पहिले कस्ता थिए अहिलेका चर्चित कलाकार ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मुम्बई । हलिउडदेखि बलिउडसम्ममा नायक नायिका फिगरमा एक खालको आकर्षण हुन्छ । दर्शकलाई आफुतिर तान्न पनि पनि ज्यानलाई आकर्षक बनाउँछन् कलाकार ।  अहिले पर्दामा देखिने तिनै कलाकार पहिला कस्ता थिए ? ‘टाइम्स अफ इण्डिया’ ले केही कलाकारका वारेमा खोजी गरेको छ ।
उक्त पत्रिकाको खोजी अनुसार न्युड फोटो खिचाएर चर्चामा आएकी शर्लिन चोपडा निकै सोझी थिइन् भने लुरे अजय देबगण पछि मात्रै एक्सन किङ भएका हुन् ।
सोझी शर्लिन

शर्लिन चोपडाको पुरानो तस्बिर हेर्ने जोसुकैले अहिलेको उनको स्वरुपवारे अनुमानै गर्न सक्दैन । सामान्य र सोझी जस्ती देखिने शर्लिन अहिले बलिउडमा ‘प्लेब्वाइ गर्ल’का रुपमा चिनिन्छिन् । उनका समुन्द्रको किनारमा बसेर बिकनीमा खिचिएका तस्बिर छ्यासछ्यास्ती भेटिन्छ ।
sherlyn chopra
शर्लिन चोपडा
बिबाहपछि घर गृहस्थीमा रमाएकी शिल्पा शेट्ठी एक छोराकी आमा समेत हुन् । अहिले औपचारिक कार्यक्रममा प्रस्तुत हुँदा सभ्य ड्रेसअपमा प्रस्तुत हुने शिल्पा विभिन्न टेलिभिजन कार्यक्रममा सहभागी हुँदा पनि ड्रेसमा निकै ख्याल गर्छिन् । तिनै शिल्पा कुनै बेला बलिडकी सेक्सी आइटम गर्लका रुपमा चिनिन्थिन् ।
राखी सावन्त पनि वलिउडमा प्रवेश गरेपछि ‘हट’ भएकी हुन् । चलचित्र र अन्य औपचारिक कार्यक्रममा समेत उत्तेजक भएर प्रस्तुत हुन चाहने राखी कुनै वेला सभ्य युवतिको रुपमा चिनिन्थिन् ।
सामान्य स्वरुपमा अभिनयमा प्रवेश गरेकी थिइन् श्रुति हसन । पछिल्लो समय श्रुतिले पनि चर्चामा आउनका लागि हट एण्ड सेक्सी पोजको सहारा लिन थालेकी छिन् ।

श्रुति हसन
राम्री हुन प्लाष्टिक सर्जरी

उत्तेजक पोजकै कारण बलिउडमा चर्चामा आउने योजना तुहिएपछि कोयना मित्राले आफ्नो शैलीमा मात्रै परिवर्तन गरिनन्, अनुहारको प्लाष्टिक सर्जरी समेत गरिन् ।
एक्सन किङ मानिने अजय देबगणका अभिनयमा प्रवेश गर्दा ताकका तस्बिर अहिलेको भन्दा विल्कुल फरक छ । निकै पातलो ज्यानका अजयले एक्सरसाइज गरेर आफ्नो ज्यान कसिलो बनाएका थिए ।
कोयना मित्रा
कोयना मित्रा
अहिलको हट एक्ट्रेस मानिने मिनिषा लम्बा पनि सोझी युवतीकै छवीका साथ फिल्म नगरी प्रवेश गरेकी थिइन् । मिनिषा अहिले कपडा छोट्याएरै प्रतिस्पर्धा गर्दैछिन् ।
अमेरिकाको लस एन्जल्समा जन्मिएकी किम कार्दाशीनि अहिले ‘बोल्ड एण्ड ब्यटि’ का रुपमा चिनिन्छिन् । तर, यी नायिका १३ वर्षको उमेरसम्म निकै सामान्य थिइन् । यो रुपमा प्रस्तुत होलिन् भन्ने अनुमान धेरैले गरेका थिएनन् ।
टेक्सासमा जन्मिएकी सेलेना गोमेज पनि आम किशोरीजस्तै थिइन् । अहिले हलिउडकी महंगी कलाकार मानिने गोमेज अभिनयमा प्रवेश गरे लगत्तै बोल्ड हुँदै गएकी थिईन् ।
मेगन फक्स अहिले सेक्सी पोजको बिम्ब जस्तै मानिन्छिन् । म्यक्सिम, रोलिङ स्टोन, एफएचएफ जस्ता म्यागजिनमा तस्बिर छापीएपछि उधुम मच्चाएकी यी नायिका कुनै बेला निकै सोझी थिइन् ।
टेलर स्विफ्टको तस्बिर हेरेरै थाह हुन्छ उनी कसरी समयअनुसार परिवर्तन हुँदै गइन् । कुनै बेला वानपिसमा लजाउने यी नायिकाको बिकिनी पोज अचेल सामान्य बनेको छ ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z