बन्दले जनजीवन प्रभावित, विभिन्न स्थानमा सवारी साधन तोडफोड, बन्दको विरोधमा प्रदर्शन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं-एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चा, नेकपा-माओवादी र पदमरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले आज आह्वान गरेको बन्दको कारण राजधानीलगायत देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ।
राजधानीमा बिहानैदेखि आयोजकले बन्दको समर्थनमा विभिन्न स्थानमा जुलुस निकालेका छन्। फाट्टफुट्टबाहेक बन्दका कारण सवारीसाधन चल्न सकेका छैनन्।
प्रहरीका अनुसार विभिन्न ठाउँमा बन्दकर्ताले पार्किङ गरी राखेका बस र ट्याक्सी तोडफोड गरेका छन्। समाचार सङ्कलनमा गएका सञ्चारकर्मीलाई समेत अवरोध पुर्या एका छन्। सवारीसाधन तोडफोडमा संलग्न १८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता हेमन्त पालले राससलाई जानकारी दिए।
राजधानीको बिजुलीबजारमा युएनको ७१०२२३ नम्बरको मोटरसाइकल बन्दकर्ताले तोडफोड गर्दै गरेको दृश्य खिच्दै गरेका एसोसिएट प्रेस (एपी)का पत्रकार उपेन्द्रमान सिंहमाथि कुटपिटसमेत गरेका छन्।
त्यसैगरी, नागरिक संवाददाता सागर घिमिरेका अनुसार ढुंगेधारामा बन्दकर्ताले आज बिहानै एउटा ट्याक्सीमा आगजनी गरेका छन्।
पर्वत संवाददाता छविलाल तिवारीले दिएको जानकारी अनुसार आजको बन्दका कारण पर्वतको जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सवारीसाधन, बजार, शैक्षिकसंस्था, उद्योगधन्दा ठप्प छन्। बन्दकर्ताले बिहानै नाराबाजीसहित र्यादली निकालेका छन्।
यसैबिच एमाले निकट युवा संघले भने बन्दको प्रतिकार गर्ने तयारी गरेको छ। संघले सदरमुकाम कुश्मामा बन्दको बिरोधमा मोटरसाइकल र्याोली निकाल्ने तयारी गरेको युवासंघका एक जिल्ला नेताले बताए।
यता सिरहामा बन्दकर्ताले पूर्व–पश्चिम राजमार्गको मिर्चैया नगरपालीकाको परिहारपुर चौकमा आज बिहान ९ बजे बन्दकर्ताले कान्तिपुर पत्रिकाको गाडिमा आगजनी गरेका छन्। विराटनगरबाट पत्रिका लिएर जनकपुरतर्फ गइरहेको बा९च ५८५० नम्बरको गाडी रोकी तोडफोडपछि आगो लगाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर हरि खतिवडाले बताए।

###
0 comments
Write Down Your Responses