संविधानसभा प्रतिगामीले अपहरण गरेः बाबुराम (अडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आत्मसमर्पण गरेर वार्तामा बसिन्न
काठमाडौं,माघ १५–एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले संविधानसभालाई यथास्थितीवादी र प्रतिगामीहरुले अपहरण गरेको आरोप लगाउँदै जनताले संघर्ष गरेर त्यसलाई मुक्त गर्नुपर्ने बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भने,‘ गत माघ एघार गते बलमिच्याई गरेर सभाध्यक्षबाट सहमतीको प्रक्रिया तोड्ने काम भयो,अब त्यो अपहरित संविधनसभालाई जनसंघर्षमार्फत खोस्न नसके देशको राजनीति अर्कै बाटोमा मोडिन्छ ।’
माघ ११ को घटनाले नेपालको राजनीति जटिलतातर्फ प्रवेश गरेको उल्लेख गर्दै भट्टराईले भने ‘अब तत्काल सहमती बन्ने स्थिती देखिँदैन ।’
नेपालको संविधान निर्माण विगतको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियाको अंग भएकाले संविधासनभावाटै संविधान बन्नु नेपालीको लागी हितकारी भएको भन्दै भट्टराईले भने, ‘शान्ति सम्झौताका सरोकारवालाहरुको बीचमा एउटा समझदारी बन्नु आश्यक र अनिवार्य छ ।’
‘संवाद समितीको सभापतिको हैसियतले मैले थुप्रै औपचारीक अनौपचारीक सहमतीका प्रयत्नहरु गरें, संविधानका सवै विवादीत विषयमा मैले विकल्पहरु प्रस्तुत गरेँ । राज्य पुन संरचनाको सवालमा १०,९,८ मध्येबाटै प्रदेश निर्धारण गर्दा उपयुक्त हुने कुरा गरेको भएपनि कांग्रेस–एमाले त्यसमा चासो नदेखाएर बहुमतीय प्रक्रियावाट गए,’ भट्टराईले भने ।
सत्तापक्षले विगतका संझौता तोड्दै मुडेबल प्रदर्शन गरको भन्दै भट्टराईले भने, ‘हिजोका आन्दोलनकारी पक्ष फेरी आन्दोलन या जनताको बीचमा जानुको विकल्प छैन, यो बाध्यात्मक अवस्था पनि हो ।’ सत्ताधारीले दम्भ प्रदर्शन नगरीकन कमजोरी सच्याएमा सहमतीको झिनो संभावना रहेको संकेत गर्दै भट्टराईले भने ‘बल सत्ता पक्षको कोर्टमा छ, उनीहरुले आन्दोलनका सहयात्रीलाई बाईपास गरे भने स्थिती जटिल हुन्छ ।’
त्यस्तै सत्ताधारी दलहरुले माघ एघारको कदम फिर्ता नलिए सम्म आफुहरु बार्ताको टेवलमा नबस्ने भन्दै भट्टराईले भने ‘बलमिच्याईं गरिरहने अनि वार्तामा बसौं भन्नुको अर्थ आत्मसमर्पण गराउन खोजेको हो, त्यसैले आत्मसमर्पण गरेर बार्तामा बसिन्न ।’
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z