क्यान्सरबाट बच्ने केही अचुक उपायहरू
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अहिलेसम्म क्यान्सरबारे भएका अनुसन्धानको गिन्ती २४ लाख नाघिसक्दा र खरबौँ खरब डलर स्वाहा भईसक्दा पनि भरपर्दो उपचार फेला पर्न नसके पछि आज आएर चिकित्सा बिज्ञान अन्ततोगत्वा प्राकृतिक खानपान र आहार(बिहार तर्फ नै फर्किन थालेको छ । बैकल्पिक औषधि प्रणालीका बिश्वप्रसिद्ध हस्ती डा.जोसेफ मार्कोला (डिओ) ले क्यान्सरमा तात्विक असर पार्ने कुरा चिरफार (कट),पोलाई (बर्न) र रसायन (किमो) नभएर केबल प्राकृतिक खानपान मात्र हो भनेर यही कुरा स्पष्ट गरेका छन् ।
क्यान्सर लगायतका प्रायजसो रोगहरुको सफल रोकथाम र उपचारको बाटो केवल खानपान नै हो भन्ने कुरा अब सबैतिर स्पष्ट हुँदै जान थालेको छ । अनि खुसीको कुरा— क्यान्सरको रोकथाम र उपचारको ध्येयले जे जस्ता खाद्यवस्तु हामी खान्छौं, ती सबै सलुब्रियस प्रकृतिका हुने हुनाले अरु धेरै रोगमा समेत उत्तिकै लाभदायक र स्वास्थ्यलाई सुधार गर्ने स्वभावका हुन्छन् । अथवा यसो पनि भन्न सकिन्छ,क्यान्सर बाट जोगीने प्रकृयामा हामी अरु पनि धेरै रोगहरुबाट जोगिई रहेका हुन्छौँ ।
क्यान्सर रोकथाम र उपचारको यात्रामा रहेका हरकोहीले बिर्सनै नहुने खाद्य वस्तु अंकुरित (स्प्राउटेड) अन्न हो । गेडा गुडीहरुलाई ७२ घण्टा (३ दिन) पानीमा भिजाएर अंकुरित हुन दिइएमा त्यसमा आश्चर्यजनक ढङ्गले साबिक इन्जाइममा १० गुणा र पोषक तत्वमा ३० गुणा सम्म बढोत्तरी हुने अध्ययनहरुले देखाएका छन् ।यस अर्थमा यसलाई सुपर फुड मान्न सकिन्छ र यसलाई जो कोहीले पनि सजिलै तयार गर्न सक्दछन् । यस्तो अंकुरणले यसमा रहेको भिटामिन र अत्यावश्यक फ्याटी एसिड तथा खाद्य रेसा (फाइबर) को मात्रामा अत्यधिक वृद्धि गरी प्रोटिनको गुणस्तरमा सुधार सहित क्याल्सियम र म्याग्नेशियम जस्ता खनिज तत्व सँग प्रोटिनलाई आवद्ध गरेर यसलाई हाम्रो शरीर अनुकुल वढि ग्रहणयोग्य बनाउछ ।
अंकुरित अन्न कै कारणले हामीलाई अरु खाद्यवस्तुबाट अत्यधिक भिटामीन, खनिज तत्व,एमिनो एसिड र अत्यावश्यक फ्याटहरु अवशोषण गर्नमा समेत सजिलो पर्छ । त्यति मात्र नभएर अंकुरित गहँु, जौं र बाजरामा अमाइलेज भन्ने यस्तो शसक्त इन्जाइम बन्दछ जस्ले क्यान्सरको बाहिरी आबरणलाई पगालेर यसलाई हाम्रो प्रतिरक्षा तागतको नजरमा ल्याइ क्यान्सर बिनासमा भूमिका खेल्दछ । त्यसो त कुनै पनि अन्न र गेडागुडीलाई अंकुरणमा प्रयोग गर्न र स्वास्थ लाभ लिन नसकिने होइन,तापनि सूर्यमुखीका दाना र सानो केराउ लाभको हिसावले सबै भन्दा माथि मानिन्छन् । तर स्मरणीय के छ भने यस्तो अंकुरित खाद्यलाई पकाइयो भने यसको इन्जाइम नष्ट हुनजान्छ ।
