प्रधानमन्त्रीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भैरहवा : भैरहवामा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार शिलान्यास गरेका छन् । नेपालकै दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थलको प्रम कोइरालाले शिलान्यास गरेपछि निर्माण शुरु भएको छ ।


शिलान्यासपछि औपचारिकरूपमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण थालिएको हो । चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभियसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले यसको निर्माणको जिम्मेवारी पाएको छ । निर्माण कार्य सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्नुपर्ने सर्त छ।

 ६ अर्ब २२ करोड रुपैयाँमा यसको निर्माण गरिनेछ। निर्माता कम्पनीले यसको लागत ६ अर्ब ३० करोड रुपैयाँ अनुमान गरेको छ। यसका लगानीकर्ता एसियाली विकास बैंक (एडीबी), पेट्रोलियम पदार्थ विक्रेता राष्ट्रहरूको समूह ओपेकको अन्तर्राष्ट्रिय सहयोग नियोग (ओएफआईडी) र नेपाल सरकार छन् ।

यसका लागि एडीबीले पाँच करोड ८५ लाख अमेरिकी डलर र ओएफआईडीले एक करोड ५० लाख डलर ऋण एवं अनुदान उपलब्ध गराउने भएका छन्। आंशिक योगदान निर्माता कम्पनीले पनि गर्ने भएको छ।

 स्तरोन्नतिपछि यो विमानस्थल तीन हजार मिटर रनवे क्षमताको हुनेछ। २०१८ मा व्यावसायिक सञ्चालनपछि स्वदेशी र विदेशी गरी वार्षिक साढे चार लाख पर्यटकले लुम्बिनी भ्रमण गर्ने सर्वेक्षण छ। क्रमश: १० वर्षमा यो संख्या बढेर १० लाख पुग्ने सर्वेक्षण छ।

 सन् २०३० मा दोस्रो चरणको विस्तार गरी वार्षिक ६० लाख पर्यटकको भार थेग्न सक्ने बनाउने योजना छ। पहिलो चरणमा नयाँ रनवे, निकास, समानान्तर ट्याक्सी मार्ग र पैदलमार्ग, एयरक्राफ्ट पार्किङ, ढल, सुरक्षा पर्खाल, घाघरा खोलाको डाइभर्सन आदि पूर्वाधार निर्माण गरिने छ।

१० वर्षपछि गरिने दोस्रो चरणको स्तरोन्नतिपछि वार्षिक ६० लाख पर्यटक धान्न सक्नेछ। यो काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताभन्दा १५ लाख बढी भएको आयोजना प्रमुख भण्डारीले बताए।

शिलान्यासपछि पहिलो चरणमा विमानस्थलको तीन हजार मिटरको धावन मार्ग, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टमिर्नल भवन, टावर, प्रशासकीय भवन, आन्तरिक तथा बाह्य कम्पाउन्डको सडक, एअरकार्गो भवन, सुरक्षा पोस्ट भवन, विमानस्थल सडक र घाघरा नदी डाइभर्सन लगायतका निर्माणका काम हुनेछन् । 
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z