नेताहरु एउटा हड्डीका लागि लड्ने कुकुर जस्तो : नेत्रविक्रम (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष ११ । वैद्य माओवादीबाट फुटेको नेकपा माओवादीका नेता नेत्रविक्रम चन्दले देशमा अहिले प्रतिक्रान्ति भैरहेको दाबी गरेका छन् ।
माओवादी जयन्तीको अवसरमा राजधानीको खुलामन्चमा आयोजित आमसभालाई शुक्रबार सम्बोधन गर्दै उनले प्रतिक्रान्तिविरुद्ध सबै राष्ट्रवादी शक्तिहरु एक हुनुपर्ने बताए । चन्दले संक्रमणकालको फाइदा विदेशीले लिएको भन्दै नेपाली नेताहरु लाचार बनेको आरोप पनि लगाए ।
दशौँ हजार जनताले बगाएको रगतको जवाफ पुष्पकमल दाहाल, मोहन वैद्य, बाबुराम भट्टराईले नदिएको भन्दै आफूहरुले ठूला ठानेका नेताहरु सत्ता लिप्सामा लिप्त भएको आरोप लगाए ।
नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै उनले ‘नेताहरु एउटा हड्डीका लागि लड्ने कुकुर जस्तो’ बनेको आरोप पनि लगाए ।

###
0 comments
Write Down Your Responses