विप्लवले भने-दुईचार नेता किने पनि अर्को माओवादी चिहानबाट उठेर आउँछ , प्रचण्ड र बैद्यसँग सहयोगी बन्ने -
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१५ मंसिर, काठमाडौं । नवगठित नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टी बनाउनु रहर नभएर इतिहासको जिम्मेवारी भएको बताएका छन् । प्रचण्ड, मोहन बैद्य किरण र रामबहादुर थापा बादलले जनयुद्धका मुद्दाको नेतृत्व गर्न नसकेपछि आफूहरु अगाडि आएको बताए ।
पार्टी गठनको निर्णय सार्वजनिक गर्न राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गरी विप्लवले भने-‘सकौंला, नसकौंला । केहीले मर्ने बाटोतिर लागे पनि भनेको सुनियो, ठिकै पनि होला । तर, भौतिक जीवन कसैको अजम्बरी हुँदैन । बाँच्ने पनि के का लागि भन्ने हुन्छ ।’
उनले अघि भने, हामीले युद्ध चाहँदैनौं । स्वाधीनता चाहेका छौं । त्यसका लागि बलिदान गर्नुपर्छ भने तयार छौं ।’
संघर्षको सीमा नहुने भन्दै उनले दमन भए वा अदालतबाट अपराधी घोषणा हुन्छ भने बदला लिन तयार भएको बताए । उनले भने-‘रत्नपार्कमा मसाल बालेर घरमा गएर सुत्ने मात्र हुन्छ कि हुँदैन अहिले भन्न सकिँदैन ।’
संयोजक विप्लवले प्रचण्ड बाबुरामलार्इ लक्षित गर्दै दुईचार नेता किने पनि अर्को माओवादी चिहानबाट उठेर आउने बताए । माओवादीलार्इ एक्ल्याउने खेल भएको भन्दै उनले कांग्रेस पनि जनयुदका एजेण्डाहरूमा बाँधिएको बताए । राजाले जेल हालेपछि रोल्पामा पुगेका नेताहरू अहिले एक्लै हिँड्न खोजेको बताए ।
अहिले सेना छैन भन्ने गरेको भन्दै उनले भने, चाहियो भने हामी २/४ दिनमा देखाइदिन्छौं ।
नयाँ पार्टी घोषणा गर्न नेत्रविक्रम चन्द विप्लव पक्षले राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन अायाेजना गरेकाे थियाे ।
काेकाे लागे विप्लवतिर ?
नेपाल कम्युनिष्ट पार्टी माओवादीको व्यानरमा अायाेजित पत्रकार सम्मेलनमा विप्लव स्वयम उपस्थित थिए । विप्लव समूहमा पूर्वसभासद पदम राई पनि उपस्थित थिए । उनी कपिलबस्तु भेलामा नगर्इ बैद्य समूहमै बसेका थिए ।
यस्तै खड्गबहादुर विश्वकर्मा, इश्वरी दहाल, धर्मेन्द्र बास्तोला, तिलक परियार, पूर्व सभासद शरतसिंह भण्डारी पनि छन् । अनिल शर्मा, चिरन पुन, सन्तोष बुढा, कृष्ण अधिकारी, तेजबहादुर मिजार र बाबुराम मिजार पनि मन्चमा थिए ।
कार्यक्रममा केन्द्रीय नेताहरू कम देखिए पनि हलमा कार्यकर्ताहरू खचाखच भरिएका थिए । हलमा पूर्वलडाकूहरू पनि उल्लेख्य देखिएका छन् ।
कार्यक्रममा सहभागी । हलको पहिलो र दोस्रो रोमा भने पत्रकारहरू छन्

