सात बर्षीया बालिका विमान दुर्घटनामा एक्लै बाँचेपछि...
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष २० । अमेरिकाको केन्टकी राज्यमा प्लेन दुर्घटनामा परेर बाँचेकी सात वर्षीया एक बालिकाले आफ्नै आमाबाबु मरेको खबर अरुलाई सुनाएर उद्धारका लागी आग्रह गरेको खबरले सनसनी मच्चिएको छ ।
उनीसहित परिवारका सदस्य चढेको निजी विमान दुर्घटना भएपछि यो खबर सुनाउन उनी डेढ किलोमिटर टाढाको एक घरमा ढोका ढक्ढकाउन पुगेकी थिइन् ।
घरको ढोका ढक्ढकाउँदै उनले आफ्ना आमाबाबु प्लेन दुर्घटनामा परेर मरेको खबर सुनाएको घरवाला ल्यारी विल्किन्सले जानकारी दिएका छन् ।
उक्त साहसी बालिकाले प्लेन दुर्घटना भएको खबर दिएपछि बल्ल प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलबाट प्रहरीले बालिकाका आमा–बाबु, दिदी र एक जना नातेदार दिदीको शव फेला पारेको छ ।
विमान चालकले विमानको इञ्जिनमा खराबी आएको सूचना दिएपछि विमान सम्पर्कविहीन भएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z