यि हुन् ‘उत्कृष्ट’ १० सभासद, केसी पहिलो, ओली दशौं
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, माघ १ । अनलाइन भोटिङको आधारमा छनोट भएका १० ‘उत्कृष्ट’ सभासदको नाम सार्वजनिक गरिएको छ । ‘न्यूजभित्ता’ अनलाइन पत्रिकाले अनलाइन भोटिङको आधारमा विहीबार १० ‘उत्कृष्ट’ सभासदको नाम सार्वजनिक गरेको हो ।
‘उत्कृष्ट’ १० सभासदमा कांग्रेस सभासद अर्जुननरसिंह केसीले पहिलो स्थान ओगटेका छन् भने दोस्रो स्थानमा गगन थापा छन् ।
यसैगरी, विकास लम्साल, डा. बाबुराम भट्टराई, गोकर्ण विष्ट, चन्द्र भण्डारी, चित्रबहादुर केसी, कमल थापा, रविन्द्र अधिकारी र केपी ओली क्रमश तेस्रो, चौथो, पाँचौ छैटौं, सातौ, आठौ, नवौ र दशौ स्थानमा छन् ।
‘उत्कृष्ट’ १० सभासदमा एमालेका चार, कांग्रेसका तीन तथा राप्रपा नेपाल, जनमोर्चा नेपाल र एमाओवादीका १–१ जना सभासद छन् ।
राजधानीमा आयोजित कार्यक्रममा ‘उत्कृष्ट’ सभासद छनोट भएका कांग्रेस सभासद अर्जुननरसिंह केसीले ‘आफूहरुप्रति देखाएको विश्वासलाई कमजोर हुन नदिने’ बताए ।
कांग्रेस सभासद केसीले लोकतान्त्रिक विधिअनुसार संविधान जारी हुनुपर्नेमा जोड दिँदै ‘फास्ट ट्र्याक’ विधि उपयुक्त नहुने धारणा राखे ।
कार्यक्रममा ‘उत्कृष्ट’ ठहरिएका अन्य सभासदहरुले जनभावनाअनुसार संविधान जारी गर्न भूमिका खेल्ने बताएका थिए । कार्यक्रममा ‘उत्कृष्ट’ सभासदहरुलाई सम्मान गरिएको थियो ।

###

0 comments
Write Down Your Responses