भेरीमा फेरी बन्द, सर्वसाधारणलाई सास्ती
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जाजरकोट- १० दिन देखि भेरी नदीमा चल्ने फेरी विग्रदा छिन्चु जाजरकोट सडकमा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती भएको छ। भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि १० वर्ष देखि निर्माण कार्यमा ढिलाइ भएर अलपत्र जस्तै रहेको भेरी पुलको निरीक्षण गर्न गएकै दिन पुस १० गते विग्रिएको फेरी अहिले सम्म पनि बनेको छैन।
पुल निर्माणको विषयलाई लिएर जाजरकोटवासीले चर्को विरोध गरेपछि पुल निर्माणको अवस्था अनुगमन गर्न मन्त्री निधी सहितको टोली राकम पुगेको थियो। संयोगले मन्त्री निधी पुगेकै दिन फेरी विग्रीएको थियो। विगत १८ वर्ष देखि पुलको विकल्पमा भेरी नदीमा सवारी साधनहरु वारपार गराउनका लागि सन्चालित फेरी सन्चालनका लागि चलाइने जेनेरेटरको इन्जीन विग्रीएका कारण १० दिन देखि फेरी वन्द भएको हो। फेरी नचल्दा विशेष गरि जाजरकोट सुर्खेत र सल्यानका सर्वसाधारणले सास्ती पाएका छन्। गत १० वर्ष देखि उक्त स्थानमा निर्माण कार्य थालिएको भेरी पुल सरकारी वेवास्ताका कारण वेवारिसे जस्तै वनेपछि स्थानीयहरु सडक यात्राका लागि फेरीको भरमा नदी वारपार गर्दै आएका छन् । वर्षातका कारण जेठ देखि पुस सम्म ७ महिना वन्द हुने उक्त फेरी अन्य वेला ५ महिना पनि नियमित रुपमा चल्दैन। फेरी सञ्चालक चन्द्रवहादुर थापाले एक हप्ता अघि फेरी चलाउने मेसिन मर्मतका लागि सुर्खेत लिएर गएको र अझै नफर्केका कारण समस्या परेको इलाका प्रहरी कार्यालय राकम सुर्खेतका प्रहरी नायव निरीक्षक नरेन्द्र विक्रम शाहीले बताए। उनले फेरी नचलेका कारण स्थानीयहरु राकम देखि सल्ली सम्म पैदल यात्रा गर्न वाध्य भएको बताए। राकम पुगेका वेला मन्त्री निधीले आगामी असार मसान्त भित्र पुल निर्माणको काम सक्ने प्रतिवद्धता जनाएका थिए । आव २०६१ देखि दुई वर्ष भित्र निर्माण कार्य सक्ने भनेर सुरु गरिएको उक्त पुल ठेकेदार र सरकारी निकायको जुहारीका कारण अलपत्र परेको थियो।

###
0 comments
Write Down Your Responses