मोदीको यस्तो छ काठमाडौंमा व्यस्त तालिका
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर ९ । सार्क शिखर सम्मेलनका लागि काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौंमा व्यस्त तालिका रहेको छ ।
मोदी र प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार (आज) दिउँसो वीर अस्पतालसँगै रहेको भारतीय सहयोगमा निर्मित ट्रमा सेन्टरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि मोदीले नेपाली सेनालाई १४ सिटर फाइटर हेलीकप्टर हस्तान्तरण गर्नेछन् ।
त्यसलगत्तै मोदी र कोइरालाको उपस्थितिमा सिंहदरबारमा ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना विकास सम्झौता हुने छ ।
मंगलबारै प्रधानमन्त्री कोइराला र उनका समकक्षी मोदीले काठमाडौं–दिल्ली सीधा बस सेवाको पनि सुरुआत गर्नेछन् ।
त्यसपछि मोदीले शीतलनिवासमा राष्ट्रपति रामवरण यादवसँग भेटवार्ता गर्नेछन् भने साँझ अबेरसम्म होटल सोल्टीमा विभिन्न दलका नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

###
0 comments
Write Down Your Responses