अब चर्चा गरौँ प्रोटिनको बारेमा । शरीरका सबै अङ्गको विल्डिङ्ग व्लक र शक्तिको श्रोत प्रोटिनलाई नै मानिन्छ ।तर आवश्यकता भन्दा वढि मात्राको प्रोटिनले उल्टै क्यान्सरलाई बृद्धि गर्ने कुरा अनुसन्धानले देखाएका छन् । धेरै बैज्ञानिक र चिकित्सकहरुले क्यान्सरलाई प्रोटिन मेटावोलाइजेशन (उपपाचन) को समस्या भनेर मान्दछन् । गर्भबति र बढि शारिरीक काम गर्ने बाहेक अरुलाई ज्यादा प्रोटिनको आबश्यकता पर्दैन पनि । साधारणतयाः प्रतिके.जी. १ ग्रामको दरले ३५ देखि अधिकतम ७५ ग्राम प्रोटिन हामे दैनिक आबश्यकता मानिएको छ भने औषत मान्छेहरुलाई ५० ग्रामको मात्रा नै पर्याप्त हुन्छ ।
तर ज्यादा शारिरीक परिश्रम गर्ने व्यक्ति,खेलाडी र गर्भबति महिलाहरुले चाहिँ यसको २५ ५ सम्म अतिरिक्त मात्रा लिन सक्तछन् । त्यसैले ज्यादा प्रोटिन लिन बाट क्यान्सर रोगीहरु हमेसा बच्नु र बरु ज्यादा प्रोटिनको सट्टा घ्यूफल (एभोकाडो),अलिभ, कोकोनट र अरु स्वस्थ तेलबाट क्यालोरी आवश्यकताको परिपुर्ति बढि स्वस्थकर साबित हुन्छ । के कस्ता कति खाद्य वस्तुबाट कति ग्राम प्रोटिन प्राप्त हुन्छ भन्ने जानकारीको लागि खाद्य वस्तुको चार्ट हेर्न सकिन्छ ।
क्यान्सर संगको लडाँइमा अत्यन्त शसक्त भुमिका खेल्ने अर्को चिज हो– भिटामिन सि र यस बिषयमा केन्दि«त भएर प्रसस्त अनुसन्धान भएका छन् र क्यान्सरलाई निवारण गर्ने यस्को बहुआयामिक भुमिका स्पष्ट भएको छ । यसले प्रथमतः शरीरको अम्लिय तहमा सुधार गरी पि.एच.लाइ क्षारिय पार्छ । फलतः अक्सिजन प्रवाहमा सुधार आउछ र क्यान्सरलाई प्रतिकुल परिस्थिती बन्दछ । त्यस्तै भिटामीन सि ले एकातिर हाइड्रोजन पेरोक्साइड निर्माण द्वारा कोषबृद्धिमा अबरोध गर्दै सोझै कयान्सरको मुकाबला गर्ने र अर्को तिर इन्टरफेरोन पैदा गरेर पनि क्यान्सरलाई बढ्न दिदैँन ।
अझ महत्वपूर्ण कुरा के छ भने भिटामीन सी ले प्रतिरक्षा सेल (डब्लु.बि.सि)मा प्रचुर बृद्धि गरेर नेचुरल किलर सेलको मद्दतले सोझैै क्यान्सरमा हमला गर्छ । एबं प्रकारले किमो र रेडिएशन लिइ रहेका बिरामीलाई औषधीका दुस्प्रभाब कम गरी सजिलो पार्ने र किमो र रेडिएशनको प्रभाबकारीतामा समेत यसले सुधार ल्याउँछ । यसका अतिरिक्त भिटामिन सि.ले हेभी मर्करी जस्ता बिषालु धातुलाई सुद्धिकरण समेत गर्ने बताइएको छ । यसबाट स्पष्ट हुन्छ, क्यान्सर संगको हाम्रो लडाइमा भिटामीन सि.को अहं भुमिका रहन्छ । फेरी कागती र अमला जस्ता साधारण र सहज उपलब्ध हुने वस्तुबाटै भिटामीन सी को आपूर्ती हूने र सरीरमा संचित भएर नरहने समेतका कारणले यसलाई अत्यन्त सुरक्षित भिटामीनको रुपमा लिने गरिन्छ ।
