सभाध्यक्षले भने–‘दलहरुबीच सहमति नभए कानुनअनुसार निर्णय लिन्छु’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष १४ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुबीच सहमति नभए आफूले संविधान र कानुनअनुसार निर्णय लिने स्पष्ट पारेका छन् ।

संविधानसभाको सोमबारको वैठकमा एमाले सभासद सुरेन्द्र पाण्डेले निर्धारित मितिमै संविधान जारी गराउन सभाध्यक्ष पनि गतिशील हुनुपर्ने आग्रह गरेपछि नेम्वाङले दलहरुको छलफलबाट सहमति भएन भने आफूले नियमावली, कानुन र संविधानअनुसार जे गर्नुपर्ने हो त्यो गर्ने बताएका हुन् ।

पाण्डेलगायतका सभासदले संविधानका विवादित विषयमा सदनमा छलफल हुनुपर्ने माग गरेकोमा सभाध्यक्ष नेम्वाङले दलका नेताहरुले उक्त विषयमा छलफल नगराउन आग्रह गरेको भन्दै ती विषयमा प्रवेश नगर्न सभासदहरुलाई सुझाव दिए ।

बैठकमा सभासदहरुले सविधान निर्माणका विषयमा शीर्ष नेताहरुको भूमिकाको आलोचना गरेका थिए । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z