विप्लवको नयाँ पार्टीको नाम नेकपा माओवादी राखिएको छ । पुस २३ देखि २६ गतेसम्म राष्टिय सम्मेलन बोलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विप्लवको संयोजकत्वमा गठित आयोजक समितिको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड छन् ।
विप्लवको पार्टीले अब देशको नेतृत्व कम्युनिष्टहरुले गर्नु पर्ने भन्दै प्रचण्ड, किरण, मातृका र मणि थापासँग सहयोगी बढ्न आग्रह गरेको छ । विप्लवको पार्टीले कांग्रेसलार्इ प्रधान शत्रु भनेको छ । कांग्रेसले १२ बुँदे समझदारी उल्लंघन गरेको भन्दै उसले इमान्दारीपूर्वक कार्याशनवयन गर्न भनेको छ ।
कांग्रेसले सहमतिहरू उल्लंघन गर्दा पनि अन्तराष्ट्रिय समुदाय र राष्ट्रसंघले उपक्षा गरेको भन्दै विप्लवको पार्टीले ध्याानाकर्षण गराएको छ । उसले १९५० लगायतका असमान सन्धी खारेज गर्न पनि माग गरेको छ ।
साथै यसले आफूहरु जंगल जाने, हतियार उठाउने वा युद्ध गर्ने भनी भ्रम फैलाइएको भन्दै विप्लवको पार्टीले त्यसलाई खारेज गरेको जनाएको छ ।
१७ बुँदे निर्णयको अन्तिम बुँदामा भनिएको छ, हामी शान्ति चाहन्छौं, परिर्वतन र सम्वृद्धि चाहन्छौं । राष्ट्रिय स्वाधीनताको अधिकारबाहेक अरु कुनै स्वार्थ छैन ।
पार्टी गठनको निर्णय सार्वजनिक गर्न राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गरी विप्लवले भने-‘सकौंला, नसकौंला । केहीले मर्ने बाटोतिर लागे पनि भनेको सुनियो, ठिकै पनि होला । तर, भौतिक जीवन कसैको अजम्बरी हुँदैन । बाँच्ने पनि के का लागि भन्ने हुन्छ ।’उनले अघि भने, हामीले युद्ध चाहँदैनौं । स्वाधीनता चाहेका छौं । त्यसका लागि बलिदान गर्नुपर्छ भने तयार छौं ।’
संघर्षको सीमा नहुने भन्दै उनले दमन भए वा अदालतबाट अपराधी घोषणा हुन्छ भने बदला लिन तयार भएको बताए । उनले भने-‘रत्नपार्कमा मसाल बालेर घरमा गएर सुत्ने मात्र हुन्छ कि हुँदैन अहिले भन्न सकिँदैन ।’
संयोजक विप्लवले प्रचण्ड बाबुरामलार्इ लक्षित गर्दै दुईचार नेता किने पनि अर्को माओवादी चिहानबाट उठेर आउने बताए । माओवादीलार्इ एक्ल्याउने खेल भएको भन्दै उनले कांग्रेस पनि जनयुदका एजेण्डाहरूमा बाँधिएको बताए । राजाले जेल हालेपछि रोल्पामा पुगेका नेताहरू अहिले एक्लै हिँड्न खोजेको बताए ।
अहिले सेना छैन भन्ने गरेको भन्दै उनले भने, चाहियो भने हामी २/४ दिनमा देखाइदिन्छौं ।
नयाँ पार्टी घोषणा गर्न नेत्रविक्रम चन्द विप्लव पक्षले राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन अायाेजना गरेकाे थियाे ।
काेकाे लागे विप्लवतिर ?
नेपाल कम्युनिष्ट पार्टी माओवादीको व्यानरमा अायाेजित पत्रकार सम्मेलनमा विप्लव स्वयम उपस्थित थिए । विप्लव समूहमा पूर्वसभासद पदम राई पनि उपस्थित थिए । उनी कपिलबस्तु भेलामा नगर्इ बैद्य समूहमै बसेका थिए ।
यस्तै खड्गबहादुर विश्वकर्मा, इश्वरी दहाल, धर्मेन्द्र बास्तोला, तिलक परियार, पूर्व सभासद शरतसिंह भण्डारी पनि छन् । अनिल शर्मा, चिरन पुन, सन्तोष बुढा, कृष्ण अधिकारी, तेजबहादुर मिजार र बाबुराम मिजार पनि मन्चमा थिए ।
कार्यक्रममा केन्द्रीय नेताहरू कम देखिए पनि हलमा कार्यकर्ताहरू खचाखच भरिएका थिए । हलमा पूर्वलडाकूहरू पनि उल्लेख्य देखिएका छन् ।
कार्यक्रममा सहभागी । हलको पहिलो र दोस्रो रोमा भने पत्रकारहरू छन्
कार्यक्रममा सहभागी । हलको पहिलो र दोस्रो रोमा भने पत्रकारहरू छन्
विप्लवको नयाँ पार्टीको नाम नेकपा माओवादी राखिएको छ । पुस २३ देखि २६ गतेसम्म राष्टिय सम्मेलन बोलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विप्लवको संयोजकत्वमा गठित आयोजक समितिको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड छन् ।
विप्लवको पार्टीले अब देशको नेतृत्व कम्युनिष्टहरुले गर्नु पर्ने भन्दै प्रचण्ड, किरण, मातृका र मणि थापासँग सहयोगी बढ्न आग्रह गरेको छ । विप्लवको पार्टीले कांग्रेसलार्इ प्रधान शत्रु भनेको छ । कांग्रेसले १२ बुँदे समझदारी उल्लंघन गरेको भन्दै उसले इमान्दारीपूर्वक कार्याशनवयन गर्न भनेको छ ।
कांग्रेसले सहमतिहरू उल्लंघन गर्दा पनि अन्तराष्ट्रिय समुदाय र राष्ट्रसंघले उपक्षा गरेको भन्दै विप्लवको पार्टीले ध्याानाकर्षण गराएको छ । उसले १९५० लगायतका असमान सन्धी खारेज गर्न पनि माग गरेको छ ।
साथै यसले आफूहरु जंगल जाने, हतियार उठाउने वा युद्ध गर्ने भनी भ्रम फैलाइएको भन्दै विप्लवको पार्टीले त्यसलाई खारेज गरेको जनाएको छ ।
१७ बुँदे निर्णयको अन्तिम बुँदामा भनिएको छ, हामी शान्ति चाहन्छौं, परिर्वतन र सम्वृद्धि चाहन्छौं । राष्ट्रिय स्वाधीनताको अधिकारबाहेक अरु कुनै स्वार्थ छैन ।

###

0 comments
Write Down Your Responses