cancer यता, विश्वमा अत्यन्त सफल मानिएका वैकल्पिक क्यान्सर उपचार प्रोटोकलहरुमा समावेश गर्ने गरेको सेलेनियमले धेरै प्रकारका क्यान्सरको उपचारमा सकृय भुमिका खेल्ने र यस्को उचित आपूर्तीले क्यान्सरको संभाबना ६३ प्रतिशत सम्म कटौती गर्ने अनुसन्धानबाट खुलेको छ । खाद्य वस्तुमा यस्को मात्रा त्यहाँको जमिनमा मौजुद यसको मात्राले निर्धारण गर्ने कुरा हो । उत्तरी अफ्रिकाका ग्रामीण वस्तीका किसान समुदायमा क्यान्सरका घटना झण्डै सुन्यको बराबर हुनुमा त्यहाँको माटोमा सेलेनियमको आधिक्यता नै मूल कारण मानिन्छ । हाम्रो दैनिक सेलेनियम सरदर आबश्यकता ५५ माइक्रो ग्राम तोकिएको र ढिकीमा कुटेको चामल (ब्र्राउन राइस) नफलेको गहुँको पिठो (मैदा होइन),तिल, सुर्यमुखी र च्याउ आदिबाट सजिलै यस्को परिपुर्ती हुन सक्तछ । यस्ले क्यान्सर बाहेक थाइराइड ग्रन्थीलाई सूचारु गर्ने र एण्टि अक्सिडेन्ट सुरक्षा बढाउने अर्थात फ्रि रेडिकल नोक्सानीबाट सुरक्षा दिएर अरु कैयौँ रोगहरुबाट हामीलाई बचाउँछ र ज्यादै उपयोगी साबित हुन्छ ।
उपरोत बाहेक क्यान्सर रोकथाम र उपचारमा हाम्रा दैनिक जिबनमा आउने घरेलु खाद्य वस्तुको महत्व पनि कम छैन । यस्तो पहीलो वस्तु हा,े लसुन । लसुनका एण्टी ब्याक्टेरीयल गुणलाई लुइस पाश्चरले सन १८५९ मै कन्फर्म गरेका थिए । हृदय रोग देखि पाचनतन्त्र लगायतका कैयौँ रोगमा यसलाई अत्यन्त हितकारी मानिन्छ । अमेरिकी नेशनल क्यान्सर इन्स्टिच्यूटले यसलाई क्यान्सर बिरुद्धकोे शक्तिशाली तरकारी वा मसलाको रुपमा पहिचान गरेको छ । यसमा पाइने एलिसिन भनिने सल्फर कम्पाउण्डले शसक्तरुपमा क्यान्सर पैदा हुन रोक्ने र भै सकेको अवस्थामा बढ्न र अरु अङ्गमा फैलिनमा रोकबट ल्याउछ । पाचन अङ्गका क्यान्सरमा बिशेष उपयोगी मान्ने गरिए पनि अरु सबै प्रकारका क्यान्सरहरुमा समेत यसको उत्तिकै उपयोगीता पहिचान भएको छ । तर हेक्का रहनुपर्दछ,यस्तो एलिसिन भन्ने उपयोगी तत्व लसुनलाई टुव्रmाउदा वा पिनेर धुलो पार्दा मात्र बन्ने र सव्रिmय हुने गर्दछ र पकाउदा यसको औषधीय गूणमा कटौती आउछ ।
विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार यसको दैनिक अधिकतम उपभोग्य मात्रा २ देखि ५ ग्राम मात्र निर्धारित भएको छ । त्यस्तै कोलक्रोप्स या क्रुसिफेरस तरकारी समूहमा पर्ने बन्दागोभी, फूलगोभी र ब्रोकाउलीहरुले पनि क्यान्सर बिरुद्ध हाम्रो राम्रो प्रतिरक्षा गर्दछन् । यि मध्ये पनि ब्रोकाउली र अझ खासगरी यसका बिरुवा (स्प्राउट)मा इन्डोल –३ कार्बिनोल र सल्फोराफेन जस्ता फाइटो केमिकल्स पाइन्छन् जो क्यान्सर रोकथाममा प्रामाणिक नै हुन् । गोलभेंडामा पाइने लाइकोपेन र सि.भिटामीन पनि क्यान्सरमा उत्तिकै उपयोगी वस्तु मानिन्छन् । यता गाजर एण्टि अक्सिडेन्टको प्रचुर श्रोत हुंदै हो र यसले हाम्रो प्रतिरक्षालाई अत्यन्त मजबुत गर्दछ ।
