लोडसेडिङ फेरि बढ्यो, अब दैनिक ११ घन्टा लोडसेडिङ (नयाँ तालिकासहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, माघ १ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधि फेरि बढाएको छ ।

प्राधिकरणले आगामी आइतबारदेखि लागू हुने गरी दैनिक ११ घन्टासम्म लोडसेडिङ हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो । हाल सातामा ७० घन्टासम्म विद्युत् आपूर्ति कटौती हुँदै आएकामा अब सातामा ७५ घन्टासम्म लोडसेडिङ हुनेछ ।

विद्युतको माग बढेको र मध्य–मस्र्याङदी जलविद्युत केन्द्र मर्मतका लागि पूर्णरुपमा बन्द गर्नुपरेकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आइतबारदेखि सातामा ६ दिन ११ घन्टा र एक दिन ९ घन्टा लोडसेडिङ हुनेछ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z