घेराउ र नाराबाजीले बन्धक भयो संविधानसभा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
घेराउ गर्नेहरुसँग सभाध्‍यक्षको प्रश्‍न :  माघ ८ मा जनतालाई के जवाफ दिने ?

काठमाडौं : संविधान लेखनको प्रक्रिया अघि बढ्न नदिन एमाओवादी तथा मधेसी मोर्चाले आज पनि संविधानसभामा अवरोध गरेका छन्।सभाध्यक्षले पौने १२ बजे  बैठक सुरु भयो भन्न नपाउँदै बुधबार पनि एमाओवादी तथा मधेसी मोर्चालगायतका सभासदहरु दौडेर रोष्‍ट्रम घेराउ गर्न पुगेका थिए र  नाराबाजी सुरु गरे।

दस मिनेट जति घेराउ र नाराबाजीपछि संविधानसभामा स्थगित भएको छ। संविधानसभाको अर्को बैठक बुधबार दिउँसो साढे एक बजे बोलाइएको छ। एमाले सभासद्‍ गोपालसिंह बोहराकाे निधनमा शोक प्रस्ताव पारित गर्न साढे एक बजे बैठक बोलाइएकोले त्यसमा अवरोध हुने छैन। दस मिनेटमै स्थगन भएपछि बाहिरिएका सत्तापक्षका  सभासद्‌हरुले संविधानसभा अल्‍पमतको बन्धक भएको प्रतिक्रिया दिए।


बैठक सुरु गर्न नपाउँदै घेराउ र नाराबाजी भएपछि सभाध्‍यक्षले भनेका थिए, म सबैको ध्यानाकर्षण गराउन चाहान्छु। हामीले माघ ८ मा जनतालाई के जवाफ दिने ?सोमबारदेखि लगातार एमाओवादी तथा मधेसी मोर्चाले संविधानसभा अवरुद्ध गर्दै आएका छन्। सोमबार मध्यरातमा उनीहरुले संविधानसभामा आक्रमण गरेका थिए।आक्रमणबाट शीर्ष नेता तथा सभासद् एवं सुरक्षाकर्मी घाइते भए भने थुप्रै कुर्सी,माइक तथा टेबल भाँचेका थिए।मंगलबार पनि डेढघन्टा जति घेराउ तथा नाराबाजी गरेर प्रकिया अघि बढाउन दिएनन्।

सभाध्यक्षले संविधानसभा नियमावलीअनुसारको प्रक्रिया अघि बढाउन पाएका छैनन्।संघीयता, शासकीय स्वरुप, न्‍यायप्रणाली तथा निर्वाचन प्रणालीजस्ता संविधान लेखनका मूल विषयमा दलहरुबीच सहमति नभएपछि सभाध्यक्ष सुवास नेम्वाङ प्रश्‍नावली बनाएर ती विवादको टुंगो लगाउन प्रक्रिया थाल्ने तयारी छन्। तर एमाओवादी तथा मधेसी मोर्चाले अवरोधर गरेर प्रश्‍नावली निर्माणका लागि विशेष समिति बनाउने प्रस्ताव पेस गर्न दिएका छैनन्।

एमाओवादी तथा मधेसी मोर्चाको हिंसात्‍मक अवरोधका कारण संविधानसभासभा अल्पमतको बन्धक भएको छ। माघ ८ मा संविधानको मस्यौदा मात्रै भए पनि फास्‍टट्रयाकबाट जारी गर्न कांग्रेस एमाले तयार देखिए पनि विपक्षीको हिंसात्मक प्रतिरोधका कारण अब त्यो संभव नहुने भएको छ।

बुधबारको बैठक तनावपूर्ण हुने देखिएपछि संविधानसभा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। संविधानसभा भवनलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले मध्यरातदेखि नै विशेष सुरक्षा घेरामा राखेको छ।बिहानदेखि संविधानसभा पसिरमा विशेष सुरक्षा निगरानीसहित गस्ती बाक्लो बनाइएको छ। सम्मेलन केन्द्रभित्र पनि सुरक्षाकर्मीको संख्या थपिएको छ। त्यसैगरी बैठक कक्षमा खटिने मर्यादापालकलाई विशेष सतर्कतासहित राखिएको छ।सभासद्लाई पनि सुरक्षाजाँच गर्दै भित्र पठाइएको छ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z