मलेसियामा ४० नेपाली युवा दुर्इ महिनादेखि अलपत्र
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
रोजगारीका सिलसिलामा मलेसियामा पुगेका धौलागिरिका चारसहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका ४० जना नेपाली दुर्इ महिनादेखि मलेसियामा अलपत्र परेका छन् ।
गत कात्तिक १९ गते काठमाडौँ सामाखुसीको डोसलिङ म्यानपावर कम्पनीबाट मलेसिया पुगेका म्याग्दीको बेनी नगरपालिका–३ ज्यामरुककोट बिमिराबोटका राजन थापा, भकिम्ली–२ का मानबहादुर सार्की, सोही ठाउँकै रामबहादुर जिसी अलपत्र परेका हुन् ।
त्यसैगरी बागलुङको गल्कोट हरिचौरका सुमन निउरेसहित ४० जना नेपाली काम नपाएर मलेसियाको दामनसरामा ५७ दिनदेखि भोकभोकै रहेको मलेसियाबाट टेलिफोनमार्फत राजन थापाले जानकारी दिए ।
बुधबार बिहान मोबाइलमार्फत थापाले जानकारी गराउँदै आफूहरुको अवस्था अत्यन्त नाजुक रहेकाले उद्धारका लागि सम्बन्धित निकायलाई जानकारी गराइदिन अनुरोध गरे ।
'हामी दुई महिनादेखि अर्काको देशमा काम नपाएर अलपत्र परेका छौँ, साथमा पैसा नहुँदा भोकभोकै बस्नुपरेको छ', उनले भने, 'हामी आएको मेनपावर कम्पनीमा खबर गर्दा कुनै प्रतिक्रिया दिँदैन, अब हामीले के गर्ने ?' थापाले भने ।
सामाखुसीस्थित डोसलिङ म्यानपावर कम्पनीका एजेन्ट लोकबहादुर थापामार्फत मलेसियाको दामनसरास्थित भिपेर फोर्स कम्पनीमा पुगेका उनीहरुलाई कम्पनीले काम दिएको छैन । रासस

###
0 comments
Write Down Your Responses