माघे संक्रान्तिका दिन तारुकामा २४ हल गोरु जुधाइने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

मेलामा यो वर्ष पहिलो पटक दुईजना गोरु धनीले आफ्नो गारुरवीच बाजी थापेका छन् । मदन श्रेष्ठ र विष्णुमान श्रेष्ठ दुबैले आफ्नो गोरुले जितेको अवस्थामा हार्ने गोरु लैजाने बाजी थापेका छन् ।

सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीको तारुकामा गोरु जुधाई मेला प्रत्येक वर्षको माघे संक्रान्तिमा लाग्ने गरेको छ । तारुका गोरु जुधाई मेलाको उद्घाटन तारुका गाविस–५ चन्दनीको बारीको ठूलो पाटोमा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गर्ने भएका छन् ।
तारुका माघे संक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानवहादुर बख्रेलले बुधबार विदुरमा पत्रकार सम्मेलन गरेर यो वर्षको गोरु जुधाईको तयारी पूरा भएको जानकारी दिए । ‘तारुकाको पौरख नेपालको गौरव’ मूलनाराका साथ गोरु जुधाउने मेला यस वर्ष महोत्सवको रुपमा मनाइने भएको छ ।
स्पेनमा हुने ‘बुल फाइटिङ’ मा विश्वको चासो हुने गरे पनि नेपालको यो प्रतियोगिताप्रति सरकार र अन्य सरोकारवालाको ध्यान नपुगेका बेला पहिलो पटक युवा तथा खेलकुद मन्त्रीले मेलाको उद्घाटन गर्ने मेला व्यवस्थापन सल्लाहकार रामहरि न्यौपानेले बताए ।
गत वर्षको गोरु जुधार्इ मेला हेर्दै दर्शकहरु
तारुकामा १३ वर्षदेखि गोरु जुधाइँदै आएको छ । हरेक वर्ष माघे संक्रान्तिका दिन जुधाइँदै आएको गोरु जुधाई मेला यो वर्ष दलहरुको समन्वयमा चन्दनीमा हुन लागेको हो । जुधाइने गोरुको मुल्यांकन गरेर बिमासमेत गरिएकोे समितिका सल्लाहकार समरबहादुर आले मगरले जानकारी दिए ।
तारुकाको चन्दीको गोरु जुधाई मेला मामली आएका वझाङी राजा जयपृथ्वीवहादुर सिंहलाई मनोरञ्जन दिलाउने उद्देश्यले सुरु भएको बुढापाकाहरुको भनाइ छ । यो मेला राष्ट्रिय रुपमा चर्चित भइसकेकाले यसलाई राष्ट्रिय मेलाको रुपमा विकसित गरिनुपर्ने स्थानीय वृद्ध झमवहादुर प्रधानको भनाइ छ ।

###
0 comments
Write Down Your Responses