यसबाट मिल्ने बिटा क्यारोटिन क्यान्सरको ज्यादै प्रभाबी उपचार साबित भएको छ र यसैको एउटा रुप रेटिनोलले आखाँको दृष्टि क्षमतालाइ बचाउनुका अतिरिक्त छालामा चाउरी पर्नबाट रोकेर असमयमै बुढो जस्तो देखिइने(एइजिङ्ग) प्रकृयामा समेत सुधार ल्याउछ । त्यसैगरी बिटा क्यारोटिनलाई हाम्रो शरीरले भिटामीन ए मा बदल्छ र यो पनि क्यान्सरको त्यतिकै प्रभाबी उपचार बन्छ । तर केही अध्ययनहरुबाट धु्रमपान गर्नेहरुमा ठूलो मात्राको बिटाक्यारोटिनले फोक्सोको क्यान्सरको संभाबना बढाइदिएको पाइएको छ ।
त्यस्तै कुरीलो पनि डाइटरी फोलेट र एण्टी अक्सिडेन्टको एउटा राम्रो श्रोत हो र यसको जरा र डाँठको स्यापोनिनले संव्रmमणलाई रोक्ने र क्यान्सर उपचारमा राम्रो सहयोग गर्छ । यसको ४ टेबुल चम्चा दिनमा १ पटक क्यान्सरको रोकथाम र त्यति नै मात्रा दैनिक २ पटक यसको उपचारमा प्रयोग गरेको पाइन्छ । अनि बेसारमा पाइने ककर््यूमिनले घाउ र संक्रमणमा राम्रो काम गर्ने भएकाले सदियौँ देखि घरेलु रुपमा यसको प्रयोग हुँदै आएको छ । यसले ग्रोथ फ्याक्टरलाई नै रोकेर क्यान्सर निराकरणमा अत्यन्त राम्रो काम गर्ने र मस्तिष्क ट्युमरमा चाहीँ यो अझ बेजोड प्रभाबोत्पादक हुने बताइन्छ ।
बेसारको प्रयोगले खानाबाट अरु भिटामीन ,पोषकतत्व र इन्जाइमलाई अवशोषण गरेर लिनमा पनि थप बल मिल्ने भए पनि यसको प्रतिदिन २.५ देखि ३ ग्राम भन्दा बेसी मात्राले शरीरमा ज्यादा गर्मी गर्ने संभाबनालाई इन्कार गर्न सकिन्न ।
त्यस्तै अदुवाको प्रयोगले आश्चर्यजनक रुपले क्यान्सर सेलहरुलाई झुक्याएर एक अर्कालाई नै समाप्त गर्ने आत्मघात (अपोप्टसी) तर्फ प्रेरित गर्दछ भने ग्रीन टि मा पाइने पोलिफेनोलले पनि क्यान्सरको नियमित आत्महत्याको यहि प्रकृयालाई नै तिव्र पार्ने र अरु धेरै शारीरिक र स्नायविक रोगहरुमा समेत आराम गर्छ । तर वाञ्छित नतिजाको लागि दैनिक कम्तिमा ५ कप ग्रिन टि नियमित पिउनु पर्ने विशेषज्ञहरुको सुझाब छ ।
