संघर्षको तयारी गर्न गाउँ जान एमाओवादीको निर्देशन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कोइराला, ओली र सिटौला सहमतिका बाधक’
काठमाडौं, माघ १५ – एकीकृत नेकपा माओवादीले अहिलेको अवस्थामा संवादमा फर्किने नसक्ने निश्कर्ष निकाल्दै सबै नेताहरुलाई संघर्षको तयारी गर्न गाउँ फर्किन निर्देशन दिएको छ ।
आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकमा अग्रगामी एजेण्डाको हत्या गर्न खोजिएको ठहर गर्दै केन्द्रीय सदस्यहरुलाई गाउँमा पुगेर आन्दोलनको तयारीमा जुट्न निर्देशन दिएको हो ।
आजको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले अहिलेसम्मको वार्ताको प्रक्रियाको बारेमा केन्द्रीय सदस्यहरुलाई जानकारी दिएका थिए ।
उनले सहमति नजिक पुग्न लाग्दा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भाँड्ने गरेको केन्द्रीय सदस्यहरुलाई बताएका थिए ।
प्रचण्डको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले रातोपाटीलाई भने, ‘ठूलो संघर्षबाट प्राप्त भएको उपलब्धि गुम्ने खतरा छ । यस्तो अवस्थामा वार्तामा जान सकिन्न । अब संघर्षको तयारीका लागि पुनः जनताकोमा जानुपर्छ । अग्रगामी एजेण्डाको हत्या गर्न खोज्दा मुकदर्शक बन्न सकिँदैन ।’ उनले सबै नेताहरुलाई गाउँ–गाउँ गएर प्रशिक्षण कार्यक्रमहरु चलाउने निर्देशन दिएको जानकारी दिए ।
‘हामीलाई जनयुद्धको बेला सिद्धाउन खोजेकै हो । शान्तिकालमा पनि सखाप पार्न खोजिँदैछ,’ प्रचण्डले भने, ‘विस्तृत शान्ति सम्झौताअनुसार हामीले सेना समायोजन गर्यौं तर उनीहरुले अग्रगामी संविधान र सत्य निरुपण मेल मिलाप गठन गर्न चाहिरहेका छैनन् ।’
प्रचण्डले फागुन १६ गते राजधानीमा हुने जनसभालाई केन्द्रीत भएर तयारी गर्न निर्देशन दिएको ती केन्द्रीय सदस्यले बताए ।
आजको बैठकमा जिल्लाका इन्चार्जहरुले पनि आआफ्नो रिर्पोटिङ गरेका थिए । उनीहरुले कार्यकर्तामा उत्साह देखिन थालेको बताउँदै आफ्नो गल्तीहरु स्वीकार गर्दै जनताको गयो भने अझै पनि संघर्ष गर्न सकिने बताएका थिए । उनीहरुले गाउँबाटै संघर्षको शुरुवात गर्न सकिने रिपोर्टिङ गरेका छन् ।
भोली शीर्ष नेताहरुको बैठक बस्ने र पर्सी पुनः केन्द्रीय समितिको बैठक बस्ने गरी आजको बैठक सकिएको छ ।

###
0 comments
Write Down Your Responses