फेरि उकालो लाग्यो घरजग्गाको कारोबार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं,माघ १६ – आधा दशकदेखि निरन्तर ओरालो लागेको घरजग्गा कारोबारले पुनः गति लिन थालेको छ । कारोबार बढेपछि गत आवको तुलनामा यो वर्षका ६ महिनामा रजिस्ट्रेसन दस्तुर दोब्बर संकलन भएको छ । आव ०६६–६७ पछि चालू वर्षका ६ महिनामा सबैभन्दा बढी राजस्व संकलन भएको हो । ०६० देखि तीव्र गतिमा बढेको घरजग्गा कारोबार राष्ट्र बैंकको कडाइसँगै आरोलो लागेको थियो । केन्द्रीय बैंकले २०६६ पुसमा बैंक –वित्तीय संस्थालाई घरजग्गा कर्जामा अंकुस लगाएपछि यो व्यवसायले निरन्तर मन्दी खेप्दै आएको थियो । गत वर्षदेखि घरजग्गा कारोबारमा सुधार आए पनि चालू वर्षदेखि यसले पुनः गति लिएको भूमिसुधार विभागका योजना शाखा अधिकृत राजु बस्नेत बताउँछन् । विभागका अनुसार पुससम्म ४ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको आजको कारोबार दैनिकमा खबर छ ।
###
0 comments
Write Down Your Responses