भुंईकटहर आफैँमा क्यान्सरको एउटा बेजोड उपचार मानिन्छ र यसमा पाइने व्रोमिलेन भन्ने इन्जाइमले क्यान्सर सेललाई लुकाउने झिल्लीलाई पगालेर त्यसलाई हाम्रो प्रतिरक्षाको नजरमा ल्याइदिन्छ । अनि, खाद्य च्याउको बिषयमा २०१३ मा बासिङ्गटनमा बिश्व शिखर सम्मेलन नै भइसकेको छ र यसका ब्यापक औषधीय बिशेषता उजागर मात्र भएका छैनन् हाम्रा तमाम रोगहरुमा यसबाट बिलक्षण लाभ पुग्ने देखिएको छ । क्यान्सर अनुसन्धान र उपचारमा संसारकै अग्रणी क्यालिफोर्नियाको सिटि अफ होपका बैज्ञानिकहरुले बृहत अनुसन्धानबाट प्रकाशमा ल्याएका च्याउका क्यान्सर प्रतिरोधी गूणहरुका अतिरिक्त बिशेषत रातो च्याउ (रेसी, गानोदर्मा) लाई लिएर यस्ता सकारात्मक नतिजाको दाबी गरिएको छ कि उपयोगीताका दृष्टीले यसलाई अमृत समान मान्न सकिन्छ । तर जङ्गली च्याउका केही प्रजाती अत्यन्त बिषालु हुने हँुदा उपयोग गर्नु अघि पहिचानमा स्पष्टताको खाँचो रहन्छ ।
त्यसैगरी कालो अङ्गुरमा हुने बायोफ्लेभोनाइड, एलेजिक एसिड र अझ खासगरी रेस्वेराटोल जस्तो पोषक तत्वले क्यान्सर विरुद्ध धेरै राम्रो काम गर्दछ । यसले क्यान्सर र त्यसमा पनि रक्त क्यान्सरहरुमा किमोथेरापीले छुन नसकेका क्यान्सर सेलहरुलाई पनि लक्षित गर्ने खुबी राख्दछ जसरी अनारमा पाइने प्यूनिकालजिन भन्ने तत्वले धेरै प्रकारका क्यान्सर र अझ खासगरी प्रोस्टेट क्यान्सरमा प्रभाव देखाउछ ।
क्यान्सरको एउटा महत्वपूर्ण कारणमा बजार इलाकामा आपूर्ती हुने खाने पानीमा सुद्धिकरणको नाममा मिसाइएको क्लोरिन र फ्लोराइड पनि हो । पानी सुद्ध गर्ने भनिएका यि रसायन हितकारी भएर नभई सस्तो भएकै कारणले सर्वत्र व्यापक चल्तिमा छन् । यस्तो पानी प्रयोगबाट सधैँ वच्ने र अनिबार्य अवस्थामा पिउनु अघि यस्तो पानीमा आधाघण्टा सुन्तलाका बोक्रा भिजाइ सुद्ध गर्ने र नुहाउने प्रयोजनको पानीको हकमा भिटामीन सि का चक्की द्वारा उपचार गरेर पनि सुद्धिकरण गर्न सकिन्छ ।
त्यसैले पनि फ्रान्समा पानी सुद्धिकरणका लागि क्लोरिनेशन नगरी ओजोनेशन गरिन्छ र सबैलाई थाह छ संसारमा ज्यादै थोरै क्यान्सर रोगी भएका मुलुक मध्ये फ्रान्स पनि एउटा हो ।अन्तमा सेतोनुनको सट्टा गूणकारी सिधेनूनलाई प्रयोग गर्ने र दैनिक २.५ लिटर पानी नियमित पिउने बानी बसालेर सरीरका प्रणालीलाई चुस्त दुरुस्त राख्नु पनि क्यान्सरको सन्दर्भमा त्यतिकै जरुरी छ ।
माथिका सबै छलफलहरुलाई समेटेर एउटै कुरा भन्न सकिन्छ –क्यान्सरले अरु नभएर खानपानलाई मात्र सुन्छ र टेर्छ । धेरै पकाइएको एवं चिनी र मासु प्रचुर भएको खानाले क्यान्सर निम्त्याउछ भने यस्को उल्टो प्रशोधन नभएको र थोरैमात्र पकाइएको प्राकृतिक खानाले क्यान्सरलाई भगाउँछ । क्यान्सरलाई बिषाक्त औषधी र पिडादायी बिधीबाट निकोपार्ने धृष्टता नै हाम्रो सबैभन्दा गंभिर र महङ्गो भूल हुने गरेको छ ।

###
0 comments
Write Down Your Responses