्ला समितिमा पनि थिएनन् । बैठकमा सहभागि हुने नेताहरुमा तिलक परियार,सन्तोष बुढामगर ,भरत बम ,उमा भुजेल,सरला रेग्मी,अनिल बिरही ,ओमप्रकाश पुनहरु थिए,आजको साँघु साप्ताहिकमा खबर छ ।

###

0 comments
Write Down Your Responses