डढेलधुरा सदरमुकाममा भीषण आगलागी, १२ घर ध्वस्त
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
डढेलधुरा : डढेलधुराको सदरमुकामस्थित बागबजारमा गयरातिबाट भीषण आगलागी भएको छ । गयराति १ बजेबाट सदरमुकामको मुख्य बजारबाट शुरु भएको आगलागीबाट १२ वटा पसल जल्दा १० करोड बढीको क्षति भएको प्राराम्भीक अनुमान गरिएको छ ।

तीन दिनदेखि जारी अबिरल वर्षातका बीचमै भएको भएको आगलागी हालसम्म नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीबाट अधिकांश फेन्सी र कपडा पसल जलेर खरानी भएका छन् । सुदूरपश्चिमा ७ वटा पहाडी जिल्लाको प्रमुख ब्यापारिक केन्द्र बाग बजारमा भएको आगलागी नियन्त्रणमा लिन मध्यरातिबाटै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयबासी निरन्तर खटिरहेका छन् ।
आगो निभाउन दिपायल सिलगढी नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका र डढेलधुराकै अमरगढी नगरपालिकाका तीनवटा दमकल परिचालित गरिएको छ ।
आगो लाग्नुको कारण हालसम्म खुल्न सकेको छैन । विद्युत्त सर्ट भएर या आगो ताप्न बालिएको मकलबाट आगो सल्केको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
डढेलधुारका प्रजिअ शिवराज जोशीले सुदूरपश्चिमका सातवटा जिल्लाको केन्द्र बाग बजारमा भएको आगलागीबाट भएको क्षति अर्र्बाैंमा हुन सक्ने प्राराम्भीक अनुमान गरेका छन् ।
घटनामा मानवी क्षति भने भएको छैन । सुरक्षानिकायले घेरेर आगो नियन्त्रण लिने कोशिस गरिरहेकाले घटनास्थलमा कसैलाई प्रवेश गर्न दिइएको छैन ।

###
0 comments
Write Down Your Responses